–बर्षौ वित्दा पनि पोलर हेरेर टुकी बाल्नुपर्ने वाध्यता
भीम गौतम\राजधानी
काठमाडौं, २४ भदौ । २०६७ सालमै पुरा हुनुपर्ने काभ्रेको मंगलटारमा सञ्चालित सामुदायिक विद्युतीकरण आयोजना पुरा नहुँदा विजुलीको पोल भट्टाभट्ट कुहिन थालेका छन् ।
सरकारी अनुदानमा नेपाल विद्युत प्राधिकरणमार्फत अघि बढेको सो सामुदायिक विद्युतीकरणको काम अघि नबढ्दा पोल कुहिन थालेका हुन् । भुमेचुली मंगलटार विद्युत सहकारी संस्था लिमीटेड सहकारी संस्था लिमीटेड गठन गरेर आयोजनामा ढिलाई हुँदा चार वटा पोल कुहिएर ढलिसकेको र डेढ सय हुहिएर ढल्ने अवस्थामा पुगेको सहकारीका अध्यक्ष कुहिने अवस्थामा पुगेको इन्द्रकुमार श्रेष्ठले जानकारी दिए । ‘ भट्टाभट्ट विजुलीको पोलहरु कुहिएर ढल्न थालेका छन् तर कहिले गाउँमा विजुली बल्छ भन्ने अझै अन्योल छ ।’–उनले भने ।
उनीहरुले ५ बर्षअघि विद्युतीकरणका लागि योजना अघि बढाएका थिए । २०६६ सालमा निर्माण सुरु गरेर २०६७ सालमा सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाको २०६८ सालमा मात्र बल्ल आयोजनाको शिलान्याश भयो तर त्यसको एक बर्षभित्र पुरा गर्ने भनेपनि अझै पुरा हुन सकेको छैन । प्राधिकरणको असहयोगको कारण आयोजनामो ढिलाई भएको स्थानीयबासीहरु बताउँछन् । शिलान्याश भएकै समय ताका ५ सय ११ काठको पोल मंगलटार पुगेका थिए । मंगलटारका माथिल्लो क्षेत्रमा काठका पोलहरु समेत गाडिए । पोल गाडेपछि चाँडै विजुली आउने आशा यहाँका बासिन्दाको थियो । तर बर्षौसम्म पोल मात्र हेरेर बस्नुपर्ने अवस्था सिर्जना भएको छ । ‘मंगलटारका धेरै बासिन्दाले अझै विजुलीको पोल हेरेर टुकी बाल्नुपर्ने अवस्था छ ।’–स्थानीय कुञ्चमाया तामाङले भनिन् । हुन पनि विजुलीका केही ठाउँमा पोल गाडिएका छन् तर तारदेखि अन्य काम सुरु भएकै छैन् । विगतमा प्राधिकरणमा जाँदा तुरुन्तै विजुली बल्ने आश्वासन पाएको पनि बर्षौ भैसक्यो तर अवस्था उही पोल हेरेर टुकी बाल्नुपर्ने नै रहेका उनीहरुको गुनासो छ ।
सरकारले आयोजनाका लागि आवश्यक बजेटमध्ये ८० प्रतिशत अनुदान दिने र २० प्रतिशत मंगलटारबासीले हाल्नुपर्ने भयो । मंगलटार गाविसका अनुसार, आर्थिक बर्ष २०६५÷०६६ को मंगलटार गाविसको अधिकांश बजेट अर्थात १५ लाख रुपैयाँ विद्युतीकरणका लागि छुट्याइयो । एक करोड लागत अनुमान गरिएको ग्रामीण विद्युतीकरणका लागि थप आवश्यक रकम मध्ये मंगलटार रेडक्रसबाट तथा स्थानीयबासीबाट चन्दा संकलन गरी २० लाख रुपैयाँ पुर्याइयो । विद्युतीकरणबारे विस्तृत अध्ययन गरेपछि आयोजनाको लागत बढेर १ करोड ९१ लाख रुपैयाँ पुग्यो । मंगलटारबासीको तर्फबाट थप गर्नुपर्ने रकमका लागि उनीहरुले प्राधिकरणको आपुर्ति कोषबाट सात प्रतिशत व्याजमा २०६६ साल असोजमा १३ लाख ४७ हजार रुपैयाँ ऋण लिएका छन् तर व्याज बढ्दै गएपनि आयोजनाबाट भने अझै मंगलटारबासीले विजुली बाल्न पाएका छैनन् ।
मंगलटारहुँदै वीपी राजमार्ग जाने भएपनि अझै यहाँ विजुली बलेको छैन । छिमेकी गाविस खार्पाचोक, चापाखोरी लगायतका क्षेत्रमा भने विजुली पुगिसकेको छ । चाँडै विजुली आउने आशामा स्थानीय मंगल जन विजय उच्च मावि रजबासको विन्धबासिनी माविलगायतका विद्यालयमा १५ कम्प्युटर ल्याएपनि विजुली नभएकै कारण अलपत्र परेका छन् । विजुली आउने आशामा स्थानीय गाउँले झण्डै ३५ वटा फ्रिज किनिसकेका छन् । मासु पसल राख्न डिफ्रिज पनि किनिएको छ । काठको चिरानीका लागि सामान पनि किनिसकेको छ तर विजुली आएन । ‘सबै फ्रिज, डिफ्रिज, कम्प्युटर अलपत्र परेका छन् ।’–स्थानीय रामहरि श्रेष्ठ बताउँछन् ।
गाउँमा छिटो विजुली बाल्नका लागि स्थानीउबासीले प्राधिकरणका अधिकारीहरुदेखि सम्बन्धित मन्त्रालयका मन्त्रीसम्म पुगिसकेका छन् तर निर्माण कार्य अझै सुस्त छ । पछिल्लो समयमा बर्षाको कारण देखाउँदै ठेकेदारले काम अघि नबढाएपछि यो बर्षको दशैमा विजुली बलिसक्ने उनीहरुको आशा पनि निराशामा परिणत भएको छ । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालले पोखरामा गरेको छलफलमा मंगलटारबासीले आफ्नो व्यथा सुनाएपछि विद्युत प्राधिकरणका अधिकारीहरुले तुरुन्तै प्रकृया अघि बढाउने बताए । त्यसपछि मंगलटार नपुगेका २३५ फलामको पोल पनि आयो तर त्यसपछि थप कामका लागि ठेकेदार हराएपछि अहिले काम ठप्प छ । ‘बल्ल पोल त आयो तर फेरि ठेकेदार हरायो, आउँछु, आउँछु भन्न आएको छैन ।’–सहकारीका उपाध्यक्ष बज्रध्वज लामाले भने । ठेकेदार कम्पनीका प्रतिनीधि राजु श्रेष्ठले भने बर्षा र बारीमा मकै रहेकोले काम अघि बढाउन नसकेको स्वीकार्छन ।
फलामको पोल दिएपनि अझै प्राधिकरणले च्यानल, इन्सुलेटर, तार लगायत दिएको छैन । ठेकेदार कम्पनीका प्रतिनीधि श्रेष्ठका अनुसार, यी सामानका लागि टेण्डर गरिएको छ ।
प्राधिकरणले भने विगतमा प्राधिकरणले उपलब्ध गराउनुपर्ने सामनहरु उपलब्ध गराउन ढिलाई भएको कारण विद्युतीकरणमा ढिलाई भएको स्वीकारेका छन् । प्राधिकरण ग्राहक तथा वितरण निर्देशानालय अन्र्तगतको सामुदायिक विद्युतीकरण विभागमा निर्देशक मनोज सिलवालले भुमेचुलीमा प्राधिकरणले केही सामान पठाउन ढिलाई गरेको कारण समस्या आएपनि अहिले भने सबै सामान पठाईसकेको बताए । ‘पहिला ढिला भएको रहेछ, म आएपछि सबै काम अघि बढाएको छु, अब ढिला हुँदैन ।’–उनले भने ।

No comments:
Post a Comment