भीम गौतम /राजधानी
काठमाडौं, २ भदौ
काठमाडौं, २ भदौ
सरकारले
१२ वैशाख र त्यसपछिको निरन्तर पराकम्पनबाट ज्यान गुमाएका र घाइतेको
सम्झनामा काठमाडांै उपत्यकामा स्मारक निर्माण गर्ने भएको छ। राष्ट्रिय
योजना आयोगले तयार पारेको भूकम्पोत्तर पुनःस्थापना तथा
पुनर्निर्माणसम्बन्धी नीतिअनुसार भूकम्पबाट ज्यान गुमाएका सबै व्यक्तिको
सम्झनामा सरकारले स्मारक निर्माण गर्ने भएको हो।
गृह
मन्त्रालयको तथ्यांकअनुसार भूकम्पबाट ८ हजार ७ सय ८९ जनाले ज्यान गुमाएका
छन् भने करिब २२ हजार घाइते भएका छन्। भूकम्पबाट ज्यान गुमाएका र घाइतेका
साथै उद्धार, राहत तथा खोजी कार्यमा खटिँदा ज्यान गुमाएका, घाइते भएका
सैनिक, प्रहरी, निजामती कर्मचारी, विदेशी सैनिक स्वयंसेवकहरूको सम्झनामा सो
स्मारक निर्माण हुनेछ। ‘भूकम्पबाट ज्यान गुमाएका, घाइतेका साथै उद्धारको
क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा स्मारक बनाउनका लागि नीतिले जोड दिएको
छ,’ योजना आयोगका सहसचिव गोपी मैनालीले भने, ‘पुनर्निर्माण प्राधिकरणले
पूर्णता पाएर यसका लागि आवश्यक जनशक्तिसहितको व्यवस्थापन गरेपछि स्मारक
निर्माण कार्य अघि बढ्छ।’
त्यसैगरी,
भूकम्पबाट ज्यान गुमाएका तथा घाइते जिल्लावासीहरूको सम्झनामा अति प्रभावित
प्रत्येक जिल्ला सदरमुकाम वा अन्य उपयुक्त स्थानहरूमा समेत भूकम्प पार्क
निर्माण गरिने नीतिमा उल्लेख छ। भूकम्पले ३१ जिल्लामा प्रभाव पारे पनि
गोर्खा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रे, रसुवा, नुवाकोट,
धादिङलगायतका १४ जिल्ला विशेष प्रभावित बनेका छन्।
भूकम्पबाट
ज्यान गुमाएका व्यक्तिहरूको नामसमेत रहने स्मारकले भविष्यमा समेत २०७२
सालको भूकम्प र त्यसबाट भएको जनधनको क्षतिबारे जानकारी दिनेछ । भावी
पुस्ताका लागि भूकम्पको इतिहासलाई जानकारी गराई सहज बनाउनका लागि सहयोग
गर्ने अपेक्षा आयोगको छ । नीतिमा भूकम्पपछिको उद्धार, राहत, खोजकार्य,
पुनःस्थापना तथा पुनर्निर्माण कार्यका लागि खटिएका जंगी तथा निजामती
कर्मचारी, विदेशी सैनिक तथा गैरसैनिक व्यक्ति, स्वदेशी, संघ÷संस्थालाई
सम्मान गर्ने तथा जिम्मेवारी पूरा नगर्ने व्यक्ति र पदाधिकारीलाई कारबाही
गर्ने पनि नीतिमा उल्लेख छ ।
प्रधानमन्त्रीको
अध्यक्षतामा रहेको पुनर्निर्माण प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत
नियुक्त भइसकेका छन् । पुनर्निर्माण प्राधिकरणले काम अघि बढाउनका लागि
आवश्यक जनशक्तिका साथै नियमावली, कार्यविधिलगायतका कार्य भइरहेको
प्रधानमन्त्रीका विपद् सल्लाहकार डा. राम थपलियाले जानकारी दिए । प्राधिकरण
सञ्चालनका लागि आवश्यक पूर्वाधारसहित कार्यविधि, नियमावली भएपछि भूकम्पबाट
भएको क्षतिग्रस्त संरचनाहरूका साथै काठमाडौंमा स्मारक र जिल्लामा भूकम्प
पार्क निर्माण अघि बढ्ने प्राधिकरणले जनाएको छ ।
http://www.erajdhani.com/article/0569494001440044272
No comments:
Post a Comment