भीम गौतम/राजधानीकाठमाडौं, ६ भदौ
ऊर्जा
मन्त्रालयको बेवास्ताका कारण ७ सय ६२ मेगावाटको तमोर जलाशययुक्त
जलविद्युत् आयोजना अन्योलमा परेको छ । जलाशययुक्त आयोजनाको अभावमा
लोडसेडिङको भयावह समस्या भइरहेका बेला ऊर्जा मन्त्रालयले आकर्षक आयोजनाका
रूपमा लिइने तमोर आयोजना अघि बढाउन लाइसेन्स नदिँदा अध्ययनमै अन्योल
देखिएको हो ।
हाल विद्युत् विकास
विभागले २ सय ५२ मेगावाटको मात्र लाइसेन्स दिएको छ । तर, नेपाल विद्युत्
प्राधिकरणले सो क्षमतामा बनाउँदा अयोग्य देखिने भन्दै थप अध्ययन अघि बढाएको
छैन ।
प्राधिकरणको अध्ययन
प्रतिवेदनअनुसार सो क्षमतामै तमोर बनाउँदा तीन÷चार वर्षभित्र आयोजना बाँध
बालुवाले भरिनेछ । ‘७ सय ६२ मेगावाटबराबरको लाइसेन्स दिनेबारे स्पष्ट
निर्णय भएको छैन, के गर्ने भन्ने अन्योल छ तर प्राधिकरणले मागिरहेको छ,’
ऊर्जा मन्त्रालयका सहप्रवक्ता गोकर्णराज पन्थले भने । प्राधिकरण सञ्चालक
समितिबाट पारित भएर विद्युत् विकास विभागका लागि पूर्ण क्षमतामा लाइसेन्सका
लागि आवेदन दिइएको छ ।
विद्युत्
विभागले ३७ दशमलब ५ मेगावाटको काबेली ए र २१ दशमलव २ मेगावाटको लोअर
हेवाखोला जलविद्युत् आयोजनामा असर पर्ने भन्दै ७ सय ६२ मेगावाटको क्षमता
दिन अस्वीकार गर्दै आएको छ । तर, प्राधिकरणले क्षमता नबढाएर अध्ययन अघि
बढाउनुको अर्थ नहुने भन्दै अध्ययन अघि बढाएको छैन ।
‘२
सय ५२ मेगावाटको क्षमतामा तमोर जलाशय बन्ने सक्ने अवस्था छैन, ७ सय ६२
मेगावाट क्षमताबराबरको लाइसेन्स दिएपछि मात्र अध्ययन अघि बढ्छ,’
प्राधिकरणका एक अधिकारीले भने । प्राधिकरणले अयोग्य भनेर ऊर्जामन्त्री राधा
ज्ञवालीलाई प्रतिवेदन दिइसके पनि ऊर्जा मन्त्रालयले प्रत्येक वर्ष
अध्ययनका लागि बजेट भने छुट्याउने गरेको छ ।
प्राधिकरणले
विभागसँग समुद्री सतहबाट ६ सय मिटर माथिसम्मको अर्थात् ५ सय ३०
मेगावाटबराबर बिजुली उत्पादन गर्न सक्ने गरी लाइसेन्सका लागि निवेदन
दिएकामा विभागले काबेली ए डुब्ने भन्दै ४ सय ५० मिटरमाथिसम्मका लागि मात्र
१६ साउन २०७० मा लाइसेन्स दिएको थियो । सोअनुसार अध्ययन अघि बढाउँदा २ सय
५२ मेगावाट मात्र विद्युत् उत्पादन हुने र बालुवाका कारण समस्या आउने
अध्ययनका क्रममा देखिएपछि प्राधिकरणले गत वर्ष जापान अन्तर्राष्ट्रिय सहयोग
नियोग (जाईका) सँग मिलेर अध्ययन गरेको थियो ।
अध्ययनले
५ सय ३० मेगावाटभन्दा बढी ७ सय ६२ मेगावाट उत्पादन हुन सक्ने देखाएको थियो
। विस्तृत अध्ययनले आयोजनाको क्षमता ८ सय मेगावाट पुग्न सक्ने देखिएको
प्राधिकरणले जनाएको छ । अध्ययनले आयोजना अघि बढाउन सम्भव नभएको देखाएपछि गत
वर्ष यो आयोजनाको सम्भाव्यता अध्ययनका लागि छुट्याएको २ करोड रुपैयाँ खर्च
हुने सकेन ।
प्राधिकरणले भने ७ सय ६२
मेगावाट नै विद्युत् क्षमता हुने गरी सरकारले तमोरको लाइसेन्स दिनुपर्ने र
काबेली (ए) लाई अहिले निर्माणमा जान दिएर भविष्यमा तमोर बन्न लागेमा
सञ्चालन भएर बाँकी अवधिको नाफा तिरेर सरकारले काबेली र हेवा डुबाउने गरी
अघि बढ्नुपर्ने तर्क गरेको छ । प्राधिकरण अधिकारीहरूका अनुसार प्राधिकरणले
विद्युत् विकास विभागमा तमोरबारे अध्ययनको प्रस्तुतीकरण गरेर पुनः पूर्ण
उत्पादन गर्ने गरी अध्ययनका लागि लाइसेन्स माग्ने र नदिएमा आयोजनाको अध्ययन
नै रोक्ने पक्षमा छ ।
पाँचथर र
तेह्रथुम जिल्लाको दोसाँधमा बन्ने आयोजनाबाट जम्मा दुई घरधुरी मात्र
विस्थापित हुने तथा थोरै सामाजिक र वातावरण असर पर्ने हुनाले यो आयोजनालाई
आकर्षक आयोजनाका रूपमा लिइएको छ । वार्षिक रूपमा ३३ सय गिगावाट विद्युत्
उत्पादन गर्ने आयोजनाले हिउँदमा ११ सय गिगावाट बिजुली उत्पादन हुन्छ ।
यो
आयोजनालाई १२ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त आयोजनाभन्दा आकर्षक
आयोजनाको रूपमा लिइन्छ । सन् १९८५ मा जाइकाले सो आयोजनाको पूर्वसम्भाव्यता
अध्ययन गरेको थियो ।
http://www.erajdhani.com/article/0892585001440384487
No comments:
Post a Comment