भीम गौतम/राजधानीकाठमाडौं, ८ भदौ
भूकम्पपछिको
पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्नो कार्य
क्षेत्र ३१ जिल्लालाई तोक्न सरकारलाई सिफारिस गरेको छ । १२ वैशाखमा गएको
भूकम्पकोे झन्डै चार महिनापछि मंगलबार प्रधानमन्त्री एवं पुनर्निर्माण
प्राधिकरणका अध्यक्ष सुशील कोइरालाको अध्यक्षतामा बसेको पहिलो बैठकले ३१
जिल्लालाई कार्य क्षेत्र तोक्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
पुनर्निर्माण प्राधिकरणलाई भने सरकारले दुई साताअघि मात्र पूर्णता दिएको
थियो ।
पहिलो बैठकसँगै पुनर्निर्माण
प्राधिकरणले पुनर्निर्माण कार्यलाई तीव्रता दिने निर्णय समेत गरेको
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. गोविन्दराज पोखरेलले
जानकारी दिए । ‘सिंहदरबारभित्र कार्यालय राखेर पुनर्निर्माण प्राधिकरणले
काम सुरु गरेको छ, बैठकले पुनर्निर्माणको अध्यादेश अनुसार ३१ जिल्लालाई
आफ्नो कार्यक्षेत्र बनाउन सिफारिस गरेको छ ।’–उनले भने ।
सरकारले
निर्णय गरेपछि ३१ जिल्लामा प्राधिकरणले पुनर्निर्माण अघि बढाइनेछ ।
केन्द्रीय दैविक उद्धार समिति एवं गृह मन्त्रालयले भूकम्पबाट प्रभावित
जिल्लाहरुमा पहिचान गरेको आधारमा कार्य क्षेत्र सिफारिस गर्ने निर्णय
गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका प्रवक्ता उत्तरकुमार
खत्रीले जानकारी दिए ।
बैठकले
भूकम्पबाट क्षतिग्रस्त जिल्लालाई अति प्रभावित (क), प्रभावित (ख) र कम
प्रभावित (ग) मा वर्गीकरण गरी प्राथमिकीकरणसमेत गरेको छ । मन्त्रिपरिषद्
कार्यालयका अनुसार, ‘क’ मा दोलखा, सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, रसुवा,
धादिङ, काभ्रे, रामेछाप, भक्तपुर, ओखलढुंगा, सिन्धुली, ललितपुर, काठमाडांै र
मकवानपुर जिल्ला तोकिएको छ । त्यसैगरी, ‘ख’ वर्गमा लमजुङ, चितवन, तनहुँ,
खोटाङ, स्याङजा, पाल्पा, बागलुङ, गुल्मी, सोलुखुम्बु, कास्की र पर्वत
जिल्लालाई तथा ‘ग’ वर्गमा म्याग्दी, अर्घाखाँची, नवलपरासी, भोजपुर, धनकुटा र
संखुवासभा तोकिएको छ ।
बैठकले
भूकम्पपश्चात् विभिन्न व्यक्ति, संस्था, विश्वविद्यालय, अनुसन्धान केन्द्र,
अनुसन्धानकर्ताबाट तयार पाएका प्रतिवेदन, अभिलेख तथा विवरणहरू
पुनर्निर्माण प्राधिकणलाई उपलब्ध गराउन अनुरोध गर्ने निर्णयसमेत गरेको छ ।
भूकम्पपछिको पुनर्निर्माणका लागि नीति तयार भइसकेको छ ।
‘नमुना’ पुनर्निर्माण योजना सुरु
काठमाडौं/रास—
भूकम्पपछिको पुनर्निर्माणका लागि गठित प्राधिकरणको पहलमा नमुना योजना सुरु
भएको छ । पुरानो सहर पाटनको तिलाछ्यामा कलाशैलीले भरिएका परम्परागत
घरहरूको पुनर्निर्माण योजना सुरु भएको हो ।
मंगलबार
पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. गोविन्दराज
पोखरेल, राष्ट्रिय योजना आयोगका सदस्य डा. स्वर्णिम वाग्ले, सभासद् चन्द्र
महर्जन, संस्कृतिविद् सत्यमोहन जोशी, पूर्वमन्त्री बुद्धिरत्न ब्रजाचार्यका
साथै ज्यापु समाजका प्रतिनिधिको उपस्थितिमा सो योजना सुरु भएको हो
। समुदायको माग र सरकारको मापदण्डभित्र रहेर पुराना शैली नबिग्रने गरी ७५
घरहरू नमुना रूपमा पुनर्निर्माण गर्न लागिएको प्राधिकरणका सीईओ डा.
पोखरेलले जानकारी दिए ।
‘पुरानो
घरहरूलाई पुरातात्विक रूपमा पुनर्निर्माण गर्ने गरी नमुना योजना सुरु गरेका
छौं,’ उनले भने । कार्यक्रममा तिलगंगा आँखा अस्पतालका डा. सन्दुक रुइतले
पुराना शैलीका घर बनाउनका आफ्नो ट्रस्टका तर्फबाट ४ करोड सहयोग दिने
घोषणासमेत गरेका थिए । कार्यक्रममा पुराना नेवारी शैली र पुरातŒवलाई
नबिग्रने गरी पुनर्निर्माण गर्नका लागि आग्रह गरेका थिए ।
http://www.erajdhani.com/article/0826371001440560533
No comments:
Post a Comment