राजधानी समाचारदाता
काठमाडौं, १७ साउन
काठमाडौं, १७ साउन
नेपाल
विद्युत् प्राधिकरणका लागि आएको कोटामा हस्तक्षेप गरी ऊर्जा मन्त्रालयले
जापान सहयोग नियोग (जाइका) ले २२ अगस्टदेखि आयोजना गर्न लागेको तालिममा
आफसखुसी नामावली पठाएको छ ।
१२
सेप्टेम्बरसम्म जापानमा आयोजना गर्न लागिएको जलविद्युत्सम्बन्धी तालिम तथा
टुर्सका लागि विद्युत् प्राधिकरणका लागि १० ओटा कोटा आएकामा मन्त्रालयले
त्यसलाई दुईजनाको नाम हटाएर आफसखुसी नाम पठाएको हो । जाइकाले सो तालिम र
टुर्सका लागि विद्युत् प्राधिकरणबाट १०, ऊर्जा मन्त्रालयबाट २ र तनहुँ
जलविद्युत् आयोजनाबाट दुईजनाको कोटा तोकेर सम्बन्धित निकायलाई पठाएको थियो ।
विद्युत् प्राधिकरणले पाएको १० कोटामा ७ तालिमका लागि प्राविधिक जनशक्ति र
तीनजना निरीक्षणका लागि तोकिएको थियो ।
सबै
प्रक्रिया पसरा गरेर ऊर्जा मन्त्रालय र जाइकालाई बोधार्थ पठाए पनि
मन्त्रालयले भने आफुखुसी दुई व्यक्तिको नाम कटाएर मन्त्रालयमा थपी पठाएको
थियो । प्राधिकरण स्रोतका अनुसार सात प्राविधिक जनशक्तिमध्ये
हेटौंडा–भरतपुर प्रसारण लाइनका प्रबन्धक फणीन्द्रराज जोशीको नाम हटाएर
गैरप्राविधिक व्यक्ति ऊर्जा मन्त्रालयका उपसचिव ओमबहादुर सोडारीको नाम
जाइकालाई पठाइएको छ भने प्राधिकरणका निर्देशक गोकर्ण शर्माको नाम हटाएर
मन्त्रालयका ससचना अधिकारी विश्वराज नेपाललाई पठाइएको छ । यसैगरी, तनहुँ
जलविद्युत् आयोजना प्रमुख सुनिल ढुंगेलको नाम सिफारिस भएकामा त्यसलाई हटाएर
मन्त्रालयले त्यहीँ कार्यरत सुनिल रिमालको नाम पठाएको छ । प्रचलित
कानुनअनुसार अवकाश पाउन ६ महिनाभन्दा कम समय हुनेलाई यसरी विदेश भ्रमणका
लागि पठाउन मिल्दैन तर मन्त्रालयले गैरकानुनी रूपमा आगामी मंसिरमा अवकाश
पाउन लागेका रिमाललाई सिफारिस गरेको छ ।
प्राधिकरणको
सिफारिसलाई लत्याएर आफसखुसी परिवर्तन गर्न थालेपछि मन्त्रालयले कर्मचारीको
मनोबल गिर्ने गरी अनावश्यक हस्तक्षेप गर्न थालेको भन्दै प्राधिकरणका
कर्मचारी रुष्ट हुन थालेका छन् । ‘प्राधिकरणको कोटाका व्यक्तिलाई हटाएर
मन्त्रालयका व्यक्ति राख्न नपाइने हो तर मन्त्रालयले अनावश्यक हस्तक्षेप
गरेर प्राधिकरणका कर्मचारीको मनोबल गिराउने कार्य गरिरहेको छ,’ प्राधिकरणका
एक अधिकारीले भने, ‘यसअघि मन्त्रालयले कोरियाली कम्पनी कोइकाको भ्रमणमा
समेत यसैगरी हस्तक्षेप गरेको थियो ।’
केही
महिनाअघि बसढीगण्डकी जलविद्युत् आयोजनाको परामर्शदाता ट्राक बेलले फ्रान्स
भ्रमण गरेकामा ऊर्जामन्त्री राधा ज्ञवालीले हस्तक्षेप गरी आयोजना
प्रमुखलाई समेत नलगेर आफ्ना आसेपासेलाई लगेपछि उनको आलोचना भएको थियो ।
प्राधिकरण
र तनहुँ जलविद्युत्ले दिएको सिफारिस तथा मन्त्रालयले गरेको सिफारिस
फरक–फरक भएपछि जाइकाका प्रतिनिधिसमेत छक्क परेका थिए । प्राविधिक ठाउँमा
गैरप्राविधिक पठाएर मन्त्रालयले विदेशीका अगाडि शिर निहुराउने अवस्था
सिर्जना गरेको भन्दै प्राधिकरणका अधिकारीले यसलाई सच्याएर अघि बढ्नुपर्ने
बताएका छन् । ‘जसका लागि तालिम गर्न लागेको हो, त्यसलाई बेवास्ता गरेर
विदेश भ्रमणमा जथाभावी व्यक्ति पठाएपछि यसले जाइकाका अगाडि नेपालको बेइज्जत
गरेको छ,’ प्राधिकरणका एक अधिकारीले भने ।http://erajdhani.com/article/0144657001438571817
No comments:
Post a Comment