राजधानी समाचारदाता
काठमाडौं, १८ साउन
काठमाडौं, १८ साउन
संसद्को
सार्वजनिक लेखा समितिले निर्माणाधीन ३० मेगावाटको चमेलिया जलविद्युत्
आयोजनाको अनियमितता प्रकरणबारे प्रधानमन्त्री सुशील कोइरालाको ध्यानाकर्षण
गराउने निर्णय गरेको छ ।
चमेलिया
जलविद्युत्बारे छानबिन गर्न ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई
दिइएको निर्देशन अवज्ञा गरेको भन्दै पुनः छानबिनका लागि प्रधानमन्त्री
कोइरालाको ध्यानाकर्षण गराउने निर्णय गरेको हो । यस विषयलाई संसद्मा समेत
लगेर छानबिनका लागि आवाज उठाउने निर्णय गरेको छ ।
बैठकमा
समितिका सभापति जनार्दन शर्माले अन्तिम पटक प्रधानमन्त्रीको ध्यानाकर्षण
गराएर चमेलिया अनियमितता छानबिन गर्नका लागि अनुरोध गर्ने बताए ।
हालै
समितिले ऊर्जा मन्त्रालयलाई चमेलियाको भेरिएसनबापत १ अर्ब ९ करोड रुपैयाँ
दिने निर्णयबारे पुनः छानबिन गरी भुक्तानी गर्न भन्दै १३ असारमा नरम निर्णय
गर्दै निर्देशन दिएको थियोे । तर, प्राधिकरण सञ्चालक समितिले सो निर्देशन
कार्यान्वयन गर्न नसक्ने निर्णय गर्दै पत्र पठाएपछि लेखा समितिको सोमबारको
बैठकले सो निर्णय गरेको हो ।
प्राधिकरणले लेखालाई लेखेको पत्रमा लेखा समितिको निर्णय कार्यान्वयन भए आयोजना अघि बढ्न नसक्ने उल्लेख गरेको छ ।
समितिको
बैठकमा संसदीय समितिको निर्णय अवज्ञा गर्ने र कार्यान्वयन नगर्ने निर्णयले
आफूहरू अपमानित भएको भन्दै समितिका सदस्यहरूले ऊर्जामन्त्री राधा ज्ञवाली र
ऊर्जा सचिव राजेन्द्रकिशोर क्षत्रीलाई कारबाही गर्नसमेत माग गरेका थिए ।
सन्
२००६ देखि निर्माण सुरु भएको आयोजनाको निर्माण कार्य अझै पूरा भएको छैन
भने लागतसमेत प्रतिमेगावाट ५५ करोड रुपैयाँ पुग्न लागेको छ ।
http://erajdhani.com/article/0654877001438652070
No comments:
Post a Comment