August 10, 2016 Categories अर्थ, ताजा समाचार
भीम गौतम
काठमाडौं, २६ साउन । विद्युत् प्राधिकरणले समयमै उपलब्ध गराउन नसक्दा उपभोक्ताले ५ वर्षदेखि नयाँ मिटरबक्स पाउन सकेका छैनन् । बर्सेनि थपिने नयाँ घरमा ठूलो संख्यामा नयाँ मिटरबक्स आवश्यक भए पनि प्राधिकरणको अकर्मण्यताका कारणले उपभोक्ताले हैरानी खेप्नुपरेको छ । प्राधिकरणका अनुसार देशभरका ९० वितरण केन्द्रमा तत्काल झन्डै ५ लाख बिजुली मिटरको माग छ ।
काठमाडौं, २६ साउन । विद्युत् प्राधिकरणले समयमै उपलब्ध गराउन नसक्दा उपभोक्ताले ५ वर्षदेखि नयाँ मिटरबक्स पाउन सकेका छैनन् । बर्सेनि थपिने नयाँ घरमा ठूलो संख्यामा नयाँ मिटरबक्स आवश्यक भए पनि प्राधिकरणको अकर्मण्यताका कारणले उपभोक्ताले हैरानी खेप्नुपरेको छ । प्राधिकरणका अनुसार देशभरका ९० वितरण केन्द्रमा तत्काल झन्डै ५ लाख बिजुली मिटरको माग छ ।
प्राधिकरणले मागको आधारमा बिजुली मिटर खरिद गर्न नसक्दा उपभोक्ताले विगत ५ वर्षदेखि नयाँ मिटर नपाएर हैरानी खेप्नुपरेको हो । ०६८ मा प्राधिकरणद्वारा खरिद गरिएका ट्रान्सफर्मर प्रकरणमा भ्रष्टाचार गरेको भन्दै ५ दर्जनभन्दा बढी उच्च तहका कर्मचारी मुछिएपछि नयाँ मिटर खरिद हुन नसकि उपभोक्ताले सास्ती खेप्नुपरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि अख्तियारको डरले खरिद नगर्दा उपभोक्ताले एउटा मिटर पाउन ठूलो सास्ती भोग्नुपरेको छ ।
विद्युत् प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयका उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराई दुई वर्षसम्म बिजुली मिटर खरिद नगर्दा बिजुली मिटरको अभाव देखिए पनि यो समस्या अब न्यूनीकरण हुने दाबी गर्छन् । “विगतमा बिजुली मिटर खरिद नगर्दा मिटरको अभाव देखिएको हो, अहिले पनि त्यो समस्या छ,” प्राधिकरण ग्राहक तथा वितरण सेवाका भट्टराईले भने, “५ लाख नयाँ मिटर ल्याउन लागेका छौं, त्यसपछि मिटर पाउन अहिले सहज हुन्छ ।”
प्रत्येक वर्ष नेपालमा ४ लाखबराबर नयाँ बिजुली मिटर आवश्यक पर्छ तर ०६८ र ०६९ सालमा विद्युत् प्राधिकरणले मिटरनै खरिद गरेन । प्राधिकरणका अनुसार, ०७० मा २ लाख ५३ हजार र ०७१ सालमा २ लाख ३० हजार मिटर खरिद गरेको थियो । ०७२ मा विद्युत् प्राधिकरणले ५ लाख बिजुली मिटरका लागि टेन्डर गरेकोमा अबको २ महिनाभित्र नेपाल आउने प्राधिकरणले जनाएको छ । ५ लाख मिटर १ लाख २५ हजारका दरले चार लटमा नेपाल आउने गरी चिनियाँ कम्पनीसँग प्राधिकरणले सम्झौता गरिसकेको छ ।
प्राधिकरणका अनुसार, मिडल साउथ कम्पनी चीनमार्फत खरिद गर्न लागेको मिटरको परीक्षणका लागि नेपालका इन्जिनियर विद्युत् प्राधिकरणले पठाउन लागेको छ । तिहारअघि नै बिजुली मिटर ल्याएर उपभोक्तालाई वितरण गरिसक्ने लक्ष्य प्राधिकरणको छ । तिहारको झिलिमिलीमा नयाँ घर बनाउने वा मिटर बिग्रेका उपभोक्ताले रमाउने पाउने गरी मिटरको बाँडफाँड गर्नका लागि विशेष ध्यान दिइएको उपकार्यकारी निर्देशक भट्टराईले जानकारी दिए ।
अहिले भने उपभोक्ताले बिजुली मिटरका लागि विद्युत् प्राधिकरणमा निवेदन दिएपछि पालोमा कुर्नुपर्ने अवस्था छ । एउटा बिजुली मिटर पाउनका लागि महिनौ कुर्दासमेत नपाएपछि उनीहरूले हैरान भएका छन् ।
सर्वसाधारणले बिजुली मिटरका लागि पटक–पटक धाएर दुःख पाउन थालेपछि कतिपय प्राधिकरणका शाखाहरूले सार्वजनिक सूचना नै जारी गरेर मिटर नभएको जानकारीसमेत दिएका छन् । दुई वर्षसम्म खरिद नभएर मिटर अभाव भोगिरहेको बेला भूकम्पको कारण धेरैको घर क्षतिग्रस्त भएर मिटर भागको थप चाप परेकोले पनि मिटर उपलब्ध गराउन कठिन देखिएको प्राधिकरणका एक अधिकारीले बताए ।
प्राधिकरण ग्राहक तथा वितरण निर्देशानालयका अनुसार, घरायसी ग्राहक मात्र २७ लाख नाघिसकेका छन् । प्रत्येक वर्ष ग्राहक बढ्ने तथा विद्युतीकरण पनि बढ्दै गएकोले मागअनुसारको आपूर्ति गर्न नसकिएको उनी स्वीकार गर्छन् ।
No comments:
Post a Comment