Monday, August 22, 2016

ऊर्जामन्त्रीको निर्देशनपछि धमाधम लाइन काटिँदै

कारोबार संवाददाता   

फाइल फोटो

नौ अर्ब बक्यौता उठाउन बाँकी

काठमाडौंः ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनपछि नेपाल विद्युत् प्राधिकरणले बक्यौता नतिर्ने ग्राहकको बिजुली लाइन धमाधम काट्न थालेको छ । 
बुधबार प्राधिकरणको वार्षिकोत्सवमा मन्त्री शर्माले बक्यौता बढी हुने ग्राहकको लाइन तीन दिनभित्र काट्न निर्देशन दिएसँगै प्राधिकरण सक्रिय भएको हो । 
प्राधिकरणको ग्राहक तथा वितरण निर्देशनालयका अनुसार, आइतबारसम्म २ करोड ९३ लाख बराबर बक्यौता तिर्न बाँकी २४८ ग्राहकको लाइन काटिएको छ ।
प्राधिकरणले अत्तरिया, जनकपुर, हेटौंडा र काठमाडौ क्षेत्रीय कार्यालयअन्तर्गतका ग्राहकको लाइन काटेको हो । कतिपय क्षेत्रीय कार्यालयले नयाँ महसुल समायोजन अनुसार बिलिङ गर्नका लागि प्राविधिक रूपमा केही परिवर्तन गर्नुपर्ने भएकाले बढी बक्यौता रहेका ग्राहकहरूको पहिचान गर्न गाह्रो भएको जनाएका छन् । 
यी कार्यालयले पनि सोमबारदेखि सुरु गर्ने प्राधिकरणले जनाएको छ । हालसम्म  ३ अर्ब ८० करोड सडकबत्ती र ३५ करोडको सरकारी  बक्यौता तथा नियमित दुई महिनाको रकमसहित ९ अर्ब बक्यौता उठाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ । 
६० दिनभित्र बक्यौता नबुझाएमा मात्र विद्युत् प्राधिकरणले लाइन काट्ने गरेको छ । प्राधिकरण ग्राहक तथा वितरण निर्देशानालयका उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराईले ९ अर्ब बक्यौता रहेको र बक्यौता नतिर्ने ग्राहको लाइन काट्ने क्रम जारी रहने जानकारी दिए । उनका अनुसार, मन्त्रीको निर्देशनपछि लाइन काट्ने क्रमलाई तीव्रता दिइएको छ । 
हालसम्म  ३ अर्ब ८० करोड सडकबत्ती र ३५ करोडको सरकारी  बक्यौता तथा नियमित दुई महिनाको रकमसहित ९ अर्ब बक्यौता उठाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ । 

लाइन काटिनेमा अधिकांश उद्योग तथा विभिन्न संघसंस्था छन् । पहिलो चरणमा बढी बक्यौता रहने ग्राहकको लाइन काट्न सुरु गरिएको छ । लाइन काटिनेमा सर्वसाधारण ग्राहक भने कम छन् । अधिकांश ठूला उद्योग व्यवसायले बिजुली बक्यौता नतिरेको अहिले लाइन काटिएका ग्राहकको तथ्यांकले देखाएको छ । 
 
महेन्द्र मञ्जिलको बक्यौता ३७ लाख ३१ हजार 
प्राधिकरणले पूर्वमुमा बडामारानी रत्न शाह बस्ने नारायणहिटी दरबारको महेन्द्र मञ्जिलको लाइन पनि काटेको छ । महेन्द्र मञ्जिलले ३७ लाख ३१ हजार रूपैयाँ महसुल भुक्तानी गर्न बाँकी रहेकाले बिजुली लाइन काटिएको प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले जानकारी दिए । 
“बक्यौता बढी हुने सबैको लाइन काट्न सुरु गरिएको छ, यसलाई निरन्तरता दिइनेछ,” उनले भने । आइतबार मात्रै झण्डै डेढ करोड रुपैयाँ बराबर बक्यौता भएका ग्राहकको लाइन काटिएको काफ्लेले जानकारी दिए ।
http://www.karobardaily.com/%E0%A4%8A%E0%A4%B0%E0%A5%8D%E0%A4%9C%E0%A4%BE%E0%A4%AE%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A5%80%E0%A4%95%E0%A5%8B-%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%A6%E0%A5%87%E0%A4%B6%E0%A4%A8%E0%A4%AA%E0%A4%9B%E0%A4%BF-%E0%A4%A7%E0%A4%AE%E0%A4%BE%E0%A4%A7%E0%A4%AE-%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%A8-%E0%A4%95%E0%A4%BE%E0%A4%9F%E0%A4%BF%E0%A4%81%E0%A4%A6%E0%A5%88

No comments: