August 5, 2016 Categories ताजा समाचार, विकास
कारोबार संवाददाता
काठमाडौं, २१ साउन । तल्लोखारे जलविद्युत् आयोजना अघि बढाउन सीईडीबी हाइड्रो फन्डको सहायक कम्पनी युनिभर्सल पावर कम्पनी र ठेकेदार कम्पनीबीच सम्झौता भएको छ ।
काठमाडौं, २१ साउन । तल्लोखारे जलविद्युत् आयोजना अघि बढाउन सीईडीबी हाइड्रो फन्डको सहायक कम्पनी युनिभर्सल पावर कम्पनी र ठेकेदार कम्पनीबीच सम्झौता भएको छ ।
दोलखाको सुरी, चंखु र खारे गाविसमा निर्माण हुने ११ मेगावाटको तल्लोखारे खोला जलविद्युत् आयोजना र संयुक्त भेन्चर अल्टास हाइड्रो कन्सोटियमबीच बिहीबार हेडवर्कस सिभिल निर्माण कार्यको लागि सम्झौता भएको हो ।
तल्लोखारे खोला जलविद्युत् आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भइसकेको छ भने ऊर्जा मन्त्रालयले विद्युत् उत्पादन अनुमति पत्र प्रदान गरिसकेको छ । बैंक अफ काठमाडौं लुम्बिनीको नेतृत्वमा आयोजनाको ऋण सम्झौता गरेको ठेकेदार कम्पनीले सिभिल निर्माण कार्यको थालनी गरेको जनाएको छ ।
२ अर्ब ४ करोड लागत लाग्ने तल्लोखारे खोला जलविद्युत् आयोजनाबाट २०७६ असारभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।
No comments:
Post a Comment