August 4, 2016 Categories अर्थ, ताजा समाचार, प्रमुख समाचार
क्षमता ८६ मेगावाट, लगानी ८ अर्ब ६५ करोड
कारोबार संवाददाता
काठमाडौं, २० साउन । निजी क्षेत्रबाट निर्माण गर्न लागिएको सबैभन्दा ठूलो सोलुखोला दूधकोशी जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापन भएको छ ।
काठमाडौं, २० साउन । निजी क्षेत्रबाट निर्माण गर्न लागिएको सबैभन्दा ठूलो सोलुखोला दूधकोशी जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापन भएको छ ।
हाइड्रो भेन्चर प्रालिले निर्माण गर्न लागेको ८६ मेगावाटको यो जलविद्युत् आयोजनाका लागि नेपाल इन्भेष्टमेन्ट बैकको नेतृत्वमा ११ बैक तथा वित्तीय संस्थाले ८ अर्ब ६५ करोड ऋण लगानी सम्झौता गरेको छ ।
इन्भेष्टमेन्ट बैकको १ अर्ब ५० करोड ऋण लगानी रहने आयोजनामा जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल) को ९० करोड तथा राष्ट्रिय वाणिज्य, कृृषि विकास, एनसीसी, सेन्चुरी कमर्सियल, सानिमा, एनआईसी एसिया, र सनराइज विकास बैकको ७५-७५ करोड लगानी रहने छ ।
यस्तै, प्रभु र सिभिल बैकको ५०/५० करोड ऋण लगानी रहने आयोजनामा २७ प्रतिशत सेयरधनीबाट ३ अर्ब २१ करोड लगानी हुने आयोजनाले जनाएको छ ।
विहीबार काठमाडौ आयोजित कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक हिमप्रसाद पाठक र इन्भेष्टमेन्ट बैकका प्रमुख कार्यकारी अधिकृत ज्योती पाण्डेबीच ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।
१३ अर्ब ७९ करोड लागत रहेको आयोजनाले वार्षिक ५२०.८२ गिगावाट आवर विद्युत उत्पादन गर्नेछ । यसमध्ये सुख्यायाममा १९.४५ प्रतिशत र बाँकी बर्षायाममा विद्युत उत्पादन हुने आयोजनाले जनाएको छ ।
सोलुखुम्बुको काँगेल र तिङ्ला गाविसमा निर्माण हुन लागेको आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) अन्तिम अवस्थामा पुगेको छ भने पहुँचमार्ग र आवासका साथै ड्रिलिङ लगायतका कार्य भईरहेको आायोजनाले जनाएको छ ।
मंसीरदेखि निर्माण सुरु गरेर ४ बर्षभित्र अर्थात २०७६ को चैत्रभित्र निर्माण पुरा गर्ने लक्ष्य राखिएको आयोजनामा ४ दशमलब ५ किलोमिटर लामो सुरुङ निर्माण गर्नुपर्नेछ । आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) समेत गरिसकेको छ ।
आयोजनाबाट उत्पादित विजुली १०.५ किलोमिटर लामो डबल सर्किट प्रशारण लाइनमार्फत तिङ्ला गाविसको सवस्टेशनमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछ । स्वदेशी निजी क्षेत्रबाट निर्माण गर्न लागिएको यो मुलुककै सबैभन्दा ठूलो आयोजना हो ।
No comments:
Post a Comment