काठमाडौं: विद्युत् विकास विभाग, विभिन्न विकास समिति र नेपाल विद्युत् कर्पोरेसन मिलाएर २०४२ सालमा स्थापना गरिएको नेपाल विद्युत प्राधिकरणले आफ्नो ३२ औं वार्षिकोत्सव मनाएको छ । बुधबार प्राधिकरणमा आयोजित कार्यक्रममा ऊर्जामन्त्री जनार्दन शर्माले जलविद्युत्को विकासलाई तीव्र बनाउन प्राधिकरणभित्र सुधारको खाँचो रहेको बताए ।
“ऊर्जा क्षेत्रको विकासका लागि प्राधिकरण र यहाँभित्रका जनशक्तिको मुख्य भूमिका रहन्छ ।” उनले भने, “विद्युत्को धनी देशमा लोडसेडिङ हुनु र आयात बढ्नु लाजमर्दो कुरा हो ।”
विद्युत् उत्पादन भए पनि प्रसारण लाइनको अभावले समस्या भोग्नुपरेको उल्लेख गर्दै अब दु्रतगतिमा परिणाम आउने गरी अघि बढ्नुपर्ने बताए । “उर्जा संकटकाल आएपछि रुख काट्न वर्षौं कुर्नुपर्नेलगायतका समस्या समाधान हुनेछ ।” उनले भने, “जलविद्युत् क्षेत्रको समग्र विकासका लागि एकीकृत नीति आवश्यक छ ।”
कार्यक्रममा ऊर्जासचिव र प्राधिकरणका कार्यकारी निर्देशकलाई निर्देशन दिँदै उनले जलविद्युत् परियोजनाहरूको प्रगति दैनिक रूपमा आफूलाई उपलब्ध गराउन आग्रह गरे ।
प्राधिकरणलाई नाफामा लैजान, स्पष्ट लक्ष्य र उपलब्धिसहितको कार्यविधि बनाएर अघि बढ्न, निर्माणाधीन अवस्थाका सबै आयोजनाहरूलाई दु्रतगतिमा अघि बढाउन, चुहावट नियन्त्रणलाई विशेष प्राथमिकता दिन निर्देशन दिँदै उनले बढी बक्यौता हुने ग्राहकको लाइन तीन दिनभित्र काट्न प्राधिकरण व्यवस्थापनलाई आग्रह गरे ।
आफूले जनताले अत्यावश्यक खर्च गरेर बाँकी रहेको सबै रकम जलविद्युत्मा खर्च गर्ने गरी नीति बनाउन लागेको जानकारी दिए । आफूले राजनीतिक आधारमा भेदभाव नगर्ने तथा योग्यता र क्षमताको आधारमा जनशक्ति परिचालन र मूल्यांकन गर्ने भन्दै मन्त्री बनेपछिको पहिलो हप्ता समस्याको पहिचान, दोस्रो साता योजना निर्माण र तेस्रो सातादेखि कार्यान्वयनमा जाने बताए ।
कार्यक्रममा ऊर्जा राज्यमन्त्री सत्यनारायण भगतले बिजुली किन्नेभन्दा बेच्नेतिर ध्यान जानुपर्ने बताउँदै मिटर र ट्रान्सफर्मर अभावको समस्या छिटो समाधान गर्न आग्रह गरे । ऊर्जासचिव सुमनप्रसाद शर्माले उज्यालोको पसल थापेर अँध्यारो बेच्नु गलत हुने बताउँदै आयोजना समयमै सम्पन्न गर्न केन्द्रित हुन आग्रह गरे ।
ऊर्जामन्त्रीले दिएका निर्देशन
तीन दिनभित्र बक्यौता बढी हुने ग्राहकको लाइन काट्न
जलविद्युत् परियोजनाहरूको प्रगति दैनिक उपलब्ध गराउनुस्
प्राधिकरणलाई नाफामा लैजाने गरी काम गर्नुस्
लक्ष्य र उपलब्धिसहितको कार्यविधि बनाउनुस्
चुहावट नियन्त्रणलाई विशेष प्राथमिकता दिनुस्
http://www.karobardaily.com/%E0%A4%8A%E0%A4%B0%E0%A5%8D%E0%A4%9C%E0%A4%BE%E0%A4%AE%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A5%80%E0%A4%95%E0%A5%8B-%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%A6%E0%A5%87%E0%A4%B6%E0%A4%A8%E0%A5%88-%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%A6%E0%A5%87%E0%A4%B6%E0%A4%A8
No comments:
Post a Comment