फाइल फोटो
काठमाडौं: नेपाल विद्युत् प्राधिकरणको दायित्व बर्सेनि बढ्दै हाल ७४ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ पुगेको छ । सन् २००७ मा २३ अर्ब ५ करोड रुपैयाँ रहेको चालू दायित्व १० वर्षमै ३ गुणाभन्दा बढीले बढेर साढे ७४ अर्ब पुगेको हो ।
प्राधिकरणका अनुसार, सरकारले विभिन्न जलविद्युत्का साथै अन्य आयोजनाहरूका लागि दिएको रकमको व्याजवापत दायित्व मात्र २१ अर्ब ३५ करोड ९४ लाख छ भने पेन्सन, उपदानलगायतका अन्य दायित्व ५३ अर्ब ८ करोड ७५ लाख रुपैयाँ छ ।
सन् २००८ मा २७ अर्ब ७५ करोड ९५ लाख रहेको प्राधिकरणको चालू दायित्व सन् २०१५ सम्ममा ६५ अर्ब ५ करोड २३ लाख पुगेको थियो । सन् २०१५ को तुलनामा चालू वर्ष ९ अर्ब ३९ करोड बढेको छ ।
प्राधिकरणमा कर्मचारी र उनीहरूको लागि दिइने पेन्सन, उपदान, घरबिदा, बिरामी बिदा र औषधि उपचारका साथै सरकारबाट लिएको ऋणको व्याजलगायतका कारण चालू दायित्व निर्धारण हुने प्राधिकरण अर्थ निर्देशनालयका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले जानकारी दिए ।
प्राधिकरणका अनुसार, हाल कार्यरत कर्मचारीहरूको पेन्सन, उपदान, बिदा, औषधि उपचार लगायतका साथै सेवा निवृत्त भएका कर्मचारीहरूको लागि समेत प्राधिकरणले बर्सेनि लाग्ने खर्च छुट्याइने गरेको छ ।
वि.सं २०४२ मा स्थापना भएको प्राधिकरणले हाल बर्सेनि ३२ अर्ब २१ करोड आम्दानी गर्छ भने विद्युत् प्राधिकरणको खर्च ३८ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ पुगेको छ । खर्च बढेसँगै प्राधिकरणको घाटा पनि बढ्दै गएको छ ।
आर्थिक वर्ष २०७२÷०७३ मा ११ अर्ब ७९ करोड ४६ लाख रुपैयाँ घाटा बेहोरेको प्राधिकरणको चालू दायित्व समेत बढ्दै गएकोमा प्राधिकरणभित्र चिन्ता प्रकट गर्न थालिएको छ ।
बर्ष (सन्) रकम (अर्ब)
२००७ २३
२००८ २७
२००९ ३२
२०१० ३९
२०११ ३६
२०१२ ४४
२०१३ ४७
२०१४ ५५
२०१५ ६५
२०१६ ७४
स्रोतः नेपाल विद्युत प्राधिकरण
http://www.karobardaily.com/%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A5%81%E0%A4%A4%E0%A5%8D-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%A7%E0%A4%BF%E0%A4%95%E0%A4%B0%E0%A4%A3%E0%A4%95%E0%A5%8B-%E0%A5%AD%E0%A5%AA-%E0%A4%85%E0%A4%B0%E0%A5%8D%E0%A4%AC-%E0%A4%A6%E0%A4%BE%E0%A4%AF%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%B5
http://www.karobardaily.com/%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A5%81%E0%A4%A4%E0%A5%8D-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%A7%E0%A4%BF%E0%A4%95%E0%A4%B0%E0%A4%A3%E0%A4%95%E0%A5%8B-%E0%A5%AD%E0%A5%AA-%E0%A4%85%E0%A4%B0%E0%A5%8D%E0%A4%AC-%E0%A4%A6%E0%A4%BE%E0%A4%AF%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%B5
No comments:
Post a Comment