काठमाडौं, २९ साउन (कास): नेपाल विद्युत् प्राधिकरणले गुणस्तरहीन ट्रान्सफर्मर उपलब्ध गराउने चिनियाँ कम्पनी हुवेई सनलाइट इलेक्ट्रोनिक्सविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
आर्बिट्रेटर (मध्यस्थकर्ता)ले गरेको प्रतिस्थापन गर्र्ने निर्णय कार्यान्वयन गर्न अटेरी गरेको भन्दै प्राधिकरणले मुद्दा दायर गरेको हो । पटक–पटक पत्र पठाए पनि अटेर गरेपछि प्राधिकरणले कम्पनीको २ लाख ५५ करोड डलर बैंक जमानतसमेत जफत गरेको थियो ।
गुणस्तरहीन ट्रान्सफर्मर पठाएर कम्पनीले ‘लोड र नो लोड लस’ गराएको भन्दै पुनरावेदन गए पनि अदालतले मध्यस्थकर्ताकै निर्णय सदर गराएको थियो । निर्णयअनुसार प्रतिस्पर्धासमेत नगरेपछि यसको निर्णय कार्यान्वयनका लागि जिल्ला अदालतमा मुद्दा दायर गरिएको प्राधिकरणको कानुन महाशाखा प्रमुख रमेश घिमिरेले जानकारी दिए ।
गुणस्तरहीन ट्रान्सफर्मर पठाउने क्रममा भएको बदमासी स्वीकार गर्दै प्राधिकरणसमक्ष लिखित प्रतिबद्धता गरेपछि तीन वर्षअघि सेप्टेम्बरमा सञ्चालक समितिले प्रतिस्थापन गर्ने निर्णय गरेको थियो ।
आर्थिक वर्ष ०६७/६८ मा हुवेईमार्फत विश्व बैंकको सहयोगमा ७ सय ३५ थान तथा प्राधिकरणले १ हजार २ सय ६० थान ट्रान्सफर्मर खरिद गरेको थियो, जसका लागि हुवेईलाई १६ लाख २ हजार डलर भुक्तानी दिइएको थियो ।
जसमा प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक रामेश्वर यादवसहित २१ कर्मचारी र हुवेईका दुई प्रतिनिधिलाई दोषी देखाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि यसलाई ट्रान्सफर्मर प्रकरणका रूपमा चिनिन्छ ।
आर्बिटेसनमा प्राधिकरणका तर्फबाट किशोरबाबु अर्याल र हुवेईका तर्फबाट धु्रवराज भट्टराई सहभागी थिए । मध्यस्थकर्ताको निर्णयअनुसार १ हजार ९ सय ४० ट्रान्सफर्मर नौ महिनाभित्रै प्रतिस्थापन हुनुपर्ने थियो ।
http://www.karobardaily.com/%E0%A4%9A%E0%A4%BF%E0%A4%A8%E0%A4%BF%E0%A4%AF%E0%A4%BE%E0%A4%81-%E0%A4%95%E0%A4%AE%E0%A5%8D%E0%A4%AA%E0%A4%A8%E0%A5%80-%E0%A4%B9%E0%A5%81%E0%A4%B5%E0%A5%87%E0%A4%88-%E0%A4%B8%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%9F%E0%A4%B5%E0%A4%BF%E0%A4%B0%E0%A5%81%E0%A4%A6%E0%A5%8D%E0%A4%A7--%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%A7%E0%A4%BF%E0%A4%95%E0%A4%B0%E0%A4%A3%E0%A4%95%E0%A5%8B-%E0%A4%AE%E0%A5%81%E0%A4%A6%E0%A5%8D%E0%A4%A6%E0%A4%BE
No comments:
Post a Comment