कारोबार संवाददाता
काठमाडौं, १८ साउन
सरकारले निजी घर निर्माणका लागि घोषणा गरेको दुई लाख अनुदानमध्ये हालसम्म १५ प्रतिशत भूकम्प प्रभावितले मात्र पहिलो किस्ताको रकम पाएका छन् ।
भूकम्प गएको १५ महिनापछि र अनुदान सम्झौता सुरु गरेको झण्डै ५ महिनापछि विस्तृत घरधुरी सर्भेक्षण सकिएका ११ जिल्लाका १५ प्रतिशतले मात्र पहिलो किस्ताको ५० हजार रुपैयाँ अनुदान पाएका हुन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको तथ्यांकअनुसार पहिलो किस्ता पाउनेभन्दा अनुदान सम्झौता साढे चार गुणा बढी छ भने पुनर्निर्माणबारे गुनासो गर्नेको संख्या झण्डै तेब्बर छ ।
स्थानीय विकास मन्त्रालयका सहप्रवक्ता सीता परियारका अनुसार ११ जिल्लाका ५ लाख ३२ हजारमध्ये ३९ हजार ७ सय भूकम्प प्रभावितले मात्र अनुदान पाएका हुन् । हालसम्म अनुदान सम्झौता भने ६० प्रतिशतभन्दा बढी भूकम्प प्रभावितसँग भैसकेको मन्त्रालयले जनाएको छ । हालसम्म २ लाख ८२ हजार भूकम्प प्रभावितसँग यस्तो अनुदान सम्झौता भैसकेको छ । राष्टिय पुनर्निर्माण प्राधिकरणले दशैंअघि नै अनुदान र पहिलो किस्ताको रकम वितरण गरिसक्ने लक्ष्य राखेको छ ।
मन्त्रालयका अनुसार हालसम्म सबैभन्दा कम पहिलो किस्ता पाउने भूकम्प प्रभावितमा मकवानपुरका ६९ जना छन् भने बढी लिनेमा गोररखाका १७ हजार ६३१ छन् । पहिलो किस्ता पाएपछि मात्र भूकम्प प्रभावितले निजी घर निर्माण सुरु गर्ने भएकाले पुनर्निर्माणमा ढिलो हुने देखिएको छ ।

No comments:
Post a Comment