भीम गौतम
धनुषा, ५ भदौ । भारतबाट थप बिजुली ल्याउन २२० केभीको ढल्केबर सबस्टेसन आगामी मंसिरसम्म सम्पन्न गर्न चिनियाँ ठेकेदार कम्पनी तयार देखिएको छ ।
डिसेम्बरसम्म ढल्केबर सबस्टेसन निर्माण गर्न नसक्ने जानकारी विद्युत् प्राधिकरणलाई दिएको ठेकेदार सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेसनल कम्पनी मंसिरसम्ममै सबस्टेसन निर्माण गर्न तयार भएको हो ।
गत फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र नरेन्द्र मोदीबीच डिसेम्बरदेखि ढल्केबर–मुज्जफ्फपुर प्रसारण लाइनमार्फत थप १ सय २० मेगावाट ल्याउने सम्झौता भएको थियो ।
तर, सबस्टेसन नबन्ने भएपछि बिजुली आयात प्राधिकरण र ऊर्जा मन्त्रालयका लागि टाउको दुखाइको विषय बनेको थियो । आगामी हिउँदमा ७ घन्टामा लोडसेडिङ सीमित राख्ने घोषणा गरे पनि आयात थप नभएमा १२ घन्टासम्म लोडसेडिङ पुग्न सक्ने अनुमान गरिएको थियो ।
ऊर्जामन्त्री जनार्दन शर्मा, राज्यमन्त्री सत्यनारायण भगत तथा प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले सबस्टेसन निर्माणस्थलमै पुुगेर शुक्रबार छलफल गरेका थिए ।
प्राधिकरण र ठेकेदार कम्पनीबीचमा भएको छलफलपछि ठेकेदार कम्पनीले लिखितै रूपमा आगामी डिसेम्बरभित्र सम्पन्न गर्न तयार भएको प्राधिकरणका उपकार्यकारी निर्देशक कन्हैया मानन्धरले जानकारी दिए । । “सबस्टेसन नबन्दा भारतबाट बिजुली ल्याउन असम्भव जस्तै थियो, ठेकेदार कम्पनी तयार भएपछि धेरै सहज भएको छ, अहिले हिउँदको लोडसेडिङ घटाउन धेरै सहयोग गर्छ ।”
छलफलमा ठेकेदार कम्पनीले सबस्टेसनको काम अघि बढाउनका लागि विद्युत् प्राधिकरणबाट देखिएका सबै समस्याहरू समाधान गर्ने तयार भएपछि ठेकेदार कम्पनीका प्रतिनिधि फाङले पनि मन्त्रीसामु समयमै बनाउने प्रतिबद्धता लिखित रूपमै जनाएका थिए भने सबस्टेसन परियोजना प्रमुख राधेशरण महतोले समस्या समाधान गरिदिने प्रतिबद्धता लिखित रूपमै जनाएका थिए ।
चिनियाँ सिनो हाइड्रो कम्पनीलाई सहायक कम्पनीको रुपमा भित्र्याएर ठेकेदार कम्पनीले समयमै सबस्टेसन बनाउने जनाएको छ । हालै ५० मेगावाटको माथिल्लो मध्यमस्र्याङ्दी ‘ए’ को लागि आवश्यक लमजुङको खुदीदेखि मध्यमस्र्याङ्दीसम्मको प्रसारणलाइन दु्रतगतिमा निर्माण गरेको थियो ।
ठेकेदार प्रतिनिधि फाङका अनुसार छिट्टै सिनो हाइड्रोे सबस्टेसनको काममा सक्रिय हुनेछ । मन्त्री शर्माको विशेष पहलमा भएको छलफलपछि कन्ट्रोल रुम विल्डिङ, फिनिसिङ लगायतका मुख्य निर्माण कार्य तत्काल सुरु गर्ने भएपछि भारतबाट बिजुली नेपाल आयात भएर हिउँदमा उपभोक्ताले राहत पाउने अवस्था सिर्जना भएको छ ।
छलफलमा मन्त्री शर्माले सबस्टेसनको काम तत्काल अघि बढाएर समयमै सम्पन्न गर्न र त्यसका लागि मन्त्रालयको स्तरबाट कुनै निर्णय गर्नुपरेमा तत्काल गर्न तयार रहेको बताए ।
भारतीय पावर ग्रिड कर्पोरेस अफ इन्डिया लिमिटेड परामर्शदाता र चिनियाँ कम्पनी ठेकेदार रहेको सो सबस्टेसन विगतमा विभिन्न निकायबाट निर्णय गर्न ढिलाइ भएको थियो । ३० जुन २०१६ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको काम ३१ डिसेम्बरसम्मका लागि सारिएको थियो ।
ऊर्जामन्त्रीका आश्वासनै आश्वासन
ऊर्जामन्त्री शर्माले धनुषाको ढल्केबर पुगेर स्थानीयलाई लोडसेडिङ लगायतका थुपै्र आश्वासन दिए । ढल्केबर सबस्टेसन निरीक्षणमा पुगेका मन्त्री शर्माले सात दिनभित्र लोडसेडिङमुक्त बनाउने आश्वासन दिँदै त्यसको प्रक्रिया अघि बढाउन नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरूलाई निर्देशन दिएका थिए
।
।
http://www.karobardaily.com/%E0%A4%A2%E0%A4%B2%E0%A5%8D%E0%A4%95%E0%A5%87%E0%A4%AC%E0%A4%B0-%E0%A4%B8%E0%A4%AC%E0%A4%B8%E0%A5%8D%E0%A4%9F%E0%A5%87%E0%A4%B8%E0%A4%A8-%E0%A4%AE%E0%A4%82%E0%A4%B8%E0%A4%BF%E0%A4%B0%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AE-%E0%A4%AC%E0%A4%A8%E0%A4%BE%E0%A4%89%E0%A4%A8-%E0%A4%9A%E0%A4%BF%E0%A4%A8%E0%A4%BF%E0%A4%AF%E0%A4%BE%E0%A4%81-%E0%A4%A0%E0%A5%87%E0%A4%95%E0%A5%87%E0%A4%A6%E0%A4%BE%E0%A4%B0-%E0%A4%A4%E0%A4%AF%E0%A4%BE%E0%A4%B0
No comments:
Post a Comment