Monday, January 12, 2015

बल्ल आइपुगे ट्रान्सफर्मर


माग ३ हजार, आइपुगे २ सय ५३

राजधानी समाचारदाता
काठमाडौं, २७ पुस
विगत दुई वर्Èदेखि ट्रान्सफर्मर खरिद नभएर हाहाकार मच्चिरहेकामा बल्ल २ सय ५३ ट्रान्सफर्मर नेपाल विद्युत् प्राधिकरणमा र्आपुगेका छन् ।

श्रीलंकाली कम्पनी एलटीसी होल्डिङ गु्रपसँग १ हजार ४० थान ट्रान्सफर्मर खरिद गर्ने सम्झौता भएकोमा पहिलो चरणमा २ सय ५३ ट्रान्सफर्मर प्राधिकरणको केन्द्रीय भण्डार हेटौंडामा आइपुगेका हुन् । प्राधिकरण ग्राहक तथा वितरण निर्देशानालयका अनुसार, देशभर ३ हजार ट्रान्सफर्मरको माग छ ।
प्राधिकरणभित्र चर्को ट्रान्सफर्मर प्रकरणको कारणले विगत दुई वर्षदेखि प्राधिकरणले ट्रान्सफर्मर खरिद हुन सकेको थिएन । गत अक्टोबरमा ट्रान्सफर्मर आईपुग्ने सम्झौता भए पनि भन्सार छुटाउने लगायतमा भएको प्रकृयागत ढिलाईको कारण बल्ल ट्रान्सफर्मर आईपुगेको हो । ‘पहिलो लटको ट्रान्सफर्मर आइपुगेको छ, अब अरू ट्रान्सफर्मर पनि आएर, पहिलाको हाहाकार अन्त्य हुन्छ, ’प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले भने ।
गुणस्तरहनी ट्रान्सफर्मरको कारण प्राधिकरणले खरिद गरेका प्रत्येक ट्रान्सफर्मर परीक्षण गर्नैपर्ने व्यवस्था गरेकाले अझै १० दिनसम्म सर्वसाधारणले ट्रान्सफर्मर पाउनेछैनन् । प्राधिकरणले आइतबारदेखि ती ट्रान्सफर्मरको परीक्षण सुरु गरिएको जनाएको छ । प्राधिकरणका अनुसार, अबको माघभित्र थप २ सय ५० ट्रान्सफर्मर आउनेछन् भने बाँकी दुुई÷दुई महिनाको फरकमा ट्रान्सफर्मर ल्याउने लक्ष्य छ । गुणस्तरहीन ट्रान्सफर्मर चर्केर प्राधिकरणका अघिल्ला कार्यकारी निर्देशक लगायतका उच्च अधिकारीदेखि कर्मचारीसम्म ६ दर्जन माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाइरहेको छ । २०६३ सालदेखि २०६८ सालसम्म खरिद गरेका करिब ५ हजार ट्रान्सफर्मर गुणस्तरहीन पत्ता लागेपछि उनीहरूमाथि अख्तियारले मुद्दा चलाएको हो । ट्रान्सफर्मर खरिद नगरेको कारण ट्रान्सफर्मरको हाहाकार मच्चिएको हो ।
अहिलेको मागको आधारमा ट्रान्सफर्मर नपुग्ने भएकाले १५ सय ९४ थानका लागि आज सोमबार बोलपत्र आह्वान गर्न लागेको छ । यी ट्रान्सफर्मर आउन कम्तीमा ६ महिना लाग्ने भएकोले सर्वसाधारणले भने अझै अभाव भोग्नुपर्ने अवस्था रहेको प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।
http://rajdhani.com.np/article/0426052001421027256

No comments: