Tuesday, January 27, 2015

भारतद्वारा एम्बुलेन्स र बस सहयोग



राजधानी समाचारदाताकाठमाडौं, १२ माघ
६६औं भारतीय स्वतन्त्रता दिवसको अवसरमा नेपालस्थित भारतीय दूतावासले २० एम्बुलेस र चारओटा ओटा सहयोग गरेको छ । स्वतन्त्रता दिवसकै अवसरमा सोमबार राजधानीमा आयोजित समारोहमा दूतावासले नेपालका १९ जिल्लाका अस्पताल, परोपकारी संस्था र शैक्षिक संस्थालाई २० एम्बुलेन्स र चारओटा बस उपहार सहयोग गरेको हो ।
त्यस्तै, ७५ पुस्तकालय, शैक्षिक तथा तालिम प्रतिष्ठानको पुस्तकसमेत प्रदान गरिएको छ । भारतीय सेनाका भूपू सैनिकका विधवा, आश्रित तथा शारीरिक अशक्त भूपू सैनिकलाई चेक तथा कम्बलसमेत वितरण गरियो । भारतीय राजदूत रणजित रायले एम्बुलेन्स, बस, पुस्तक, चेक र कम्बल हस्तान्तरण गरेका हुन् । समारोहमा राजदूत रायले राष्ट्रिय झन्डा फहराउनुका साथै भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाए । सन्देशमा शान्ति, स्थायित्व र छिमेकको विकासलाई जोड दिइएको छ ।
सन् १९९४ देखि भारतीय दूतावासले नेपालको ७३ जिल्लामा विभिन्न संस्थालाई ४ सय ६२ ओटा एम्बुलेन्स प्रदान गरिसकेको छ । सहयोगबाट स्वास्थ्य सेवाको पहँुचभन्दा टाढाका हजारौं नेपालीलाई घरदैलोसम्म स्वास्थ्य सेवा पु¥याउनुका साथै हालसम्म सहयोग गरिएका ९० बसबाट विद्यार्थीलाई विद्यालय जान सहज पहुँच पुगेको जनाइएको छ । भारत र नेपाल सरकारबीच ७५ सय करोडभन्दा बढी लगानीमा बृहत् भारत–नेपाल विकास साझेदारी कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष एम्बुलेन्स तथा बस उपहारस्वरूप प्रदान गरि“दै आएको छ । कार्यक्रमअन्तर्गत शिक्षा, स्वास्थ्य तथा पूर्वाधार निर्माणका लागि ठूला तथा साना ५ सयभन्दा बढी परियोजना सञ्चालित छन् ।
http://rajdhani.com.np/article/0089648001422331330

No comments: