काठमाडौं÷रास— नेपाल विद्युत् प्राधिकरणले ४ सय केभीको नेपाल–भारत दोस्रो
अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)
गर्ने निर्णय गरेको छ ।
नेपाल र भारतबीच ऊर्जा व्यापार सम्झौता (पीटीए) कार्यान्वयनका लागि भन्दै
अघि बढाउन लागिएको सो अन्तरदेशीय प्रसारण लाइनको डीपीआर तयार गर्ने निर्णय
प्राधिकरण सञ्चालक समितिले गरेको हो । हाल दुई देशबीच पहिला अन्तरदेशीय
प्रसारण लाइन निर्माण भइरहेका बेला प्राधिकरणले नेपालको बर्दघाटदेखि भारतको
गोरखपुरसम्मको १ सय ३० किलोमिटर दोस्रो प्रसारण लाइन बनाउने निर्णय गरेको
हो ।
प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले प्राधिकरणले दोस्रो
अन्तरदेशीय प्रसारण लाइन बनाउने निर्णय गरेको जानकारी दिए । प्राधिकरणका
अनुसार, दोस्रो प्रसारण लाइनको डीपीआरका लागि अब टेन्डर प्रक्रिया अघि
बढ्नेछ । नयाँ बन्न लागेको अन्तरदेशीय प्रसारण लाइनमध्ये नेपालतर्फ ३०
किलोमिटर र भारततर्फ १ सय किलोमिटर छ । एसियाली विकास बैंक (एडीबी) को एक
मिलियन डलरको अनुदानमा निर्माण हुन लागेको अन्तरदेशीय प्रसारण लाइनको
डीपीआर तयार भएपछि प्रसारण लाइनबाट नेपाल र भारतबीच २५ सय मेगावाटसम्म
विद्युत् आदानप्रदान गरिने प्राधिकरणले जनाएको छ ।
गत असारमा नयाँ दिल्लीमा भएको नेपाल र भारतबीचको ऊर्जास्तरीय बैठकमा
दोस्रो अन्तरदेशीय प्रसारण लाइन अघि बढाउन सहमत भएका थिए । नेपाल र भारतबीच
भएको ऊर्जासम्बन्धी सम्मेलनमा समेत दोस्रो अन्तरदेशीय प्रसारण लाइन
निर्माणको चर्चा हुँदै आएको छ ।
चार केभीको ४१ दशमलव लामो ढल्केबरदेखि मुजफपुरसम्मको पहिलो अन्तरदेशीय
प्रसारण लाइन हाल निर्माणाधीन अवस्थामा छ । सन् २०१५ भित्र पूरा गर्ने
लक्ष्य राखिएको सो प्रसारणबाट १२ सय मेगावाटसम्म बिजुली आदानप्रदान गर्न
सकिन्छ ।
पहिलो अन्तरदेशीय प्रसारण लाइन बनेपछि तत्कालका लागि भारतबाट थप बिजुली ल्याएर लोडसेडिङ न्यूनीकरण गर्ने सरकारको लक्ष्य छ ।
http://rajdhani.com.np/article/0741544001421899719
No comments:
Post a Comment