राजधानी समाचारदाताकाठमाडौं, १० माघ
सामुदायिक
विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालले प्रस्तावित नेपाल विद्युत्
नियमन आयोग ऐन ०६५ मा सरोकारवाला निकायको समन्वयको व्यवस्था गर्न माग गरेको
छ । नियमनबारे आफ्नो धारणा ऊर्जामन्त्री राधाकुमारी ज्ञवाली र ऊर्जा सचिव
राजेन्द्रकिशोर क्षत्रीलाई बुझाउँदै महासंघले आयोगलाई अन्य पक्षको पनि
सहयोग र समन्वय आवश्यक पर्ने भएकाले प्रस्तावनामा नै समन्वय गर्ने कुरालाई
उल्लेख गर्न आग्रह गरेको छ । महासंघका अध्यक्ष नारायण ज्ञवालीले
ऊर्जामन्त्री ज्ञवाली र सचिव क्षत्रीलाई भेटेर नियमन आयोगको कामलाई
प्रभावकारी बनाउन महासंघको तर्फबाट सुझावपत्र दिइएको बताए ।
महासंघको
सुझावमा विद्युत् नियमन आयोगको स्वायत्तता, विश्वसनीयता र सहभागितामा जोड
दिइएको छ । विधेयकको प्रस्तावनामा सामुदायिक विद्युतीकरणका माध्यमबाट
विद्युत्मा पहुँच कायम गर्ने उद्देश्य समेट्न सुझाव दिँदै महासंघले
अनुमतिपत्र प्रणालीलाई समेत आयोगको क्षेत्राधिकारभित्र पार्न, विद्युत्को
माग र आपूर्तिको सन्तुलनको प्रक्षेपणको व्यवस्था गर्न र आयोगको संस्थागत
सुशासनमा जोड दिन पनि सुझाव दिएको छ ।
पदाधिकारी
नियुक्तिमा चलखेल नियन्त्रण गर्न सिफारिस प्रक्रियालाई पारदर्शी बनाउन,
आयोगको क्षेत्राधिकार स्पष्ट तोक्न, सार्वजनिक सुझाव दिने समय र सुनुवाइ
संयन्त्र निर्माण गर्न, उपभोक्ता तथा अनुमतिपत्र प्राप्त व्यक्तिको हित
संरक्षण गर्न पनि महासंघले सुझाव दिएको छ । विधेयकमा महसुल निर्धारणको
सिद्धान्त, लाभको बाँडफाँट, अनियन्त्रित लगानीको नियन्त्रण र नियमन,
द्विदेशीय वा बहुउद्देश्यीय विद्युत् प्रसारण नियमन, नेपाल विद्युत्
प्राधिकरणको नियमन, विशेष ऐनद्वारा स्थापित प्रणालीको नियमन, सामुदायिक तथा
ग्रामीण विद्युतीकरण, साना जलविद्युत् र अन्य ऊर्जाको नियमन, क्षतिपूर्ति
नियमन, विद्युत् चोरी नियन्त्रणलगायतका विषयमा समेत स्पष्ट व्यवस्था गर्न
महासंघले आग्रह गरेको छ ।
http://rajdhani.com.np/article/0416655001422161403
No comments:
Post a Comment