Thursday, January 29, 2015

स्वच्छ ऊर्जामा ३० लाख पहुँचविहीन

काठमाडौं÷रास— राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गोविन्दराज पोखरेलले अझै ३० लाख नेपाली सफा खाना पकाउने स्वच्छ ऊर्जाको पहुँचबाट टाढा रहेको बताएका छन् । एसएनभी नेपालले क्लिन इनर्जी विकास बैंकको सहयोगमा नेपालको ऊर्जा आर्थिक व्यवस्थापन समीक्षा तथा ऊर्जा पहुँच सुधार गर्ने सहयोगबारे बिहीबार राजधानीमा आयोजना गरेको छलफलमा उपाध्यक्ष पोखरेलले पहुँच वृद्धिलाई लक्षित गरी कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए ।
‘५६ प्रतिशत नेपालीले मात्र बिजुलीको सुविधा पाएका छन् । ३० लाखभन्दा बढीले अझै ऊर्जा र खाना पकाउनका लागि ऊर्जा पाएका छैनन्,’ उनले भने, ‘खाना पकाउन र प्रकाश ऊर्जा गरिबीविरुद्ध लड्नका लागि सबैको सामूहिक प्रयास जरुरी छ ।’ छलफलमा अधिकांश वक्ताले एक्काइसौं शताब्दीमा सबैलाई ऊर्जाको पहुँच पु¥याउनका लागि अग्रसर हुनुपर्ने बताउँदै ऊर्जाबाट मात्र ऊर्जा गरिबीको अन्त्य गर्न सकिने बताए । उनीहरूले मानवीय ऊर्जा जनशक्तिलाई बलियो बनाएर यसमार्फत आर्थिक तथा सामाजिक विकासमा अग्रसर हुन सकिने बताए ।
कार्यक्रममा विश्व बैंकका मुख्य ऊर्जा विशेषज्ञ जी टाङ, एसियाली विकास बैंकका प्रतिनिधि टीका लिम्बू, क्लिन इनर्जी बैंककी उपप्रमुख कार्यकारी अधिकृत वर्षा श्रेष्ठ, एसएनभी नवीकरणीय ऊर्जाका क्षेत्रीय प्रमुख गुई डकेल्भर, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका वरिष्ठ प्राविधिक सल्लाहकार गुलब्रालगायतले ऊर्जामा सबै समुदायको पहुँच वृद्धिका लागि आर्थिक सहायतासँगै उचित वातावरण हुनुपर्ने बताए ।
http://rajdhani.com.np/article/0362387001422585124

No comments: