भीम गौतम / राजधानी
काठमाडौं, १५ माघ
काठमाडौं, १५ माघ
विगत
दुई वर्Èदेखि ट्रान्सफर्मर खरिद नभएर हाहाकार मच्चिरहेको बेला नेपाल
विद्युत् प्राधिकरणले बल्ल ट्रान्सफर्मर वितरण सुरु गरेको छ । ३ हजार
ट्रान्सफर्मर माग भए पनि पहिलो लटमा २ सय ५३ ट्रान्सफर्मर नेपाल आइपुगेकोमा
त्यसलाई परीक्षण गरी गुणस्तरयुक्त पाइएपछि वितरण सुरु गरिएको हो ।
प्राधिकरणअन्तर्गत
रहेका आठ क्षेत्रीय कार्यालयहरूलाई १८÷१८ ओटा तथा सामुदायिक
विद्युतीकरणलाई ४० ट्रान्सफर्मर दिइएको र त्यहाँमार्फत अत्यावश्यक भएको
क्षेत्रमा वितरण गरिने प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयका
उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेले जानकारी दिए । ‘यसले क्षेत्रीय
कार्यालयमार्फत आएका मागलाई पूरा गर्दैन तर अब क्रमशः अन्य ट्रान्सफर्मर
आउने भएकाले अभाव हुन दिन्नौं,’ उनले भने ।
क्षेत्रीय
कार्यालय र सामुदायिक विद्युतीकरणलाई वितरण गरेर बाँकी ट्रान्सफर्मर
आपतकालीन आवश्यकतालाई मध्यनजर राखी केन्द्रीय भण्डार हेटौंडामा राखिएको
प्राधिकरणले जनाएको छ । श्रीलंकाली कम्पनी एलटीसी होल्डिङ गु्रपसँग १ हजार
४० थान ट्रान्सफर्मर खरिद गर्ने सम्झौता भएकोमा पहिलो चरणमा २ सय ५३
ट्रान्सफर्मर र दोस्रो लटको ट्रान्सफर्मर आगामी फेबु्रअरीको अन्तिम साता
आउने प्राधिकरणले जनाएको छ । ३ हजार ट्रान्सफर्मरको माग रहेकोमा यो संख्या
पनि एकदम कम हो ।
थोरैथोरै मात्र
ट्रान्सफर्मर क्षेत्रीय कार्यालय पुगेकाले वितरणमा समस्या परेको एक
क्षेत्रीय कार्यालयका कर्मचारीले बताए । ‘माग धेरै छ तर जम्मा १८ ओटा मात्र
आएको छ, यसका लागि पनि सोर्सफोर्स लगाउनुपर्ने अवस्था छ,’ उनले भने ।
प्राधिकरणभित्र चर्को ट्रान्सफर्मर प्रकरणको कारणले विगत दुई वर्षदेखि
प्राधिकरणले ट्रान्सफर्मर खरिद हुन सकेको थिएन । गुणस्तरहीन ट्रान्सफर्मरको
कारण प्राधिकरणले खरिद गरेका प्रत्येक ट्रान्सफर्मर परीक्षण गर्नैपर्ने
व्यवस्था गरेपछि गत पुस अन्तिम साता २ सय ५३ थान ट्रान्सफर्मर खरिद गरे पनि
बल्ल वितरण गरिएको हो ।
गुणस्तरहीन
ट्रान्सफर्मर प्रकरण चर्केर प्राधिकरणका अघिल्ला कार्यकारी निर्देशकलगायतका
उच्च अधिकारीदेखि कर्मचारीसम्म ६ दर्जनमाथि अख्तियार दुरुपयोग अनुसन्धान
आयोगले मुद्दा चलाइरहेको छ । २०६३ सालदेखि २०६८ सालसम्म खरिद गरेका करिब ५
हजार ट्रान्सफर्मर गुणस्तरहीन पत्ता लागेपछि उनीहरूमाथि अख्तियारले मुद्दा
चलाएको हो ।
ट्रान्सफर्मर खरिद नगरेका
कारण ट्रान्सफर्मरको हाहाकार मच्चिएको हो । अहिलेको मागको आधारमा
ट्रान्सफर्मर नपुग्ने भएकाले १ हजार ५ सय ९४ थानका लागि बोलपत्र आह्वान
प्रक्रिया अघि बढाइसकेको प्राधिकरणले जनाएको छ ।
http://rajdhani.com.np/article/0655837001422584976
No comments:
Post a Comment