Tuesday, January 27, 2015

राहुघाटको ठेकेदार कम्पनीले हाल्यो प्राधिकरणविरुद्ध मुद्दा

राजधानी समाचारदाताकाठमाडौं, १२ माघ
नेपाल विद्युत्् प्राधिकरणले ३२ मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको ठेकेदार कम्पनीको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाएपछि त्यसविरुद्ध पुनरावेदन अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
समस्याग्रस्त अवस्थामा पुगेको उक्त आयोजना निर्माणमा ढिलाइ गरेको भन्दै ठेकेदार आईभीआरसीएल लिमिटेडसँग सम्झौता तोड्ने प्रक्रिया अघि बढाएपछि प्राधिकरणविरुद्ध मुद्दा गरेको हो । २२ डिसेम्बर अर्थात गत ७ पुसमा एक महिनाभित्र ९१ मिटर अडिट तीनअन्तर्गतको सुरुङ पूरा नगरे ठेक्का सम्झौता तोड्ने प्राधिकरणले कम्पनीलाई सूचना दिएको थियो । प्राधिकरणले ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाएपछि ठेकेदार कम्पनीले आफूलाई जोगाउन प्रधानमन्त्री र ऊर्जामन्त्रीलाई समेत गुहारेको थियो ।
आयोजना प्रमुख विकासमान डंगोलले ठेकेदार कम्पनीले मुद्दा दायर गरेको र यसबारे प्राधिकरणको कानुन विभागको रायअनुसार अघि बढ्ने बताए । ‘मुद्दा दायर गरिसकेकाले अब कानुन विभागले के गर्छ भन्ने आधारमा प्रक्रिया अघि बढ्छ,’ उनले भने । मुद्दा दायरपछि अदालतले सोबारे १८ माघमा सुनुवाइ गर्न लागेको छ । आयोजनाको मुख्य सिभिल निर्माण कार्यका लागि भारतीय कम्पनी आईभीआरसीएल लिमिटेडस“ग ४ नोभेम्बर २०१० मा सम्झौता भएको थियो भने भारतीय परामर्शदाताको रूपमा बापकोस लिमिटेडस“ग २० फेब्रुअरी २०१२ मा ठेक्का सम्झौता भएको थियो । त्यो सम्झौता कार्यान्वयन गर्न एक्जिम बंैकले सहमति दिनुपर्नेमा ढिलाइ गरेको भन्दै कम्पनीले काममा ढिलाइ भएको दाबी गर्दै आएको छ । २२ महिनाअघि मात्र कम्पनीले सिभिल कार्य अघि बढाएको थियो । पौने ३ अर्ब रुपैयाँमा ठेक्का पाएको कम्पनीले यसअघि परामर्शदाता नियुक्तिमा ढिलाइ गरेको भन्दै सम्झौताभन्दा थप ५० प्रतिशत रकम मागेर काममा ढिलाइ गरेको थियो । राहुघाटको अनुमानित लागत ६ अर्ब ७० करोड छ ।

साढे ११ सय विद्युत् लाइन काटिए

विद्युत् प्राधिकरणले सञ्चालन गरेको विद्युत् महसुल नतिर्ने ग्राहकको लाइन काट्ने सप्ताहअन्तर्गत दुई दिनमै ११ सय ५४ ग्राहकको लाइन काटिएको छ । प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेका अनुसार काटिएका लाइनबाट २ करोड ९४ लाख रुपैयाँ बक्यौता उठ्नुपर्नेमा ५१ लाख ५५ हजार रुपैयाँ मात्र उठेको छ ।
प्राधिकरणका अनुसार आठ क्षेत्रीय कार्यालयअन्तर्गत विराटनगरले २ सय ७८, जनकपुरले १ सय ४७, हेटांैडाले १ सय ३५, काठमाडौंले ६७, पोखराले ५५, बुटबलले २ सय ९१, नेपालगन्जले १ सय ३५ र अत्तरिया क्षेत्रीय कार्यालयले ४६ जना ग्राहकको लाइन काटेको छ ।
तीन महिनासम्म बिजुलीको महसुल नतिर्ने तथा ५ हजारभन्दा बढी महसुल नाघेका तथा लामो समयदेखि बिजुलीको महसुल नतिरेका ग्राहकको लाइन काट्ने योनजा प्राधिकरणको छ । घरेलुसहित २७ लाख १८ हजार ग्राहक रहेको प्राधिकरणमा बक्यौता मात्र ८ अर्ब रुपैयाँ रहेको छ ।
http://rajdhani.com.np/article/0658909001422333813

No comments: