काठमाडौं÷रास—
सप्तकोसी उच्च बाँध बहुउद्देश्यीय आयोजना तथा सुनकोसी स्टोरेज कम डाइभर्सन
आयोजनाबारे नेपाल–भारत संयुक्त विशेषज्ञ समूह (जीटीई) बैठक भारतस्थित नयाँ
दिल्लीमा सुरु भएको छ ।
बिहीबार र
शुक्रबार चल्ने बैठकमा आयोजनाको वातावरण र सिँचाइ अध्ययन, ड्रिलिङलगायतका
कार्यको प्रगतिको समीक्षाका साथै भावी कार्यदिशाबारे समेत छलफल हुने
विद्युत् विकास विभागका महानिर्देशक एवं नेपाली टोलीका नेतृत्वकर्ता दिनेश
घिमिरेले जानकारी दिए । बैठकले आयोजनाको म्याद छैटौं पटक थप्न लागिएको हो ।
आपसी सहमतिका आधारमा बैठकले आयोजनाको
म्याद थप गर्ने टोलीका एक सदस्यले बताए । आयोजनाको विस्तृत प्रतिवेदन
अध्ययन (डीपीआर) तयार गर्नका लागि सन् २०११ मा सन् २०१३ को फेब्रुअरीसम्म
म्याद थपिएकोमा त्यो समयमा पनि सम्पन्न हुन नसक्ने निष्कर्ष निकाल्दै
बैठकले दुई वर्षका लागि म्याद थपेको थियो । त्यो समयमा पनि अध्ययन नसकिएपछि
फेरि म्याद थप्न लागिएको हो ।
सन्
२००४ मा सन् २००६ मा सम्पन्न गर्ने गरी आयोजनाको डीपीआर निर्माण अघि बढाए
पनि स्थानीयवासीको समस्यालगायतका कारणले समयमै पूरा हुन नसकेपछि पटक–पटक
गरी सन् २००६, २००८, २०११ र २०१३ मा म्याद थपिएको थियो । लामो समयदेखि अघि
बढ्न नसकेको सो आयोजनाबाट ३ हजार ६ सय मेगावाट विद्युत् उत्पादन हुने
अध्ययनले देखाएको छ । आयोजनाको निर्माण सम्पन्न्न भएमा ९ लाख हेक्टर जमिनमा
सिँचाइ पुग्ने अध्ययनमा उल्लेख छ ।
http://rajdhani.com.np/article/0465452001422585162
No comments:
Post a Comment