बढ्नुमा मध्यमस्र्याङ्दी विद्युत् उत्पादन बन्द
राजधानी समाचारदाता
काठमाडौं, ३० पुस
काठमाडौं, ३० पुस
नेपाल विद्युत् प्राधिकरणले ४ माघदेखि लागू हुने गरी लोडसेडिङको अवधि
बढाएर दैनिक ११ घन्टा पु¥याएको छ । दैनिक १० घन्टा लोडसेडिङ गर्दै आएको
प्राधिकरणले थप एक घन्टा बढाउन लागेको हो ।
प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षत्रीले नदीमा पानीको सतह
घट्दै गएको तथा ४ माघदेखि ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना
उत्पादन मर्मतका लागि बन्द गर्न लागेकाले लोडसेडिङ बढाउनुपरेको बताए ।
मध्यमस्र्याङ्दीको विद्युत् उत्पादन दुई साता बन्द रहने प्राधिकरणले जनाएको
छ ।
भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षत्रीका अनुसार अब साताको ७७ घन्टा
लोडसेडिङ हुनेछ । पहिरोको कारण क्षति पुगेको भोटेकोसीको टावर निर्माण पनि ४
माघभित्रै पूरा हुने लक्ष्य राखिएको छ । ‘पानीको सतह घट्नुका साथै
मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको बाँधमा बालुवा भरिँदै गएकाले त्यो
निकाल्न विद्युत् उत्पादन बन्द गर्न लागेका हौं,’ उनले भने ।
प्राधिकरणका अनुसार हाल ३५ मेगावाट विद्युत् मध्यमस्र्याङ्दीबाट उत्पादन
हुँदै आएको छ । ४५ मेगावाट क्षमताको भोटेकोसी निर्माण सम्पन्न भएपछि हालका
लागि १५ मेगावाट मात्र उत्पादन हुनेछ ।
हाल १२ सय ५० मेगावाट विद्युत्को माग भए पनि आपूर्ति ७ सय मेगावाट मात्र छ
। भारतबाट हाल २ सय ३० मेगावाट विद्युत् आयात तथा प्राधिकरण र निजी
क्षेत्रबाट ४ सय ७० मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ । प्राधिकरणले
लोडसेडिङ १२ घन्टाबाट नबढाउने लक्ष्य राखेको छ ।
http://rajdhani.com.np/article/0799810001421290782
No comments:
Post a Comment