प्रतियुनिट २५ पैसा महँगियो
पाँच महिनाका लागि मात्र सम्झौता
भीम गौतम / राजधानी
काठमाडौं, २६ असार
काठमाडौं, २६ असार
नेपाल
र भारतबीच ८० मेगावाट विद्युत् आयात सम्झौता भएको छ । नेपाल विद्युत्
प्राधिकरण र भारतको नेसनल थर्मल पावर कम्पनी (एनटीपीसी)को प्लान्टबाट
व्यापारी कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन)बीच आइतबार ८०
मेगावाट विद्युत् आयात सम्झौता भएको हो ।
नेपालले
भारतबाट आयात गर्दै आएको ८० मेगावाट बिजुलीको खरिद मूल्य पहिलाभन्दा
प्रतियुनिट १६ पैसा भारतीय रुपैयाँ अर्थात् २५ पैसा नेपाली रुपैयाँ महँगो
हुने गरी सम्झौता भएको छ । सम्झौतापत्रमा विद्युत् प्राधिकरणका कार्यकारी
निर्देशक मुकेशराज काफ्ले र एनभीभीएनका प्रबन्ध निर्देशक अरुणकुमार गर्गले
हस्ताक्षर गरेका छन् । गत ८ फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत
भ्रमणका क्रममा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच संयुक्त रूपमा
रिमोर्टमार्फत स्विच थिचेर ८० मेगावाट विद्युत् आयातको शुभारम्भ गरिएको
थियो ।
तत्कालीन अवस्थामा पाँच महिनाका
लागि प्रतियुनिट ३ दशमलव ४४ पैसा भारतीय मूल्यमा विद्युत् खरिद गर्ने
सम्झौता भएकोमा ३ दशमलव ६० पैसा भारतीय रुपैयाँ पुगेको विद्युत्
प्राधिकरणले जनाएको छ । नेपाल पक्षले साबिककै मूल्यमा एक वर्ष थप ८०
मेगावाट थप्न प्रस्ताव गरे पनि भारतीय पक्षले भने ग्रेसका रूपमा भन्दै पाँच
महिनाका लागि प्रतियुनिट भारतीय १६ पैसा अर्थात् नेपाली २५ पैसा मात्र
बढाउन सहमत भएको प्राधिकरण विद्युत् व्यापार विभागका प्रमुख प्रबल
अधिकारीले जानकारी दिए ।
सम्झौताअनुसार
जुलाई महिनाभर साबिककै मूल्यमा विद्युत् प्राधिकरणले विद्युत् खरिद गर्ने
भए पनि आगामी अगस्टदेखि डिम्सेम्बरसम्म प्रतियुनिट ३ दशमलव ६० पैसा भारतीय
रुपैयाँ तिर्नुपर्नेछ । सम्झौताअनुसार भारतले नेपाललाई आगामी अगस्ट र
सेप्टेम्बरमा ५० मेगावाट तथा नोभेम्बर र डिसेम्बरमा ७४ मेगावाट विद्युत्
दिनेछ । अक्टुबरमा भने आवश्यक परे मात्र नेपालले आयात गर्नेछ । हाल
विद्युत् प्राधिकरणले भारतबाट ८० मेगावाटसहित ३ सय मेगावाट विद्युत् आयात
गर्दै आएको छ ।
http://rajdhani.com.np/article/0938537001468199146
No comments:
Post a Comment