राजधानी समाचारदाता
काठमाडौं, २० असार
काठमाडौं, २० असार
राष्ट्रिय
पुनर्निर्माण प्राधिकरणले स्वदेशी तथा विदेशी संघ÷संस्थाको सहयोगमा घर
बनाउने भूकम्पपीडितलाई अनुदान र सहुलियत ऋण दिन बन्देज लगाएको छ ।प्राधिकरण
कार्यकारी समितिको बैठकले निजी आवास पुनर्निर्माण कार्यविधिमा संशोधन
गर्दै नयाँ व्यवस्था गर्ने निर्णय गरेको हो ।
प्राधिकरणले
भूकम्पपीडितलाई २ लाख रुपैयाँ अनुदान तथा सहुलियत दरले सामूहिक जमानीमा ३
लाखका साथै काठमाडौं उपत्यकाभित्र २५ लाख र बाहिर १५ लाख रुपैयाँ ऋण लिने
व्यवस्था गरेको छ । गैससबाट घर बनाउन सहयोग पाएका भूकम्पपीडितले अब यो
अनुदानदेखि ऋणसम्म पाउनेछैनन् । ‘स्वदेशी वा विदेशी संघ÷संस्थाको सहयोगमा
आवास भवन निर्माणका लागि अनुदान प्राप्त गर्ने लाभग्राहीलाई बैंकबाट लिने
सहुलियत ऋण लिनलाई समेत बन्देज लगाउने गरी नयाँ निर्णय गरेका छौं,’
प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले भने ।
प्राधिकरणका
अनुसार निजी आवास पुनर्निर्माण कार्यविधिमा अन्य स्वदेशी वा विदेशी
संघ÷संस्थाको सहयोगमा निजी आवास भवन नै प्राप्त गरेको लाभग्राही तथा
भूकम्पपीडितलाई २ लाख रुपैयाँ अनुदान, सहुलियत कर्जा एवं भूकम्पपीडित विशेष
आवास कर्जा उपलब्ध गराउने छैन भनी संशोधन गर्ने निर्णय भएको छ ।अहिले नै
सरकार ढाल्दा संविधान कार्यान्वयन नहुनेतर्फ उनले आफ्नै दलका नेताहरूलाई
सचेत गराइन् । सरकार परिवर्तनको खेलमा लागे मुलुक अस्थिरताको चंगुलमा फस्ने
र अहिले अस्थिरता ल्याउन खोज्नेहरू आफैं संकटमा फस्ने उनको भनाइ थियो ।
‘मुलुकमा प्रचण्ड मात्रै एक्ला नेता हुन् र, उनका लागि सरकार ढाल्नुपर्ने ?
उनी अहिले प्रधानमन्त्री बन्न पनि सक्दैनन्, सफल पनि हुँदैनन्,’ कोइरालाको
भनाइ थियो ।
कुनै पनि सरकारलाई एउटा
अवधिसम्म चल्न दिएर मुलुकमा स्थिरता कायम गरी संविधान कार्यान्वयन र आर्थिक
समृद्धिको दिशामा अघि बढाउनुपर्ने कोइरालाको भनाइ छ । एमाले अध्यक्षसमेत
रहेका प्रधानमन्त्री ओलीको योजनाले जनतामा उत्साह ल्याएको भन्दै कांग्रेसले
फेरि जनतालाई निराश बनाउने कुनै पनि निर्णय नगर्ने विश्वास उनले गरिन् ।
कोइरालाले पार्टीभित्र अहिलेसम्म सरकार परिवर्तनको विषयमा कुनै छलफल नभएको
जानकारी दिँदै बाहिर कसरी यस्तो कुरा आयो भन्दै आश्चर्य प्रकट गरिन् ।
‘अहिले
संविधान कार्यान्वयनका लागि निर्वाचन गरेर मुलुकलाई निकास दिनुपर्छ ।
सरकार परिवर्तनको खेलमा लाग्नुहुँदैन । कोही लागे पनि यो सरकार ढल्दै
ढल्दैन, ढलिहाले पनि उनीहरू आफैं सकिन्छन्,’ कोइरालाको भनाइ थियो ।
कांग्रेस अहिले संगठन र पार्टीलाई बलियो बनाउँदै निर्वाचनमा जाने तयारीमा
रहेको स्पष्ट पार्दै उनले निर्वाचन र संविधान कार्यान्वयनको विषयमा
प्रधानमन्त्रीले कांग्रेससँग छलफल गरेर अघि बढनुपर्ने सुझाव दिइन् । उनले
छिमेकीहरूसँग राम्रो सम्बन्ध हुनुपर्ने भए पनि अरूको निर्णयबाट प्रभावित
भएर मुलुकलाई अहित गर्ने कुनै निर्णय लिन नहुने भन्दे देउवालाई समेत गराएकी
छन् ।
सरकारले राष्ट्रवादी अडानसहित
आर्थिक समृद्धिको बाटोमा मुलुकलाई अघि बढाउने काम गरेपछि कांग्रेस सभापति
देउवा र माओवादी केन्द्रका केही नेता लगातार वर्तमान सरकार ढाल्ने खेलमा
लागिरहेका छन् । उनीहरूको योजनाबारे प्रधानमन्त्री ओलीसमेत जानकार छन् ।
सोही आधारमा ओलीले केही दिनअघि अँध्यारा कोठामा सरकार ढाल्ने साउती
चलिरहेको बताएका थिए । ‘अहिले पनि सरकार ढाल्न अँध्यारा कोठाहरूमा साउती
चलिरहेको छ, तर यो सरकार ढाल्ने र एमालेको विजय यात्रालाई रोक्ने ल्याकत
कसैसँग छैन,’ प्रधानमन्त्री ओलीले भनाइ थियो ।
http://rajdhani.com.np/article/0782670001467679290
No comments:
Post a Comment