Thursday, July 28, 2016

साढे २० हजार घर बनाउन गैससलाई स्वीकृति

July 27, 2016 Categories ताजा समाचारप्रमुख समाचारविकाससमाज

काठमाडौ, १२ साउन (कास) ः
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त २० हजार ५३४ घर पुनर्निर्माणका लागि २१ गैरसरकारी संस्था (गैसस) लाई स्वीकृति दिएको छ ।
भूकम्प प्रभावित १३ जिल्लामा निजी घर पुनर्निर्माणका लागि ति गैससलाई स्वीकृति दिएको हो । पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता डा. भीष्म भुसालका अनुसार, २५ अर्ब ७० करोड २८ लाख १७ हजार बराबरको सहयोगमा २० हजार ५ सय ३४ घरधुरी निर्माणका लागि स्वीकृति दिइएको छ । गोरखा, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, ललितपुर, दोलखा, धादिङ, काठमाडौंलगायतका जिल्लामा गैससले निजी घर निर्माणका लागि सहयोग गर्नेछ । गैससमार्फत अनुदान पाएका भूकम्प प्रभावितले सरकारले दिने भनेको दुई लाख अनुदान भने पाउने छैनन् ।
प्राधिकरणको स्वीकृतिपछि नेपाल रेडक्रस सोसाइटीले ६ हजार, कारितास नेपालले ४४ सय ४०, लुथरन नेपाल फाउन्डेसनले २१ सय २४, सेभ द चिल्डेनले १६ सय घर बनाउनेछ । यसैगरी लुमन्ती सपोर्ट गु्रपले १४ सय, हेल्भेटास नेपालले १ हजार, टियर फन्डले ६ सय निजी घर बनाउनेछन् । केही गैससले काम सुरु गरिसकेको सहप्रवक्ता भुसालले जानकारी दिए ।
रेडक्रस सोसाइटीले रसुवा, नुवाकोट, सिन्धुली, रामेछाप र ओखलढुंगामा निजी घर बनाउने छ । यसैगरी लुथरन नेपालले रसुवा, काभ्रे, काठमाडौ र भक्तपुर तथा कारितासले काभ्रे, सिन्धुपाल्चोक र दोलखामा बनाउनेछ । यस्तै हेल्भेटास नेपालले सिन्धुपाल्चोक, सेभ द चिल्ड्रेनले गोरखा, नुवाकोट, सिन्धुपाल्चोक र दोलखा तथा गैरआवासीय नेपाली संघ (एनआरएन) ले गोरखाको लाप्राकमा घर बनाउनेछ ।
- See more at: http://np.karobardaily.com/2016/07/95470/#sthash.2T19y2Cq.dpuf

No comments: