भीम गौतम / राजधानी
काठमाडौं, २७ असार
काठमाडौं, २७ असार
निजी
घर बनाउन सरकारले हालसम्म ३० हजार भूकम्पपीडितलाई अनुदानबापतको पहिलो
किस्ता वितरण गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट
विशेष प्रभावित ११ जिल्लाका ३० हजार २ सय ६५ जनालाई मात्र पहिलो
किस्ताबापतको ५० हजार अनुदान वितरण गरेको हो । सरकारले भूकम्पपीडितलाई २
लाख अनुदान दिने घोषणा गरेकोमा पहिलो किस्तामा ५० हजार तथा दोस्रो र तेस्रो
किस्तामा ७० र ८० हजार दिने निर्णय गरिसकेको छ । संघीय मामिला तथा स्थानीय
विकास मन्त्रालयका सहप्रवक्ता सीता परियारका अनुसार हालसम्म काठमाडांै
उपत्यकाबाहेकका ११ जिल्लामा २ लाख ३३ हजार ९ सय ८४ भूकम्पपीडितसँग अनुदान
सम्झौता गरे पनि पहिलो किस्ताको रकम भने थोरैले मात्र पाएका हुन् । सरकारले
दु्रतगतिमा निजी आवास निर्माणका लागि अनुदान वितरण गर्ने लक्ष्य राखे पनि
सुस्त गतिमा मात्र पुनर्निर्माणको काम अघि बढेको हो । ११ जिल्लाका ५ लाख ३३
हजार १ सय ५५ जनाले अनुदान पाउनुपर्नेमा अनुदान वितरण सुरु गरेको चार
महिना बित्न लाग्दा आधासँग पनि अनुदान सम्झौता भएको छैन । अनुदान सम्झौता
गरेर सरकारले घोषणा गरेको अनुदान पाउने ढुक्क भए पनि पहिलो किस्ता पाउने
भूकम्पपीडितलाई मात्र निजी घर निर्माणका लागि सहज हुन्छ ।
अनुदान
तथा पहिलो किस्ता पाउन पूरा गर्नुपर्ने प्रशासनिक प्रक्रियामा ढिलासुस्ती
हुँदा पुनर्निर्माणमा ढिलाइ भएको पुनर्निर्माण प्राधिकरणका एक अधिकारीले
जानकारी दिए । स्थानीय विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता पूर्णचन्द्र
भट्टराईले आर्थिक वर्षको अन्तिम समय भएको र गाविस सचिवहरू अन्य काममा
व्यस्त हुनुपरेकाले केही सुस्तता देखिएको बताए ।
‘आर्थिक
वर्षको अन्त्यतिरको समय भएकाले गाविस सचिवहरू व्यस्त भएर अनुदान सम्झौता र
पहिलो किस्ता पाउने थोरै देखिएका हुन्,’ उनले भने । स्थानीय विकास
मन्त्रालयका अनुसार हालसम्म पहिलो किस्ता पाउने भूकम्पपीडितमा रामेछापका १
हजार १ सय ४, गोरखाका १० हजार ५ सय ९८, दोलखाका ८ हजार ८ सय १४, ओखलढुंगाका
५ सय ७७, सिन्धुपाल्चोकका १ हजार ७ सय ८० र धादिङका २ हजार ५ सय १५ छन् ।
यसैगरी, काभ्रेका ७ सय ८४, सिन्धुलीका १ हजार १ सय ७८, रसुवाका ७ सय ५ र
नुवाकोटका २ हजार २ सय १० भूकम्पपीडितले मात्र पहिलो किस्ताको रकम पाएका
छन् । मकवानपुरका १ हजार ४ सय ८० जनाले अनुदान सम्झौता गरे पनि हालसम्म
पहिलो किस्ताको ५० हजार एक भूकम्पपीडितले पनि पाएका छैनन् । भूकम्प गएको १४
महिना बिते पनि हालसम्म सरकारको अनुदानले एउटा निजीसमेत बनेको छैन ।
दु्रतगतिमा अनुदान वितरण भएर निजी घर निर्माणको काम तीव्र हुने सरकार र
प्राधिकरणले बारम्बार बताए पनि पहिलो किस्ता पाउनै ढिलाइ भएको छ ।
http://rajdhani.com.np/article/0071403001468286286
No comments:
Post a Comment