नेपाल विद्युत्त प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान । तस्बिर: कारोबार
यस्ता छन् उनका तीन योजना
काठमाडौं: नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् । बुधबार बसेको मन्त्री परिषदको बैठकले चार वर्षका लागि घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
यसअघि कार्यकारी निर्देशक रहेका मुकेशराज काफ्लेले राजीनामा दिएका थिए। ऊर्जा मन्त्रालयले आन्तरिक प्रतिष्पर्धाको आधारमा आवेदन मागेकोमा आठ जनाले आवेदन दिएका थिए ।
ऊर्जा मन्त्रालयका सहसचिव दिनेश घिमिरेको नेतृत्वमा रहेको तीन सदस्य समितिले आवेदन दिएकामध्ये घिसिङसहित विद्युत् विकास विभागका उपमहानिर्देशकद्वय मधु भेटवाल र नवीनराज सिंहलाई सिफारिस गरेको थियो ।
चिलिमे जलविद्युत् कम्पनीमा रहँदा राम्रो काम गरेपछि उनी प्राधिकरणभित्र काम गर्ने कर्मचारीको रुपमा चिनिन्छन् । उनी विद्युत् प्राधिकरणको ११ तहका निर्देशक रहेका उनी राहुघाट जलविद्युत् आयोजनाका प्रमुख थिए ।
विद्युत् प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक नियुक्त भएपछि घिसिङले लोडसेडिङ न्यूनीकरणसहित अन्त्य गर्ने, घाटामा रहेको विद्युत् प्राधिकरणलाई नाफामा लैजाने तथा आफ्नो कार्यकालभित्र नेपाललाई बिजुलीमा आत्मनिर्भर बनाउने एजेण्डामा बढी केन्द्रित हुने बताए ।
विद्युत् प्राधिकरण कार्यकारी निर्देशकको सिफारिस गर्न गठित समितिका सयोजक घिमिरेले उर्जा मन्त्रालय, विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग, जल तथा उर्जा आयोग लगायतबाट आठजनाले आवेदन दिएकोमा तोकिएको मापदण्डको आधारमा तीन जनालाई सिफारिस गरिएको जानकारी दिए ।
विद्युत् प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक नियुक्त भएपछि घिसिङले लोडसेडिङ न्यूनीकरणसहित अन्त्य गर्ने, घाटामा रहेको विद्युत् प्राधिकरणलाई नाफामा लैजाने तथा आफ्नो कार्यकालभित्र नेपाललाई बिजुलीमा आत्मनिर्भर बनाउने एजेण्डामा बढी केन्द्रित हुने बताए ।
ऊर्जा संकटकाल कार्ययोजनाको कारण देखाउँदै छोटो समयमै नियुक्त गर्नका लागि तोकिएको आठ निकायबाट कार्यकारी निर्देशकका लागि आवेदन दिन तीन दिनको मिति राखेर सोमबार उर्जा मन्त्रालयले ती निकायमा पत्र पठाएको थियो ।
नेपाल विद्युत् प्राधिकरणका ११ र १२ तहका कर्मचारीले भाग लिन पाउने व्यवस्था मन्त्रालयले गरेको थियो ।
विद्युत् उत्पादन, प्रसारण, वितरण र नियमनका क्षेत्रमा कम्तीमा १५ वर्ष काम गरेको तथा हाइड्रोपावर, इलेक्ट्रिकल, सिभिल र मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर गरेको व्यक्तिलाई नियुक्ति गर्ने गरी मापदण्ड तोकिएको थियो ।
http://www.karobardaily.com/%E0%A4%87%E0%A4%AE%E0%A4%BE%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A4%BE%E0%A4%B0-%E0%A4%9B%E0%A4%AC%E0%A4%BF%E0%A4%95%E0%A4%BE-%E0%A4%95%E0%A5%81%E0%A4%B2%E0%A4%AE%E0%A4%BE%E0%A4%A8-%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A5%81%E0%A4%A4%E0%A5%8D-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%A7%E0%A4%BF%E0%A4%95%E0%A4%B0%E0%A4%A3%E0%A4%95%E0%A4%BE-%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%80-%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%A6%E0%A5%87%E0%A4%B6%E0%A4%95
No comments:
Post a Comment