फाइल फोटो
काठमाडौंः उर्जामन्त्री जनार्दन शर्माले चर्को दबाब दिएपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले राजीनामा दिएका छन् ।
राजीनामा नदिएमा बर्खास्त गर्ने धम्की मन्त्री शर्माले दिएपछि काफ्लेले प्राधिकरणको कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका हुन् ।
उनले राजीनामापत्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार बुझाएका छन् । काफ्ले खुल्ला प्रतिस्पर्धाबाट विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए ।
काफ्लेलाई बर्खास्त गर्नका लागि मन्त्री शर्माले मन्त्रिपरिषद्मा प्रस्ताव पनि लगेका थिए । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले बर्खास्त भएर बाहिरिनु भन्दा राजीनामा दिन आग्रह गरेपछि काफ्लेको राजीनामा आएको हो ।
खुल्ला प्रतिस्पर्धाबाट प्राधिकरणको कार्यकारी निर्देशक बनेका रामेश्वर यादवमाथि भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेपछि दोस्रो बरियताका काफ्ले आफूलाई प्रबन्ध निर्देशक बनाउन माग गर्दै सर्वोच्च अदालत गएका थिए ।
http://www.karobardaily.com/%E0%A4%89%E0%A4%B0%E0%A5%8D%E0%A4%9C%E0%A4%BE%E0%A4%AE%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A5%80%E0%A4%95%E0%A5%8B-%E0%A4%A6%E0%A4%AC%E0%A4%BE%E0%A4%AC%E0%A4%AA%E0%A4%9B%E0%A4%BF-%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A5%81%E0%A4%A4%E0%A5%8D-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%A7%E0%A4%BF%E0%A4%95%E0%A4%B0%E0%A4%A3%E0%A4%95%E0%A4%BE-%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%80-%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%A6%E0%A5%87%E0%A4%B6%E0%A4%95%E0%A4%95%E0%A5%8B-%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A5%80%E0%A4%A8%E0%A4%BE%E0%A4%AE%E0%A4%BE
No comments:
Post a Comment