Monday, September 5, 2016

५४ मेगावाटका दुई आयोजनामा वित्तीय व्यवस्थापन जुट्यो, १४ बैंकले ६ अर्ब ८४ करोड लगानी गर्ने

    कारोबार संवाददाता   0 + -

काठमाडौंं : एकै पटक ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड र १५.३३ मेगावाटको कालंगागाड जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । प्रवद्र्धकहरू एकै भए पनि सानीगाड हाइड्रो प्रालिले अघि बढाउन लागेको माथिल्लो कालंगागाड र कालंगा हाइड्रो प्रालिद्वारा अघि बढाउन लागिएको कालंगागाड जलविद्युत् आयोजनाको सोमबार वित्तीय व्यवस्थापन भएको हो । 
माछापुच्छे« बैंकको नेतृत्वमा राष्ट्रिय वाणिज्य, नेपाल बैक, एनसीसी, सनराइज, जनता, कुमारी र सिभिल बैंकले माथिल्लो कालंगागाडमा ४ अर्ब ७४ करोड तथा एनएमबी बैंकको नेतृत्वमा एनआईसी, सिभिल, जनता, देवः विकास र ज्योति विकास बैंकले २ अर्ब १० करोड लगानी गर्ने भएका छन् ।
दुई जलविद्युत् आयोजनाको तर्फबाट कम्पनीका अध्यक्ष उमेश श्रेष्ठ तथा बैंकहरूको तर्फबाट नेतृत्व माछापुच्छे« बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र एनएमबीका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलबीच सोमबार सोल्टी होटलमा आयोजत कार्यक्रममा ऋण सम्झौता भएको छ ।
दुई आयोजनामा बैंकको ७५ प्रतिशत र प्रवद्र्धकहरूको २५ प्रतिशत रहेको छ । आयोजनामा ५० प्रतिशत सुदूरपश्चिम क्षेत्रका प्रवद्र्धकहरूको रहेको र १० प्रतिशत स्थानीयवासीलाई सेयर दिने कम्पनीका अध्यक्ष श्रेष्ठले जानकारी दिए । 
बझाङको कालंगागाडमा निर्माण हुने दुवै आयोजनाको विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) भैसकेको छ भने विद्युत् विकास विभागले अनुमतिपत्र समेत दिइसकेको छ । माथिल्लो कालंगागाढ १५ साउन २०७७  र कालंगागाड २९ भदौ २०७६ भदौमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
ठूलो आयोजनाको लागत ६ अर्ब ३२ करोड र साना आयोजनाको लागत  २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । दशैंपछि दुवै जलविद्युत् आयोजनाको निर्माण सुरु गर्ने लक्ष्य राखिएको छ । 
http://www.karobardaily.com/%E0%A5%AB%E0%A5%AA-%E0%A4%AE%E0%A5%87%E0%A4%97%E0%A4%BE%E0%A4%B5%E0%A4%BE%E0%A4%9F%E0%A4%95%E0%A4%BE-%E0%A4%A6%E0%A5%81%E0%A4%88-%E0%A4%86%E0%A4%AF%E0%A5%8B%E0%A4%9C%E0%A4%A8%E0%A4%BE%E0%A4%AE%E0%A4%BE-%E0%A4%B5%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%A4%E0%A5%80%E0%A4%AF-%E0%A4%B5%E0%A5%8D%E0%A4%AF%E0%A4%B5%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A4%BE%E0%A4%AA%E0%A4%A8-%E0%A4%9C%E0%A5%81%E0%A4%9F%E0%A5%8D%E0%A4%AF%E0%A5%8B-%E0%A5%A7%E0%A5%AA-%E0%A4%AC%E0%A5%88%E0%A4%82%E0%A4%95%E0%A4%B2%E0%A5%87-%E0%A5%AC-%E0%A4%85%E0%A4%B0%E0%A5%8D%E0%A4%AC-%E0%A5%AE%E0%A5%AA-%E0%A4%95%E0%A4%B0%E0%A5%8B%E0%A4%A1-%E0%A4%B2%E0%A4%97%E0%A4%BE%E0%A4%A8%E0%A5%80-%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A5%87

No comments: