Saturday, September 10, 2016

२४.२ मेगावाट लिखु ‘ए’ मा ५ बैंकले ३ अर्ब ३३ करोड लगानी गर्ने

   कारोबार संवाददाता    -

 नुम्बुर हिमालय हाइड्रोपावर प्रालि र बैंकका प्रतिनिधि सम्झौता साटासाट गर्दै । तस्विर : कारोबार

काठमाडौं : नुम्बुर हिमालय हाइड्रोपावर प्रालिद्धारा प्रवद्र्धित २४.२ मेगावाटको लिखु ए जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । 
सोलुखुम्बु र रामेछाप जिल्लाको लिखु खोलामा हुन लागेको आयोजनामा लक्ष्मी बैंकको अगुवाइ र सिद्धार्थ बैंकको सहअगुवाइमा ३ अर्ब ३३ करोड लगानी गर्ने गरी वित्तीय व्यवस्थापन भएको हो ।
४ अर्ब ४४ करोड लागत अनुमान रहेको आयोजनामा लक्ष्मी बैंकले ९६ करोड ७० लाख, सिद्धार्थ बैंकले ८७ करोड, सेन्चुरी कमर्सियल बैंकले ७२ करोड ४० लाख, सिटिजन बैंक इन्टरनेसनलको ४८ करोड ३० लाख र बैंक अफ काठमाडौं लुम्बिनीले २९ करोड लगानी गर्न सम्झौता गरेका छन् ।
बुधबार कम्पनी र बैंकबीच वित्तीय व्यवस्थापनका लागि ऋण सम्झौता भएको छ । नुम्बुर हिमालय प्रालिलाई मोतीलाल दुगड अध्यक्ष रहेको एमभी दुगड ग्रुपले प्रवद्र्धन गरेको छ । 
२२ फागुन २०७१ मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेको आयोजनाले १६ कात्तिक २०७२ मा विद्युत् विकास विभागबाट उत्पादन अनुमतिपत्र पाएको थियो ।
वार्षिक १३५.६८ गेगावाट आवर विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको आयोजना सन् २०२० भित्र पूरा गर्ने लक्ष्य छ । 
 http://www.karobardaily.com/%E0%A5%A8%E0%A5%AA%E0%A5%A8-%E0%A4%AE%E0%A5%87%E0%A4%97%E0%A4%BE%E0%A4%B5%E0%A4%BE%E0%A4%9F-%E0%A4%B2%E0%A4%BF%E0%A4%96%E0%A5%81-%E2%80%98%E0%A4%8F%E2%80%99-%E0%A4%AE%E0%A4%BE-%E0%A5%AB-%E0%A4%AC%E0%A5%88%E0%A4%82%E0%A4%95%E0%A4%B2%E0%A5%87-%E0%A5%A9-%E0%A4%85%E0%A4%B0%E0%A5%8D%E0%A4%AC-%E0%A5%A9%E0%A5%A9-%E0%A4%95%E0%A4%B0%E0%A5%8B%E0%A4%A1-%E0%A4%B2%E0%A4%97%E0%A4%BE%E0%A4%A8%E0%A5%80-%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A5%87

No comments: