दरबन्दीभन्दा ३ हजार कम
८ अर्ब बराबर बिजुलीको बक्यौता रहेको प्राधिकरणमा ३ अर्ब ८० करोड सडक बत्ती र ४५ करोड सरकारी बक्यौता बाँकी छ । ब्रेकर
भीम गौतम
काठमाडांै, १५ भदौ
नेपाल विद्युत् प्राधिकरणमा बिजुलीको लाइन काट्न कर्मचारीको अभाव भएको छ ।
भदौ १ मा ऊर्जामन्त्री जनार्दन शर्माले बिजुलीको बक्यौता रहेका ग्राहकको लाइन काट्न निर्देशन दिएपछि प्रभावकारी रूपमा काम अघि बढाउन कर्मचारी अभाव भएको हो । ८ अर्ब बराबर बिजुलीको बक्यौता रहेको प्राधिकरणमा ३ अर्ब ८० करोड सडक बत्ती र ४५ करोड सरकारी बक्यौता बाँकी छ ।
बिजुली बक्यौता नतिर्ने ग्राहकको लाइन काट्न प्राविधिक र सहायकस्तरको कर्मचारी आवश्यक भए पनि २९ सय ६७ कर्मचारी अभाव रहेको विद्युत् प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयले जनाएको छ । प्राधिकरणका अनुसार निर्देशनालयमा सहायक स्तरका ४६ सय ४७ कर्मचारी आवश्यक रहेकोमा ३२ सय ९२ तथा प्राविधिक स्तरका ५२ सय २४ कर्मचारी आवश्यक रहेकोमा ३६ सय १२ कर्मचारी छन् । प्राविधिक स्तरका १६ सय १२ र सहायक स्तरका १३ सय ५५ कर्मचारी अभाव रहेकाले बक्यौता उठाउन, चुहावट नियन्त्रणलगायतका कार्य प्रभावकारी हुन सकेको छैन । त्यसैगरी अधिकृतस्तरको कर्मचारी ५७७ आवश्यक रहेकोमा ३२० मात्र रहेको प्राधिकरणले जनाएको छ । “बढी बक्यौता हुने ग्राहकको लाइन काट्न, चुहावट नियन्त्रण कार्यक्रम प्रभावकारी रूपमा अघि बढाउन जनशक्तिकै अभाव छ,।” विद्युत् प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयका उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराईले भने ।
विद्युत् प्राधिकरण सञ्चालक समितिले २०७० सालको असारमै अधिकृतस्तरका ५७७, सहायकस्तरका ४६ सय ४७ र प्राविधिकस्तरका ५२ सय २४ दरबन्दी स्वीकृत गरेको थियो । स्वीकृत दरबन्दीअनुसारको व्यवस्था प्राधिकरणले निर्णय गरेको तीन वर्ष बितिसक्दा समेत कार्यान्वयन गर्न सकेको छैन । “बक्यौता उठाउनका लागि कर्मचारीको आवश्यकता पर्छ तर कर्मचारी नै छैनन्, सहायकस्तरका कर्मचारी बढी खट्छन, अहिले कर्मचारी भइदिएको भए बढी बक्यौता हुने ग्राहकको लाइन काट्ने अभियान प्रभावकारी रूपमा अघि बढ्थ्यो ।” प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयका एक अधिकारीले भने । उनका अनुसार प्राधिकरणका अन्य निकायमा कर्मचारी आवश्यकताभन्दा बढी भए पनि अत्यावश्यक ग्राहक तथा वितरण निर्देशनालयमा खासै कर्मचारी छैनन् ।
बक्समा
३४ सयको काटियो, १६ सयको जोडियो
प्राधिकरणले बढी बक्यौता हुने ३४ सय ११ ग्राहकको बिजुलीको लाइन काटेको छ ।
ऊर्जामन्त्री जनार्दन शर्माले बढी बक्यौता हुनेको लाइन काट्न निर्देशन दिएपछि भटाभट लाइन काट्न थालेको प्राधिकरणले १९ करोड २५ लाख ३८ हजार बक्यौता रहेका ग्राहकको बिजुली लाइन काटेको छ । मंगलबार मात्र प्राधिकरणले १ करोड १६ लाख ७ हजार बक्यौता रहेका ४५७ ग्राहकको लाइन काटेको थियो ।
प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयका अनुसार लाइन काटिएकामध्ये १५ सय ९५ ग्राहकले ६ करोड २२ लाख बक्यौता बुझाएर लाइनसमेत जोडिसकेका छन् । प्राधिकरणका अनुसार मंगलबार मात्र काठमाडौं क्षेत्रीय कार्यालयका ६०, विराटनगरका ८०, पोखराका ३५, हेटौंडामा ४२, अत्तरियाका १०६, बुटवलका ६२ र जनकपुरका ५६ ग्राहकको लाइन काटेको जनाएको छ । त्यसैगरी काठमाडौं क्षेत्रीय कार्यालयका ४३, विराटनगरका ६९, पोखराका १४, हेटांैडामा ३५, अत्तरियाका ११०, बुटवलका ५० र जनकपुरका १६ ग्राहकको बक्यौता तिरेपछि लाइन जोडिएको छ ।

No comments:
Post a Comment