१९ भाद्र, २०७३ कारोबार संवाददाता 
काठमाडौं : अपी पावर कम्पनीले ११३ मेगावाटका तीन जलविद्युत् आयोजना अघि बढाएको छ । शनिबार थापाथलीस्थित ट्रेड टावरमा सम्पन्न कम्पनीको १३ औं साधारणसभामा त्रिशूली–गल्छी, अपरचमेलिया र अपरनौगडगाढ जलविद्युत् आयोजना अघि बढाउन लागेको हो ।
साधारणसभामा कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले ७५ मेगावाटको त्रिशूली–गल्छी, ४० मेगावाट अपरचमेलिया र ८ मेगावाटको अपरनौगडगाढ जलविद्युत् आयोजना अघि बढाउन लागेको जानकारी दिए ।
सभामा दिइएको जानकारीअनुसार अपरनौगड छिट्टै निर्माण सुरु गरी १५ महिनाभित्र पूरा गर्ने लक्ष्य राखिएको छ । त्रिशूली–गल्छी आगामी कार्तिकदेखि निर्माण सुरु गरेर ४ वर्षभित्र पूरा गर्ने लक्ष्य छ । सो आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) भैसकेको छ ।
त्यसैगरी अपरगड सम्पन्न भएपछि अपरचमेलिया आयोजना निर्माण गर्ने लक्ष्य राखिएको छ । सभामा कम्पनीले सौर्य ऊर्जा (सोलार) मा समेत लगानी गर्न लागेको जानकारी दिएको थियो ।
अरुण हाइड्रोकोे १० % बोनस सेयर
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १९औं साधारणसभाले सेयरधनीहरुलाई १० प्रतिशतका दरले बोनस सेयर तथा कर मिलानको लागि ०.५२६ प्रतिशतका दरले नगद लाभांश दिने निर्णय गरेको छ ।
कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेको अध्यक्षतामा शुक्रबार भएको साधारणसभाले बोनस सेयर र नगद लाभांश दिने निर्णय गरेको हो ।
साधारणसभाले आव २०७२/७३ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहलगायतका वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरेको अध्यक्ष न्यौपानेले जानकारी दिए ।
कम्पनीले विद्युत् विकास विभागबाट ९.९४ मेगावाट क्षमताको काबेली–१ क्यासकेट जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र पाइसकेको छ ।
कम्पनीलेले अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट मेची अञ्चलको ताप्लेजुङ्ग र पाँचथर जिल्लाको कावेली नदीमा २५ मेगावाट क्षमताको कावेली बी १ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । २०७४ साल वैशाख १९ गते आयोजनाले विद्युत् उत्पादन गर्ने लक्ष्यसहित कामअघि बढेको अध्यक्ष न्यौपानेले जानकारी दिए ।
http://www.karobardaily.com/%E0%A4%85%E0%A4%AA%E0%A5%80%E0%A4%B2%E0%A5%87-%E0%A5%A7%E0%A5%A7%E0%A5%A9-%E0%A4%AE%E0%A5%87%E0%A4%97%E0%A4%BE%E0%A4%B5%E0%A4%BE%E0%A4%9F%E0%A4%95%E0%A4%BE-%E0%A4%86%E0%A4%AF%E0%A5%8B%E0%A4%9C%E0%A4%A8%E0%A4%BE-%E0%A4%85%E0%A4%98%E0%A4%BF-%E0%A4%AC%E0%A4%A2%E0%A4%BE%E0%A4%89%E0%A4%81%E0%A4%A6%E0%A5%88
No comments:
Post a Comment