०३ आश्विन, २०७३ -
फ्लोभेल इनर्जी प्रालिका कार्यकारी निर्देशक गौतम कार। तस्विर : कारोबार
गौतम कार
कार्यकारी निर्देशक, फ्लोभेल इनर्जी प्रालि भारत
कार्यकारी निर्देशक, फ्लोभेल इनर्जी प्रालि भारत
गौतम कार फ्लोभेल इनर्जी प्रालि भारतका कार्यकारी निर्देशक हुन् । चार दशकदेखि यो व्यवसायमा संलग्न कार परिवार भारतमा प्रतिष्ठित व्यापारिक घरनाको रूपमा पनि चिनिन्छ । फ्लोवेलका टर्बाइन अहिले १० भन्दा बढी मुलुकमा निर्यात हुन्छ । आफ्ना हजुरबुबाले सुरु गरेको यो व्यवसायलाई बुवापछि निरन्तरता दिइरहेका कारले अस्ट्रेलिया बसेरसमेत उनले यसको अनुभव सम्हालेका छन् । ने
पाल र भारतको भौगोलिक अवस्था उस्तै भएको र आफ्नो टर्बाइनहरू दक्षतापूर्ण र प्रभावकारी भएकाले यसको बजार अझ विस्तार हुने आशा उनको छ । १६ वर्षदेखि टर्बाइन व्यवसायमा सक्रिय फ्लोभेलका कार्यकारी निर्देशक कारसँग कारोबारका लागि भीम गौतमले गरेको कुराकानी :
फ्लोभेल इनर्जी कम्पनीले कस्ता टर्बाइनहरू उत्पादन गर्छ र यसका विशेषताहरू के–के छन् ?
फ्लोभेलले विभिन्न किसिमका टर्बाइनहरू उत्पादन गर्छ । यसमा हाइहेड एप्लिकेसन हुन्छ, जुन दुई सय मिटरभन्दा बढी हुन्छ । पाँच÷छ प्रकारका पेल्टन सेट छन् । होरिजेन्टल, भर्टिकल कन्ट्रिभेसन, एक जेट, दुई जेट, तीन जेट, चार जेट, पाँच जेट, छ जेट कन्ट्रिभेसनमा हुन्छ ।
यो एक हजार मिटरको उचाइमा उपयोग हुन सक्छ । यसमा बढी हाइहेड हुन्छ । लोड चार्ज हुन्छ । पेल्टन टर्बाइन पहिलो टर्बाइनका रूपमा चिनिन्छ । दोस्रो मध्यम हाइड एप्लिेकेसन छ । २०/२५ मिटरदेखि डेढ/दुई सय मिटर टर्बाइन छ । यसमा पनि होरिजेन्टल, भर्टिकल दुवै हुन्छ । सबैभन्दा बढी रेन्ज यिनै टर्बाइनमा हुन्छ ।
तेस्रो कप्लाइन टर्बाइन छ । फ्लाभेल कम्पनीका लो लेभलदेखि हाई लेभलसम्म उपयोग हुने टर्बाइनहरू छन् । दोब्बर रेगुलेसन हुने टर्बाइन पनि छन् । जसमा गाईड्स अलग तरिकाले सञ्चालन हुन्छ । फरक–फरक तरिकालेको फ्लोमा समेत टर्बाइनहरूले काम गर्ने गरेका छन् ।
यसैगरी लोड हेड एल्किशेसनमा एक्सल फर युनिट बनाएको छ । यसमा आखिनो कन्फरसेसन छ । फ्लोभेलको म्यानुफ्याक्चरिङ भल्भ पनि छ । यसमा चाहे स्पाइरकल, चाहे वटरफ्लाई, चाहे प्रेसर रिलिज भल्भ, सबै विश्वव्यापी उत्पादन हो । फ्लोभेलका उत्पादनहरू सबैले मनपराउने र अरूभन्दा राम्रो र उपयोगी छन् । दक्षतापूर्ण पनि छन् ।
फ्लोभेलका उत्पादनको अन्तरराष्ट्रिय बजार कस्तो छ ?
भारतमा मात्र होइन, अन्य देशहरूमा समेत फ्लोभेलको उत्पादन जाने गरेको छ । टर्की, भुटान, लाओस, भियतनाम, इन्डोनेसिया, कम्भोडिया, अरमानिया लगायतका देशमा यसका उत्पादनहरू जाने गरेका छन् ।
यी देशहरूमा टर्बाइनका उपकरणहरू पु¥याएका छौं । विश्वका अरू देशहरूमा समेत यसको उत्पादन बढाउन लागेका छांै । प्रत्येक वर्ष थप एक÷दुवटा देशमा हाम्रा उत्पादनको बजार बढिरहेको छ ।
विद्युत् आयोजनाहरूमा तपाईंहरूको टर्बाइनको खपतको अवस्था के छ ?
लगभग १४ सय मेगावाट बिजुली साना जलविद्युत् आयोजनमार्फत हाम्रो टर्बाइन उपयोग गरेर उत्पादन भइसकेको छ । पुनर्निर्माण (रिनोभेसन) आयोजना पनि दुई हजार मेगावाटभन्दा बढीका छन् । ठूला जलविद्युत् आयोजनामा पनि उपयोग भइरहेको छ ।
समग्रमा हाम्रा उपकरणबाट ४५ सय मेगावाटभन्दा बढी विद्युत् उत्पादन भइसकेको छ । हाम्रो टर्बाइन अन्य कम्पनीका भन्दा बढी प्रभावकारी छन् किन भने हामी आवश्यकता परिपूर्ति गर्ने गरी बनाइरहेका छौं ।
प्रत्येकका लागि उपयोगी एप्लिकेसनहरू छन् । हामी गुणस्तरमा कहिल्यै सम्झौता गर्दैनौं । उत्कृष्ट डिजाइन दिएका छौं । उत्कृष्ट सञ्चालनमा पनि विशेष ध्यान दिइएको छ । यो प्रभावकारी पनि देखिएको छ ।
तपाईंहरूको टर्बाइन कतिको महँगो छ ? यसको उपयोग गर्दा के फाइदा हुन्छ ?
फ्लोभल सस्तो उत्पादन होइन तर गुणस्तरीय र विशेषताको आधारमा सबैसँग प्रतिस्पर्धा गर्ने खालको छ । वर्षौंदेखि यसको उपयोग भइरहेको छ । मूल्यभन्दा पनि गुणस्तर महत्वपूर्ण हुन्छ ।
के कारणले नेपालमा तपाईंहरूको उत्पादन उपयुक्त हुन्छ ? नेपाली बजारमा कत्तिको सम्भावना देख्नुभएको छ ?
अधिकांश टर्बाइनहरू फ्रान्सेस र पेल्टन छन्, जुन साना र मझ्यौला जलविद्युत् आयोजनामा उपयोग हुन्छ । फ्रान्सेस टर्बाइन बढी फराकिलो पनि छ । नेपाली बजारमा फ्लोभेल टर्बाइनको बजार राम्रो देखेको छु । यसको उपयोग पनि धेरै हुन्छ जस्तो लाग्छ । नेपाल र भारतका धेरै विशेषता मिल्छन् । भौगोलिक अवस्था पनि उस्तै छ ।
नेपालमा बजार विस्तारका लागि कस्तो योजना बनाउँदै हुनुहुन्छ ?
पछिल्ला वर्षमा फ्लाभेल नेपालको बजार विस्तार गर्न सफल भएको छ । धेरैले रुचाएका पनि छन् । हामीले नेपालको २०/२५ प्रतिशत टर्बाइन बजार उपयोग गर्न सकेका छौं । ५/६ वटा जलविद्युत् आयोजनाहरूमा हाम्रो योगदान छ । यसका लागि हाम्रो स्थानीय पार्टनर मुक्तिराम शर्माले पनि ठूलो भूमिका खेलिरहनुभएको छ ।
नेपालका लागि छुट्टै विशेष योजना छ ?
नेपालमा हाम्रा उत्पादनको उपयोग बढाउन विशेष योजना बनाउन लागेका छौं । अर्को वर्ष यसलाई अघि बढाउँछौं । मेरो टिम यसका लागि सक्रिय छ । हामी नेपालमा हाम्रा उत्पादनहरू बढीभन्दा बढी बिक्री गर्न चाहन्छौं ।
भविष्यमा कस्ता टर्बाइनहरू उत्पादन गर्ने लक्ष्य कम्पनीको छ ?
अहिले हाम्रो उत्पादन क्षमता ३२ देखि ३४ युनिट मात्र छ । दुई/तीन वर्षमा यसलाई तेब्बर पु¥याउने लक्ष्य छ । उत्पादनको आयतन बढाउँदैछौं । माग बढ्दै गएकाले आपूर्तिमा पनि विशेष ध्यान दिएका छौं । दुई/तीन देश प्रत्येक वर्ष थपिंदै पनि छन् ।
जलविद्युत् आयोजनाहरूले तपाईंहरूको टर्बाइन उपयोग गरेपछि कस्तो प्रतिक्रिया दिने गरेका छन् ?
जहाँ हाम्रा टर्बाइन प्रयोग भएको छ, त्यहाँका सबै हाम्रा उत्पादन उपयोग गर्नेहरू सन्तुष्ट छन् । माग पनि बढेको छ । जलविद्युत् उत्पादक कम्पनीहरू हाम्रा उत्पादनहरूसँग सन्तुष्ट भएर नै हामीलाई दोहो¥याएर अर्डर दिइराखेका छन् ।
हामीलाई विश्वास छ, हाम्रा उत्पादनहरूबाट कोही पनि ग्राहक असन्तुष्ट हुने छैनन् । हाम्रो ४ दशकदेखिको अनवरत यात्रा हाम्रा उत्पादनलाई कसरी गुणस्तरीय र उत्पादन क्षमता प्रभावकारी बनाउन भन्नेमा नै केन्द्रित छ ।
http://bit.ly/2cLGrpR
No comments:
Post a Comment