राष्ट्रिय
सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले ‘सूचनाको हकको
पक्षमा’ नामक पुस्तक प्रकाशित गरेका थिए । प्रमुख आयुक्तको जिम्मेवारी
सम्हालेर पनि राजनीतिक दैनिकलगायतका विभिन्न पत्रपत्रिकामा बारम्बार
लेखिरहने र कार्यपत्र प्रस्तुत गरिरहने बा“स्कोटाको यो सूचनाको हकलाई
समेटेर तयार पारेको महŒवपूर्ण पुस्तक हो ।
सूचनाको हकको संरक्षण, संवद्र्धन र प्रचलनको जिम्मेवारी पाएको एक वर्ष पूरा भएको सन्दर्भ पारेर बाँस्कोटाको पुस्तक बजारमा आएको छ ।
चौबिसौं
पुस्तकका रूपमा प्रकाशित पुस्तकमा सूचनाको हक, यसको कार्यान्वयनको अवस्था,
यसका चुनौती, सम्भावनादेखि नीतिगत तहमा गर्नुपर्ने व्यवस्थालाई समेत
समेटिएको छ । पुस्तकमा अधिकांश लेख राजधानी दैनिकका प्रत्येक शुक्रबार
सूचनाको हकका क्षेत्रमा प्रकाशित लेखहरूमा आधारित छन् ।
प्रस्तुत
पुस्तकले सूचनाको हक, सुशासन प्रवद्र्धन, भ्रष्टाचार नियन्त्रण, विधिको
शासन, पारदर्शिता, उत्तरदायित्व र जवाफदेहिता, वाक तथा प्रकाशन स्वतन्त्रता
एवं आमजनताको सशक्तीकरणको पक्षमा दह्रो वकालत गरेको छ । सन् १७६६ मा
सूचनाको हकले स्विडेनमा पहिलो पटक कानुनी स्वरूप धारणा गरेको प्रसंगदेखि
पुस्तकले नेपालको सूचनाको हकसम्बन्धी इतिहाससम्मको प्रस्तुति समेटेको छ ।
लोकतन्त्रको प्राणवायुका रूपमा रहेको सूचनाको हकको प्रचलनले भ्रष्टाचार
न्यूनीकरण हुने, विधिको शासन लागू गर्न सकिने र विकृति–विसंगतिबाट पार
पाइने कुरा पुस्तकमा उल्लेख गरिएको छ ।
लेखकले
ठाउँठाउँमा सूचना लुकाउनेलाई दण्डित गर्ने भय प्रदान गरेका छन् भने
ठाउँठाउँमा फकाएर सूचना दिए जनताको नजरमा असल प्रशासक ठहरिने कुरा उल्लेख
गरेका छन् ।
जहाँ सूचना लुकाइन्छ,
त्यहाँ भ्रष्टाचारको गन्ध आउने कुरा पुस्तकमा परेको छ । यसर्थ सूचनाको हकको
प्रचलन गर्नु भनेको अ“ध्यारोबाट उज्यालोतर्फको यात्रा तय गर्नु हो भन्ने
पुस्तकको मान्यता छ ।
‘सूचनाको हकका
पक्षमा’ नामक प्रस्तुत पुस्तक १० खण्डमा विभक्त छ । जसअनुसार पहिलो खण्ड
सूचनाको हकका पक्षमा लेखिएको छ भने दोस्रो खण्ड खुला सरकारको अवधारणामा
लेखिएको छ ।
यसैगरी, पुस्तकको तेस्रो
खण्डमा सूचना सम्प्रेषणको अभ्यास, चौथो खण्डमा सार्वजनिक निकायको भूमिका,
पाँचौं खण्डमा सुशासन र सूचना अधिकारीको भूमिका, छैटौं खण्डमा नागरिकको
नैसर्गिक अधिकार, सातौं खण्डमा चुनौती, अवसर र सम्भावना, आठौं खण्डमा
सूचनाको हकको महŒवपूर्ण पक्ष, नवौं खण्डमा आयोग ः आशाको केन्द्र र दसौं
खण्डमा एक वर्षको डायरी समावेश गरिएको छ । पुस्तकको मूल्य सय रुपैयाँ
राखिएको छ । निलो रङको आवरणमा मुद्रित पुस्तक एमके पब्लिकेसनबाट प्रकाशित
भएको हो ।
लेखकले पुस्तकमा सूचनाको
हकका क्षेत्रमा आफू पूरै समर्पित भएको चित्रण गरेका छन् । मुलुकको सचिव
पदमा रहँदा पनि पत्रकारमैत्री भनेर चिनिएका बाँस्कोटाले राष्ट्रिय सूचना
आयोगमा आएर पनि राम्रै उचाइ हासिल गरेका छन् ।
उनको
काम र प्रस्तुत पुस्तकले ‘राइट म्यान इन राइट प्लेस’ चरितार्थ भएको महसुस
गरिएको छ । प्रत्येक वर्ष सूचनाको हकका क्षेत्रमा कम्तीमा एउटा पुस्तक
प्रकाशित गर्ने उनको घोषणा छ ।
http://rajdhani.com.np/article/0994143001455335145
No comments:
Post a Comment