Tuesday, February 9, 2016

सार्क मुलुकभित्र एउटै विद्युत् महसुलको प्रस्ताव

राजधानी समाचारदाता
काठमाडौं, २५ माघ
दक्षिण एसियाली सहयोगसंगठन (सार्क) भित्रको विद्युत् महसुललाई एकरूपता ल्याउने प्रस्ताव अघि बढाइएको छ ।सार्कभित्र ऊर्जा व्यापारकोअवधारणा आइरहेका बेला श्रीलंकाको कोलम्बोमा सोमबार भएको सार्क इनर्जी रेगुलेटरको दोस्रो बैठकले सो प्रस्ताव गर्दैयसका लागि अघि बढ्ने निर्णय भएको हो । ‘साझा सार्क ग्रिडको अवधारणासँगै विद्युत् महसुलमा समेत एकरूपता ल्याउन प्रयास गर्ने निर्णय भएको छ,’बैठकमा सहभागी नेपाल विद्युत् प्राधिकरणका सह–निर्देशकजयराज भण्डारीले भने, ‘सार्क
राष्ट्रभित्र हुन सक्ने विद्युत् व्यापारलाई दृष्टिगत गर्दै यो निर्णय भएको हो ।’बैठकमा भण्डारी र विद्युत् महसुल निर्धारण आयोगका सदस्य कृष्ण ओझा सहभागी छन् ।सन् २०११ मा बंगलादेशमा पहिलो बैठक भएकोमा अब तेस्रो बैठक सन् २०१६ को अगस्टमा पाकिस्तानमा प्रस्ताव गरिएको छ ।
बैठकमा माल्दिभ्सबाहेकनेपाल, भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, श्रीलंका र भुटानका नियामक निकायका प्रतिनिधिसहभागी थिए ।बैठकले एक महिनाभित्र सार्क राष्ट्रभित्र हरेक देशलेराष्ट्रिय नियामक (निकाय) बाट एक÷एकजना सम्पर्क व्यक्तितोक्ने, उनीहरूबिच अन्तक्र्रिया तथा सूचना आदाप्रदान गर्ने र एडीबी, सारीलगायत ऊर्जाक्षेत्रका दाताको संलग्नतामा यससम्बन्धी तथ्य तथ्यांकको आदानप्रदान तथा अध्यावधिक गर्ने,सार्क सचिवालयले रेगुलेटरका लागि आगामी मार्चको पहिलो साताभित्र स्पष्ट कार्ययोजनासहितको क्यालेन्डर निर्माण गर्नेलगायत निर्णय गरेको छ । बैठक मंगलबारसम्म चल्नेछ । 
http://www.rajdhani.com.np/article/0190350001454990580

No comments: