राजधानी समाचारदाता
काठमाडौं, ८ फागुन
काठमाडौं, ८ फागुन
ढल्केबर–मुजफरपुर
अन्तरदेशीय प्रसारण लाइनबाट आयात हुने बिजुलीको प्रधानमन्त्री केपी शर्मा
ओेली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा रिमोर्टमार्फत
स्विच थिचेर शुभारम्भ गरेका छन् ।दुवै प्रधानमन्त्रीले नयाँ दिल्लीस्थित
हैदराबाद हाउसमा एक समारोहमा शनिबार बिजुलीको स्विच अन गरी शुभारम्भ गरेका
हुन् ।
भारत भ्रमणमा रहेका
प्रधानमन्त्री ओली र मोदीबिचको औपचारिक भ्रमणमा अन्तरदेशीय प्रसारण लाइन
सुचारु गरी ८० मेगावाट विद्युत् आपूर्ति गर्ने तथा सन् २०१६ को अक्टोबरसम्म
२ सय मेगावाट र २०१७ को डिसेम्बरबाट ६ सय मेगावाट पु¥याइने सम्झौता भएको छ
। सम्झौताबमोजिम हाललाई नेपालले भारतबाट ३ सय १५ मेगावाटसम्म बिजुली आयात
गर्न सक्नेछ ।
नेपाल
विद्युत् प्राधिकरण र भारतको नेसनल थर्मल पावर कम्पनी (एनटीपीसी) को
प्लान्टबाट व्यापारी कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बाट
७० मेगावाट विद्युत् आयात गर्ने सम्झौता भएको थियो ।
८०
मेगावाट विद्युत् ल्याउने सम्झौता हुने भनिए पनि १२ प्रतिशत थपघट गर्न
पाउने प्रावधानबमोजिम प्राधिकरणले ७० मेगावाटको मात्र सम्झौता गरेको हो ।
सम्झौता भएपछि जति सम्झौता भएको हो, सोको रकम प्राधिकरणले अनिवार्य रूपमा
तिर्नुपर्ने उल्लेख छ । दुई प्रधानमन्त्रीबिच भएको सम्झौतामा भने ८०
मेगावाट आयात गर्ने उल्लेख छ ।विद्युत् प्राधिकरणले भारतबाट आयात
विद्युत्को दुई दिनअघि परीक्षणगरेको थियो ।
विद्युत्
प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षत्रीले सरदर ७३ मेगावाट
विद्युत् आयात भइरहेको जानकारी दिए । ‘एकमुष्ट रूपमा ७० मेगावाट बुक
गरिएकामा १२ प्रतिशत थपघट हुन सक्ने कारण ढल्केबरसम्म परीक्षणका क्रममा
सरदर ७३ मेगावाट बिजुली आयात भएको छ,’ क्षत्रीले राजधानीसँग भने ।
७३
मेगावाट विद्युत् आयात भए पनि तत्कालका लागि लोडसेडिङ भने नघट्ने उनले
जानकारी दिए । भारतबाट थप विद्युत् आयात नभएको भए दैनिक १५ घन्टा लोडसेडिङ
पु¥याउनुपर्ने अवस्था रहेकामा आयातले भने लोडसेडिङ नबढी स्थिर रहने
प्राधिकरणले जनाएको छ । कुलेखानी जलाशय नभरिए पनि १५ सय २७ मिटर पुगेकामा
त्यसलाई सञ्चालन गरेर हाल १५ सय १८ मिटरमा झरिसकेको छ ।
भारतबाट
आयातित विद्युत् प्राधिकरणले प्रतियुनिट ७ रुपैयाँमा आयात गर्न लागेको हो ।
एनभीभीएनले प्राधिकरणलाई प्रतियुनिट ३.५ अर्थात् ५.५० भारतीय रुपैयाँ
दिएकामा प्रसारण लाइनबापतको ह्विलिङ चार्जसहित ७ रुपैयाँ पर्छ । हाल १ हजार
३ सय २५ मेगावाट विद्युत् माग रहेकामा विद्युत् प्राधिकरणको प्लान्टमार्फत
२ सय ४०, निजी क्षेत्रबाट ८० मेगावाट विद्युत् उत्पादन भएको छ भने भारतबाट
२ सय २० मेगावाट विद्युत् आयात भइरहेको छ ।
एक वर्ष र दुई वर्षभित्र २÷२ सय मेगावाट थपिने
७३ मेगावाट थपिए पनि लोडसेडिङ नघट्ने
http://rajdhani.com.np/article/0333443001456014451
No comments:
Post a Comment