काठमाडौं÷रास–
सानिमा माई हाइड्रोपावर लिमिटेडद्वारा निर्माणाधीन ७ मेगावाटको माई
क्यासकेट आयोजनाको निर्माण सम्पन्न भई शुक्रबारदेखि व्यापारिक उत्पादन सुरु
भएको छ । माईले ७ मेगावाट उत्पादन थपेसँगै विद्युत् उत्पादनको कुल क्षमता ७
सय ७५ मेगावाट पुगेको छ ।
‘परीक्षण
उत्पादन सकिएर माई क्यासकेटले व्यावसायिक उत्पादन सुरु गरेको छ ।’
‘कम्पनीका निर्देशक डा. सुवर्णदास श्रेष्ठले भने, ‘१ अर्ब ३० करोड लागतमा
आयोजना बनेको हो, माई सवस्टेसन हुँदै गोदकमा जोडिएको छ ।’ गत १९ असोजदेखि
सोही कम्पनीद्वारा निर्माण गरिएको २२ मेगावाटको माई खोला जलविद्युत्
आयोजनाले व्यापारिक उत्पादन सुरु गरेको थियो । चालू वर्षमा मात्र
कम्पनीद्वारा निर्माण गरिएका दुई आयोजनाद्वारा २९ मेगावाट विद्युत् उत्पादन
थपिएको छ ।
http://rajdhani.com.np/article/0170350001455415583
No comments:
Post a Comment