रधानमन्त्रीको टोली गुजरातमा
भीम गौतम / राजधानी
काठमाडौं, ११ फागुन
काठमाडौं, ११ फागुन
भारतको
राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली भूकम्पबाट क्षति भई
छोटो समयमै पुनर्निर्माण गरिएको गुजरातस्थित भुज पुगेर नेपालको
पुनर्निर्माण कार्यमा आत्मबल बढेको बताए । १२ वैशाखमा २०७२ मा भूकम्प गएपछि
पुनर्निर्माणको चरणमा अघि बढिरहेका बेला प्रधानमन्त्री ओलीले भुजको
अवलोकनपछि नेपालको पुनर्निर्माणका लागि आत्मबल बढेको बताएका हुन् ।
दृढताका
साथ मिलेर काम गरे पुनर्निर्माण सफलताका सम्पन्न गर्न सकिँदोरहेछ भन्ने
उदाहरण भुजमा देखिएको बताएका प्रधानमन्त्री ओली फर्केपछि नेपालमा के त्यो
मोडेलजस्तै दु्रतगतिमा पुनर्निर्माण अघि बढ्ला त ? यो प्रश्न भने नेपालका
लागि सबैभन्दा महŒवपूर्ण छ । नेपाल र भारतबिचको भूकम्पपछिको क्षतिमा धेरै
समानता छन् तर कार्यान्वयन पक्षमा भने आकाश पताल फरक छ । नेपालमा १२
वैशाखमा ७ दशमलव ८ रेक्टरको भूकम्प आएको थियो भने १५ वर्षअघि अर्थात् सन्
२००१ मा भुुजमा ७ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पका कारण
भुजमा १८ हजार ६ सयको ज्यान गएको थियो भने नेपालमा त्योभन्दा आधा झन्डै ९
हजारको ज्यान गएको छ ।
भूकम्पबाट
भुजमा ४ लाख घर ध्वस्त भएका थिए भने करिब ५ खर्ब ५० अर्ब डलरको क्षति
पुगेको थियो । नेपालमा पनि प्रारम्भिक रूपमा अहिले पूर्ण रूपमा ६ लाख घर
क्षति भएको तथ्यांक सार्वजनिक भएको छ । तर, अहिले भइरहेको डिजिटल सर्भे
निष्पक्ष भए त्यो संख्या झन्डै ४ लाखमा झर्ने अनुमान सरकारी अधिकारीहरूको छ
। आर्थिक रूपमा हेर्ने हो भने पनि नेपालको क्षति ५ खर्ब १७ अर्ब छ ।
पुनर्निर्माणका लागि करिब ६ खर्ब ७० अर्ब आवश्यक रहेको देखाएको थियो ।
सहायता जुटाउन सरकारले १० असारमा गरेको दाता सम्मेलनबाट झन्डै ४ खर्बको प्रतिबद्धतासमेत आएको छ ।
दुई
वर्षको अवधिमा झन्डै २ अर्ब डलर खर्च गरी सम्पूर्ण भत्किएका भौतिक
संरचनाहरूको पुनर्निर्माण गरेको गुजरात राज्यले जनतालाई साथमा लिएर तिन
वर्षभित्र पुरै पुनर्निर्माण गरेर भुजको काँचुली फेर्न सफल भएको थियो ।
चर्चित मानिने भूकम्पपछिको भुज मोडेलको नेतृत्व तत्कालीन गुजरातका
मुख्यमन्त्री एवं हाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए ।
‘भूकम्पपछिको गुजरात मोडेलबाट नेपालले सिक्नुपर्ने धेरै पाठ छन्,’
भूकम्पपछिको पुनर्निर्माणका लागि गठित राष्ट्रिय भूकम्प प्राधिकरणका
पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. गोविन्दराज पोखरेलले भने,
‘पुनर्निर्माणमा तत्काल निर्णय र कार्यान्वयन, गुणस्तरीयतामा ध्यान मुख्य
सिक्नुपर्ने पाठ हुन् ।’
उनका अनुसार
गुजरात पुनर्निर्माणमा मुख्यतया स्थानीय जनता र निजी क्षेत्रलाई परिचालन
गरिएको थियो । गैरसरकारी संघ÷संस्था निषेधजस्तै छ । तर, नेपालमा भने तत्काल
निर्णय र कार्यान्वयनमा सबैभन्दा ढिलाइ छ भने सबैभन्दा बढी पुनर्निर्माणको
काममा गैरसरकारी संघ÷संस्थाको सक्रियता छ । सर्भेको काममै गैसस परिचालन
गरिएको छ । यसका कारण पनि पुनर्निर्माणमा ढिलाइ भएको सरकारी अधिकारीहरू
बताउँछन् । प्राधिकरणका कायममुकायक सचिव मधुसूदन अधिकारी पनि भुजबाट धेरै
पाठ सिक्न सकिने बताउँदै भुजको पुनर्निर्माणमा संलग्न विज्ञहरूलाई बोलाएर
उनीहरूको अनुभवका आधारमा पुनर्निर्माण नीति र कार्ययोजना बनाइएको बताउँछन् ।
‘भूकम्पपछिको भुज पुनर्निर्माणमा संलग्न विज्ञहरूलाई बोलाएर जानकारी लिई
त्यसलाई नीति ल्याउँदा ध्यान दिएका छौं, पाकिस्तानको पुनर्निर्माणमा संलग्न
विज्ञको अनुभवलाई समेत समेटेका छौं,’ उनले भने, ‘प्रधानमन्त्री र
प्राधिकरणका सीइओले नै अवलोकन गरेपछि अझ कार्यान्वयनमा सहज हुन्छ ।’
नेपालमा
भूकम्प गएको नौ महिनापछि अर्थात् पुसभित्र मात्र बल्ल राष्ट्रिय
पुनर्निर्माण प्राधिकरण पायो भने अझै कर्मचारीहरूको पूर्ण व्यवस्थापन भएको
छैन । प्राधिकरणका कायममुकायक सचिव अधिकारी प्राधिकरण गठनमा ढिलाइ भएको र
अझै कर्मचारी पूर्णता नभएको स्विकार्छन् । ‘१० पुसमा प्राधिकरणमा सीईओ
नियुक्ति भयो भने २७ पुसभित्र पूर्णता पायो, यसमा ढिला भएकै हो,’ उनले भने,
‘३ माघमा २ सय ८ कर्मचारी मागेका थियौं तर अहिलेसम्म ३० जना मात्र सरकारले
उपलब्ध गराएको छ ।’ आर्थिक वर्ष २०७२÷७३ को बजेटमा प्राधिकरणमार्फत ७४
अर्ब र विभिन्न सरोकारवाला मन्त्रालयमार्फत खर्च गर्ने १७ अर्ब गरी ९१ अर्ब
छुट्याइएको थियो । दुई वर्षमा २ खर्ब खर्च भएको थियो भुजमा तर नेपालमा
भूकम्प गएको ११ महिना पुग्दा पुनर्निर्माणको खर्च शून्य छ ।
गत
२ माघमा भूकम्पछिको पुनर्निर्माण महाअभियान शुभारम्भ गरेको प्राधिकरण एक
वर्षपछि १२ वैशाखबाट पूर्ण रूपमा पुनर्निर्माण अघि बढाउने घोषणा गरेको छ ।
यसको पूर्वतयारीका लागि १२ फागुनदेखि दोलखामा स्रोत केन्द्र स्थापना गर्ने
कार्यक्रम भए पनि विडम्बना मंगलबार अर्थात् ११ फागुनसम्म प्राधिकरणले
बजेटसमेत पाएको छैन । ‘अर्थ मन्त्रालयसँग ७४ अर्ब माग गरेका छौं तर पाएका
छैनांै,’ प्राधिकरणका कामु सचिव अधिकारीले राजधानीसँग भने, ‘यसका कारण
पुनर्निर्माण अघि बढाउन समस्या परेको छ ।’ स्रोतका अनुसार पुनर्निर्माण
प्राधिकरणले अर्थ मन्त्रालयका अधिकारीहरूसँग सल्लाह नगरी बजेटको काम अघि
बढाएको भन्दै उनीहरू असन्तुष्ट छन् ।
केन्द्रीय
स्तरमा पुनर्निर्माणका लागि संयन्त्र बनाएर भुजमा सरकारी निकायमार्फत नै
पुनर्निर्माण अघि बढाइएको थियो तर नेपालमा सम्बन्धित मन्त्रालयहरूलाई
कार्यान्वयन निकाय माने पनि अहिले १ सय ५० स्रोत केन्द्र स्थापनालाई समेत
जोड दिइएको छ । गुजरात पुनर्निर्माणका जानकारका अनुसार पाँच वर्षसम्म
गुजरातमा उद्योगधन्दा, कलकारखाना सञ्चालनमा कुनै प्रकारको शुल्क राज्यलाई
बुझाउनुनपर्ने गरी करमुक्त क्षेत्रका रूपमा अघि सािएको थियो । जसका कारणले
आर्थिक रूपमा धराशायी हुने अवस्थामा पुगेको गुजरातमा ३ सय नयाँ कम्पनी आएका
थिए भने यसले रोजगारी अभिवृद्धिका साथै कुल गार्हस्थ्य उत्पादनमा समेत
वृद्धि भएको थियो । यही अवधिमा जलविद्युत् उत्पादनलाई महŒव दिँदै सरकारले
सहुलियत ऋण दिएको थियो भने सि“चाइ, मल, बीउ उपलब्ध गराउने कार्यलाई थप
सहजीकरण गरिएको थियो । नेपालमा भने पुनर्निर्माणको नीति र कार्ययोजनाले
भूकम्पबाट क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माण तथा उत्पादनशिल
क्षेत्रहरूमा समेत केही राहतका कार्यक्रम त ल्याइएको छ तर नयाँ लगानी
भिœयाउन अझै ठोस कार्यक्रम ल्याउन सकेको छैन ।
भुजमा
ई–गभर्नेन्सको सिद्धान्तलाई आत्मसात् गरेकाले समयको बचतका साथै भष्टाचारमा
कमी आए पनि नेपालमा यसबारे समेत दातादेखि नागरिकलाई समेत सरकारले
ग्यारेन्टी गर्न सकेको छैन । ‘भुजमा जस्तो नीति र कार्ययोजना बनेका छैनन्,
तत्काल निर्णय र कार्यन्वयनमा समेत विज्ञभन्दा बढी राजनीति व्यक्ति भएको
संयन्त्र रहेकाले तत्काल निर्णय गर्न सक्ने सम्भावना कम छ,’ राष्ट्रिय
योजना आयोगका एक अधिकारीले भने, ‘दाताहरूले दिएको रकम दुरुपयोग हुनबाट
जोगिन्छ र गैससहरूले लक्षित वर्गसम्म प्रभावकारी रूपमा कार्यक्रम
पु¥याउँछन् भन्ने कुराको कुनै ग्यारेन्टी छैन ।’ प्राधिकरणका कामु सचिव
अधिकारी भने पछिल्लो समयमा दु्रतगतिमा पुनर्निर्माण कार्य अघि बढेको र
निर्णय प्रक्रियामा कुनै ढिलाइ नभएको बताउँछन् ।
प्रधानमन्त्रीको भव्य स्वागत
भूकम्पपछिको
पुनर्निर्माणको अवलोकन गर्न पुगेका प्रधानमन्त्री केपी ओली शर्मा ओलीलाई
गुजरातको भुज क्षेत्रमा भव्य स्वागत गरिएको छ । मंगलबार गुजराज क्षेत्रको
अवलोकन गर्न जाने क्रममा उनी नेतृत्वको टोलीलाई विमानस्थलदेखि नै भव्य
स्वागत गरिएको हो ।
प्रधानमन्त्री
ओलीको स्वागतमा गुजरातको परम्परागत झाँकी प्रदर्शन गरिएको थियो । गुजरातकी
मुख्यमन्त्री आनन्दीबेन पटेलले प्रधानमन्त्री ओलीको स्वागत गरेकी थिइन् ।
अवलोकनका क्रममा प्रम ओली नेतृत्वको टोलीले राज्यका गभर्नर, मुख्यमन्त्री
पटेललगायतसँग भेट गरी पुनर्निर्माणबारे जानकारी लिएको राससले जनाएको छ ।
http://rajdhani.com.np/article/0204293001456273806
No comments:
Post a Comment