- प्रधानमन्त्री र मन्त्रीहरूद्वारा एक महिनाको तलब दिने निर्णय
- एक महिनाभित्र डिजाइन र लागत
- आगामी १२ वैशाखदेखि निर्माण सुरु
- दिवंगतहरूको सम्झनामा स्मारक
सरकारले
भूकम्पले भत्किएको ऐतिहासिक धरहराको पुनर्निर्माण जनताको पैसाबाटै निर्माण
गर्ने घोषणा गरेको छ । सरकारले ‘मेरो धरहरा, म बनाउँछु’ भन्ने उद्घोषका
साथ ऐतिहासिक धरोहर पुनर्निर्माण गर्ने घोषणा गरेको हो । मैले धरहरा
बनाउँछु,’ भन्ने खाता खोलेर जनतामार्फत पुँजी संकलन गरी धरहराको
पुनर्निर्माण गर्ने लक्ष्य सरकारको छ ।
मंगलबारको
मन्त्रिपरिषद् बैठकले धरहरा पुनर्निर्माणका लागि प्रधानमन्त्रीलगायत सबै
मन्त्रीको एक महिनाको तलब दिने घोषणा गरेको सूचना तथा सञ्चारमन्त्री शेरधन
राईले जानकारी दिए । ‘प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद् सदस्यले एक÷एक
महिनाको तलब धरहरा पुनर्निर्माणमा लगाउने निर्णय गरेका छौं, अब निजामती
कर्मचारी, सेना प्रहरीलगायतले गर्छन् र जनताबाट समेत अब सहयोगको घोषणा भएर
स्वदेशी पुँजीमै बन्छ,’ उनले भने । मन्त्रिपरिषद् बैठकले संस्कृति, नागरिक
उड्डयन तथा पर्यटन मन्त्रालयलाई धरहरा पुनर्निर्माणका लागि छुट्टै बैंकको
खाता खोल्नसमेत निर्देशन दिएको छ । जनताको पैसाबाटै धरहरा पुनर्निर्माणको
घोषणा गरे पनि यसको लागत अनुमान भने भएको छैन ।
पर्यटनमन्त्री
आनन्द पोखरेलले पुरातŒव विभागले एक महिनाभित्र धरहरा पुनर्निर्माणको
डिजाइन र लागत निकालिसक्ने जानकारी दिए । ‘प्रधानमन्त्रीले पहिलाभन्दा केही
डिजाइन परिवर्तन गर्न निर्देशन दिएकाले सोहीअनुसार डिजाइन र लागत पुरातŒव
विभागले एक महिनाभित्र निकाल्छ,’ उनले भने, ‘१२ वैशाख २०७३ को दिन धरहरा
पुनर्निर्माणको शिलान्यास हुन्छ ।’
धरहरा
पुनर्निर्माण राष्ट्रिय संकल्प गर्न मंगलबार सुन्धारामा आयोजित
कार्यक्रममा प्रधानमन्त्री ओर्लीले तिनतले पार्किङ र त्यसमाथि पहिलाको
भन्दा ठुलो र बलियो धरहरा निर्माण गर्ने बताएका थिए । ‘मैले धरहरा बनाउँछु’
भन्ने खाता खोलेर जनतामार्फत पुँजी संकलन गरेर धरहराको पुनर्निर्माण गर्ने
बताउँदै उनले विदेशी सहायता धरहरा पुनर्निर्माणमा उपयोग गर्ने बताए ।
‘पुनर्निर्माणका लागि विदेशीले गरेको सहयोग अन्य क्षेत्रमा खर्च गर्छौं, तर
नेपालको पहिचान दिने धरहरा नेपाली जनताबाट पैसा उठाएर निर्माण गर्नेछौं,’
उनले भने, ‘तिनतले पार्किङ र त्यसमाथि पहिलाको भन्दा ठुलो र बलियो धरहरा
निर्माण गर्छौं ।’ बाहिर स्मारक बनाउने र त्यसमा भूकम्पमा धरहरा भत्किँदा
ज्यान गुमाएकाहरूको नामावली राखिने घोषणा पनि प्रधानमन्त्रीले कार्यक्रममा
गरेका थिए ।
१८८२ सालमा २ सय ५० फिट
अग्लो रहेको धरहरा १९९० मा भुइँचालो भएपछि २ सय ३ फिट अग्लो बनाइएको थियो ।
त्यो पनि १२ वैशाखको भूकम्पले लडेपछि अहिले सरकारले धरहरामा
पुनर्निर्माणको संकल्प गरेको हो । प्रधानमन्त्री ओलीले अब निर्माण हुने
धरहरामा भूकम्पका क्रममा ज्यान गुमाएका सबै दिवंगतको नाममा राखिने जानकारी
पनि दिए ।
राष्ट्रिय पुनर्निर्माण
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शुशील ज्ञवालीले
पुनर्निर्माणका लागि आर्थिक उपार्जन गर्ने उद्देश्यसहित संकल्प सुरु भएको
बताए । संकल्प गर्न आयोजित कार्यक्रममा एकीकृत माओवादी अध्यक्ष पुष्पकलम
दाहालसहित अधिकांश उपप्रधान एवं मन्त्रीहरूको सहभागी थिए ।
http://rajdhani.com.np/article/0322845001455678442
No comments:
Post a Comment