भीम गौतम / राजधानी
काठमाडौं, १९ माघ
काठमाडौं, १९ माघ
आगामी
४ फागुनदेखि भारतबाट आयात गर्न लागेको ८० मेगावाटको विद्युत् निक्कै महँगो
पर्ने भएको छ । भारतको नेसनल थर्मल पावर कम्पनी (एनटीपीसी) को प्लान्टबाट
आयात गर्न लागेको सो विद्युत्को फिक्स, भेरिबल, सेल्स र चुहावट तथा ह्विलिङ
चार्ज गरी प्रति युनिट झन्डै १० रुपैयाँ पर्ने भएको हो ।
विद्युत्
प्राधिकरणको २५ प्रतिशत चुहावटसम्मलाई गणना गर्दा भारतबाट आयातित
विद्युत्को प्रतियुनिट १२ रुपैयाँ ५० पैसा पर्छ । हाल विद्युत् प्राधिकरणले
भारतका अन्य विभिन्न नाकाबाट सरदर प्रतियुनिट ८ रुपैयाँमा विद्युत् खरिद
गर्दै आएको छ भने विद्युत् प्राधिकरणले आफ्ना ग्राहकहरूलाई भने सरदर
प्रतियुनिट ८ रुपैयाँमै बिक्री गर्ने गरेको छ ।
थप
८० मेगावाट ल्याउँदा प्रीतियुनिट साढे ४ रुपैयाँ घाटा पर्ने प्राधिकरणका
अधिकारीहरू बताउँछन् । उनीहरूका अनुसार अस्थायी समयका लागि नेपालले
विद्युत् खरिद गर्न लागेको भन्दै भारतीय कम्पनीले महँगो मूल्य तोकेकाले
तत्काल निर्णय गर्न समस्या परेको हो ।
ऊर्जा
सचिव सुमनप्रसाद शर्माले पहिला भारतबाट आयात गरेभन्दा केही महँगो देखिए
पनि आयात गर्ने उद्देश्यसहित छलफल भइरहेको बताए । ‘सचिव स्तरीय बैठकले
किन्ने सम्झौता गरिसकेको छ, यसबारे भारतीय कम्पनी र विद्युत् प्राधिकरणका
अधिकारीहरूबिच छलफल भइरहेको छ, केही महँगो भए पनि तत्कालीन ऊर्जाको संकटलाई
हेरेर किन्नुपर्ने अवस्था छ,’ उनले भने ।
हालै नेपाल र भारतबिच भएको विद्युत् व्यापार सम्झौता (पीटीए)
कार्यान्वयनको प्रयोजनका लागि गठित द्विपक्षीय सचिवस्तरीय बैठकले ४
फागुनदेखि ८० मेगावाट विद्युत् आयात भारतको सरकारी एनटीपीसीको व्यापारी
कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बाट खरिद गर्ने निर्णय
गरेको थियो ।
निकै महँगो पर्ने तथा
सम्झौताभन्दा ८ मेगावाट कम विद्युत् आउने मंगलबार एनटीपीसीको व्यापारी
कम्पनी एनभीभीएनका अधिकारीहरूले राखेपछि वार्तामा सहभागी नेपाल विद्युत्
प्राधिकरणका अधिकारीहरूले स्पष्ट निर्णय गर्न सकेनन् । वार्तामा एनभीभीएनका
प्रमुख कार्यकारी अधिकारी एनके शर्मासहित तिन जना तथा विद्युत्
प्राधिकरणका उपकार्यकारी निर्देशकत्रय शेरसिंह भाट, कन्हैयाकुमार मानन्धर र
राजीव शर्मासहितको टोली सहभागी भएको थियो ।
सम्झौतामा
उल्लिखित क्षमताभन्दा १२ प्रतिशत थपघट गर्न सक्ने भएकाले यसबारे समेत
प्राधिकरणमा छलफल भइरहेको छ । ‘केही प्राविधिक पक्ष मिलाउनुपर्ने भएकाले
मंगलबार टुंगिएन, अब चाँडै बसेर टुग्याउँछौं,’ विद्युत् प्राधिकरणका
कार्यकारी निर्देशक मुकेशराज काफ्लेले भने ।
विद्युत्
प्राधिकरणमा भारतीय कम्पनीले प्रस्ताव गरेअनुसार प्रतियुनिट भारतीय
रुपैयाँ (आईसी) ५ अर्थात् ८ रुपैयाँ नेपाली पर्नेछ । थर्मल प्लान्टबाट
ढल्केबर–मुजफपुर अन्तरदेशीय प्रसारण लाइन जोडिने मुजफपुरसम्मको मात्र
सो मूल्य हो ।
वार्तामा सहभागी प्राधिकरणका एक अधिकारीका अनुसार थर्मल प्लान्टले आन्तरिक
व्यापार र चुहावट भन्दै सम्झौताभन्दा १० प्रतिशत कम मात्र विद्युत् दिनेछ ।
यसो गर्दा ८० मेगावाटको सम्झौता भए पनि ७२ मेगावाट मात्र विद्युत् आयात
हुनेछ ।
सोबापत मुजफपुरसम्म ल्याउन
मात्र प्रतियुनिट थप ८० पैसा तिर्नुपर्नेछ । त्यसैगरी, ढल्केबरदेखि
मुजफपुरसम्मको प्रशारण लाइन प्रयोग गरेबापत विद्युत् प्राधिकरणले वर्षको ८५
करोड ह्विलिङ चार्ज गर्नुपर्नेछ । जसअनुसार प्रतियुनिट १ रुपैयाँ २० पैसा
थप रकम लाग्नेछ ।
‘जति विद्युत् आयात
गरे पनि ह्विलिङ चार्ज उत्तिकै लाग्ने भएकाले अहिले थोरै विद्युत् आयात
गर्दा धेरै तिर्नुपर्ने देखिएको छ,’ विद्युत् प्राधिकरणका एक अधिकारीले
भने, ‘ह्वीलिङ चार्ज प्रतियुनिट २०÷२५ पैसा मात्र पर्नुपर्ने हो तर अहिले त
धेरै महँगो पर्ने देखियो ।’ अस्थायी रूपमा १ सय ३२ केभीएको ट्रान्सफर्मर
राखेर हाल ८० मेगावाटभन्दा आयात मात्र गर्न नसकिने भएकाले पनि विद्युत्
प्राधिकरणले बढी ह्विलिङ चार्ज तिर्नुपर्ने अवस्था छ । सम्झौता भएपछि
ल्याउन सके पनि नसके पनि २४ घन्टा नै ८० मेगावाट बराबरको विद्युत् नेपालले
आयात गर्न सक्नेछ । सो रकम विद्युत् प्राधिकरणले अन्तरदेशीय प्रसारण लाइन
निर्माण गरिरहेको नेपालतर्फ र भारततर्फको कम्पनीलाई तिर्नुपर्नेछ ।
दैनिक
८० मेगावाट विद्युत् अर्थात करिब १९ लाख २० हजार युनिटको १ करोड ९२ लाख
रुपैयाँ एकमुष्ट पैसा तिर्नुपर्ने भए पनि आयात भने चुहावटबाहेक १७ लाख २८
हजार युनिट विद्युत् पाउनेछ ।
कम
विद्युत् पाएबापतको प्राधिकरणले दैनिक १९ लाख २० हजार घाटा बेहोनुपर्नेछ
भने ह्विलिङ चार्जबापत मासिक ७ करोड तिर्नुपर्नेछ । विद्युत् आयातबाट तिन
घन्टासम्म लोडसेडिङ घट्न सक्ने अनुमान छ । ६ लाख युनिटले एक घन्टा लोडसेडिङ
घट्ने प्राधिकरणका अधिकारीहरू बताउँछन् ।
विद्युत्
आयोजनाहरूमा पानीको सतह घट्दै गएकाले उत्पादन कमजोर हुने भएकाले विद्युत्
आयात भएपछि हाल भइरहेको दैनिक १३ घन्टाको लोडसेडिङ स्थिर नरहने र आयात भए
त्योभन्दा नबढ्ने प्राधिकरणका कार्यकारी निर्देशक काफ्ले बताउँछन् ।
भारतबाट थप विद्युत् आयात नभए प्रतिदिन १५ घन्टासम्म लोडसेडिङ पुग्ने
अनुमान प्राधिकरणले गर्दै आएको छ ।
किन्ने निर्णय अझै भएन
सम्झौताभन्दा १० प्रतिशत विद्युत् कम
वार्षिक ह्विलिङ चार्ज मात्र ८५ करोड
http://rajdhani.com.np/article/0750484001454473784
No comments:
Post a Comment