भारतस“गका असमझदारी अन्त्य ः ओली संविधान महŒवपूर्ण उपलब्धि ः मोदी
के के भए सहमति ?
भूकम्पपछिकोपुनर्निर्माणको प्याकेज
तराईको हुलाकी सडक
संगीत तथा नाट्यएकेडेमीसम्बन्धी सहयोग
फुलबारी राजमार्ग सुचारु
नेपालसम्म रेल्वे ढुवानी
८० मेगावाट विद्युत्शुभारम्भ र थप दिने
नेपाल र भारतबिच प्रबुद्धसमूहको स्थापना
भीम गौतम / राजधानी
काठमाडौं, ८ फागुन
काठमाडौं, ८ फागुन
छिमेकी
मित्रराष्ट्र भारतले नेपालको नयाँ संविधानलाई एक महŒवपूर्ण उपलब्धिको
संज्ञा दिँदै स्वागत गरेको छ । संविधान जारी भएपछि स्वागत नगरी अघोषित
नाकाबन्दी गरेको भारतले पाँच महिनापछि औपचारिक रूपमा दशकौंको संघर्षपछि
प्राप्त ‘एक महŒवपूर्ण उपलब्धि’ भन्दै स्वागत गरेको हो ।
भारतको
राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार भएको
भेटवार्तापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधानको स्वागत गरेका
हुन् । शनिबार दुई देशका प्रधानमन्त्रीबिच हैदराबाद हाउस नयाँ दिल्लीमा
द्विपक्षीय भेटवार्ता भएको थियो । भेटवार्तापछि आयोजित संयुक्त पत्रकार
सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले नेपालको नयाँ संविधान दशकांैको
संघर्षपछि एक महŒवपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यसको सफलता सहमति र
संवादमा निर्भर हुने बताए । ‘दशकौंको संघर्षबाट बनेको नेपालको संविधान एक
महŒवपूर्ण उपलब्धि हो, यसको निर्माणमा सरकार र राजनीतिक नेतृत्वले गरेको
योगदानलाई अभिनन्दन गर्नुपर्छ,’ मोदीले भने । नयाँ संविधानको सफलताका लागि
सहमति र संवादको सिद्धान्तमा आधारित भएर अघि बढ्न सुझाव दिँदै उनले थपे,
‘राजनीतिक वार्तालापको माध्यमबाट नेपालका सबै वर्गलाई समेटेर तपार्इंले
नेपालको संविधानसँग जोडिएका सबै मुद्दाको सन्तोषजनक निवारण गरेर नेपाललाई
प्रगति र स्थिरताको बाटोमा लैजानुहुनेछ ।’
संयुक्त
पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले संविधान जारीपछि भारतसँग देखिएका
असमझदारी अन्त्य भएको बताए । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै
प्रधानमन्त्री ओलीले सुरुमै आफू दुई देशको सम्बन्धमा देखिएका असमझदारी
अन्त्य गरी सम्बन्धलाई पुरानै अवस्थामा फर्काउन भारत आएको बताएका थिए ।
नेपालमा ऐतिहासिक रूपमा नयाँ संविधान जारी भएको उल्लेख गर्दै ओलीले अब
नेपाल आर्थिक विकासको चरणमा प्रवेश गरेको धारणा राखे । ओलीले भारतले शान्ति
प्रक्रियाको सुरुदेखि नै संविधान निर्माणसम्म नेपाललाई सहयोग गरेको भन्दै
१२ वैशाखको भूकम्पपछि भारतले नेपाललाई गरेको सहयोगका लागि धन्यावाद दिए ।
सम्बोधनको अन्त्यमा प्रधानमन्त्री ओलीले केही महिनादेखि दुई देशका बिच
देखिएका असमझदारी अन्त्य भएको बताए ।
दुई
प्रधानमन्त्रीबिचको भेटवार्ताको क्रममा नेपाल र भारतबिचको पारस्पारिक
सम्बन्धका साथै भूकम्पपछिको पुनर्निर्माण, लगानी विस्तार, भारत भएर
बंगलादेशको पारवहन मार्ग सञ्चालन गर्नेबारे छलफल भएको थियो । सोही क्रममा
प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट भारतीय
राष्ट्रपति प्रणव मुखर्जीलाई र आफ्नो तर्फबाट भारतीय समकक्षी मोदीलाई
नेपालको भ्रमण गर्न निमन्त्रणा गरेका थिए । दुई देशका प्रधानमन्त्रीको
उपस्थितिमा उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापालगायतको टिम र भारतकी
विदेशमन्त्री सुष्मा स्वराजलगायतको टिमबिच सात बुँदे सम्झौतामा हस्ताक्षर
भएको छ ।
भूकम्पपछिको पुनर्निर्माणका
लागि भारत सरकारले घोषणा गरेको २ सय ५० मिलियन अमेरिकी डलर बराबरको सहयोग
प्याकेजलाई प्रयोग गर्नेबारे पहिलो सम्झौताका रूपमा भएको सहमति पत्रमा
परराष्ट्रमन्त्री थापा र भारतीय समकक्षी स्वराजले हस्ताक्षर गरेका छन् ।
हाउजिङ, स्वास्थ्य, शिक्षा, सांस्कृतिक सम्पदालगायतका क्षेत्रमा खर्च हुने
गरी भएको सम्झौताअनुसार सय मिलियन डलर अर्थात् १ अर्ब रुपैयाँबराबर
भूकम्पबाट क्षतिग्रस्त १४ जिल्लाका ५० हजार घरधुरी निर्माणका लागि खर्च
गरिनेछ । त्यसैगरी, त्यस्तै ३१ ओटा भूकम्प प्रभावित जिल्लामा स्वास्थ्य,
शिक्षा तथा सांस्कृतिक सम्पदाको पुनर्निर्माणमा ५० मिलियन खर्च गरिनेछ ।
तराईको हुलाकी सडक विस्तारसम्बन्धी समेत समझदारी भएको छ । समझदारी पत्रमा
भौतिक पूर्वाधार मन्त्रालयका सचिव अर्जुनकुमार कार्की र नेपालका लागि
भारतीय राजदूत रणजित रायले हस्ताक्षर गरे । सो सहमति पत्रमा पहिलो चरणको
प्याकेज नम्बर १ को ८७ किलोमिटर सडक पूरा भइसकेको उल्लेख गर्दै प्याकेज
नम्बर २, ३, ४, ५ र ६ सडकहरूको निर्माण तीव्र गतिमा अघि बढाइने उल्लेख छ ।
भारतसँग
गरिएको तेस्रो सम्झौताका रूपमा संगीत तथा नाट्य एकेडेमीसम्बन्धी सहयोग
आदान प्रदान गर्नेबारे हस्ताक्षर भएको छ । यो समझदारीमा भारतका तर्फबाट
संगीत नाटक एकेडेमीकी सेक्रेटरी हेलेन आचार्य र नेपालका तर्फबाट राजदूत
दीपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् । जसअनुसार नेपाल र भारत
दुवैतर्फबाट कला क्षेत्रका अनुभवी, विज्ञ, नृत्यांगना, बौद्धिक
व्यक्तिहरूबिच सहयोग तथा अनुभव आदान प्रदान गरिनेछ । चौथो समझदारीको रूपमा
काँकडभिट्टा–बंगलाबन्ध हुँदै नेपाल र बंगलादेशबिचको ट्रान्जिट फुलबारी
राजमार्ग सुचारु गर्ने सम्झौता भएको छ । नेपालको सवारी आवागमनलाई भारतले यो
मार्गमा सहजता प्रदान गर्ने सहमति पत्रमा भारतीय वाणिज्य सचिव रीता
टियोटिया र नेपालका तर्फबाट वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायले
हस्ताक्षर गरेका छन् ।
नेपाल र
भारतबिच सम्पन्न पारवहन मार्गसँग सम्बन्धित यो सम्झौतासँगै अर्को एक
बुँदामा भारतको विशाखापटनम बन्दरगाहमा नेपाललाई पारवहनको सुविधा उपलब्ध
गराउने रहेको छ । पाँचांै सम्झौताका रूपमा विशाखापटनमबाट नेपालसम्म रेल्वे
ढुवानीबारे उल्लेख गर्दै बंगलादेशसँगको पारवहनमा भारतको सिंहावादबाट सुविधा
प्रदान गरिने उल्लेख छ । यो सहमति पत्रमा भारतका तर्फबाट रेल्वे बोर्डका
एएस उपाध्यायले हस्ताक्षर गरेका छन् । त्यसैगरी, छैटौं सम्झौताका रूपमा ४
सय केभीको ढल्केबर–मुजफरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत हाल १ सय ३२
केभीमा चार्ज गरेर प्रारम्भिक रूपमा ८० मेगावाटको शुभारम्भ गरिएको उल्लेख
गर्दै सन् २०१६ को अक्टोबरसम्म २ सय २० केभीबाट २ सय तथा २०१७ डिसेम्बरसम्म
४ सय केभीमार्फत ६ सय मेगावाटसम्म विद्युत् दिइने उल्लेख छ ।
सातौं
समझदारीका रूपमा नेपाल र भारतबिच प्रबुद्ध समूहको स्थापना रहेको छ । सन्
२०१४ जुलाईमै काठमाडौंमा बसेको संयुक्त बैठकले ८ सदस्यीय समूह बनाउने
निर्णय भएको थियो । यो प्रबुद्ध समूहमा नेपालका तर्फबाट डा. राजन भट्टराई,
पूर्वविदेशमन्त्री भेषबहादुर थापा, अख्तियारका पूर्वप्रमुख सूर्यनाथ
उपाध्याय र पूर्वकानुनमन्त्री निलाम्बर आचार्य छन् भने भारतका तर्फबाट
सांसद भगतसिंह कोसियारी, सिक्किम विश्वविद्यालयका पूर्वभीसी एवं हाल जाप
पार्टीका नेता महेन्द्र पी लामा, नेपालका लागि पूर्वराजदूत जयन्तप्रसाद र
प्रोफेसर बीसी उप्रेती रहेका छन् । यो समूहले भविष्यलाई समेत द्विपक्षीय
सम्बन्ध अभिवृद्धिका लागि हालको द्विपक्षीय सम्बन्धबारे पुनर्विचार गरेर
संस्थागत फ्रेमवर्कसहितको सुझाव
दिने उल्लेख छ ।
सम्झौता
पत्र हस्ताक्षर कार्यक्रममा भारत र यहाँका जनताप्रति नेपाल र नेपालीको
भावनात्मक सम्बन्ध रहेको र नेपालको विकासको भारत ठुलो साझेदार रहेको
बताउँदै प्रधानमन्त्री ओलीले भारतको साथ, सहयोग र सद्भावबाट नेपालमा
लोकतान्त्रिक संविधान जारी भएको बताएका थिए । उनले नेपालको आर्थिक समृद्धि,
विकास र राजनीतिक स्थायित्व अबको आफ्नो लक्ष्य रहेको बताए । शिक्षा,
स्वास्थ्य र भौतिक पूर्वाधार विकासमा भारतबाट निरन्तर प्राप्त सहयोग र
ऐक्यबद्धताप्रति उनले कृतज्ञता व्यक्त गरेका थिए । उनले नेपालले भारतले
नेपालका ठुला आयोजनामा लगानी गर्ने अपेक्षा गरेको बताएका थिए ।
भारतीय
प्रधानमन्त्री मोदीले भारत–नेपालमैत्री सम्बन्ध इतिहासको नयाँ चरणमा
प्रवेशको बताउँदै गौरवशाली नेपाली जनताको भारतप्रतिको सद्भावको प्रशांसा
गरेका थिए । नेपाली कांग्रेसका दिवंगत सभापति एवं पूर्वप्रधानमन्त्री सुशील
कोइरालाको कार्यकालमा भारत–नेपाल सम्बन्धमा अतुलनीय योगदान भएको छ भन्दै
नेता कोइरालालाई भारतले सधैं सम्झना गरिरहने बताएका थिए । अतिवाद र
आतंकवादको भारत र नेपालले मिलेर मुकाबिला गर्ने तथा आपराधिक एवं
आतंकवादीलाई आ–आफ्ना भूमि दुरुपयोग गर्न नदिने प्रतिबद्धता आफूहरूले व्यक्त
गरेको पनि उनले बताएका थिए । नेपालको अथाह जलस्रोतको समुचित उपयोगबाट दुवै
देश लाभान्वित हुने प्रसंग उल्लेख गर्दैै भारतीय प्रधानमन्त्री मोदीले
नेपालको आर्थिक विकासका निम्ति त्यो वरदान सावित हुने बताए ।
राष्ट्रपति– उपराष्ट्रपतिसँग भेटवार्ता
भारत
भ्रमणमा रहेका प्रधामन्त्री ओलीले शनिबार नै भारतीय राष्ट्रपति प्रणव
मुखर्जी र उपराष्ट्रपति मोहमद हमिद अन्सारीसँग शिष्टाचार भेट गरेका छन् ।
भेटका क्रममा भारतीय राष्ट्रपतिलाई राष्ट्रपति विद्यादेवी भण्डारीका
तर्फबाट नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् ।
प्रधानमन्त्री
ओलीसँग शनिबार बिहान भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भेटवार्ता गरेकी
थिइन् । भेटमा भूकम्पपछिको पुनर्निर्माण र भारतले उपलब्ध गराउँदै आएको
सहयोगका विषयमा छलफल हुनाका साथै आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध
पक्ष र विषयमा केन्द्रित भएर छलफल भएको थियो । शनिबार नै प्रधानमन्त्री ओली
र भारतीय गृहमन्त्री राजनाथ सिंह तथा अर्थमन्त्री अरुण जेट्लीबिच
छुट्टाछुट्टै भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालयमा भएको भेटवार्तामा
द्विपक्षीय हित र आपसी चासोका विषयमा कुराकानी भएको थियो । भेटवार्तामा
उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा, गृहमन्त्री शक्तिबहादुर बस्नेत,
अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भारतका लागि नेपाली राजदूत दीपकुमार
उपाध्यायलगायत उपस्थिति थिए ।
शनिबार
बिहान भारतीय सेनाका तर्फबाट गार्ड अफ अनरको सम्मान ग्रहण गरेका
प्रधानमन्त्री ओलीले महात्मा गान्धीको समाधिस्थलमा पुगेर पुष्पगुच्छा
चढाएका थिए ।
http://rajdhani.com.np/article/0437316001456014725
No comments:
Post a Comment