भीम गौतम\राजधानी काठमाडौं, २६ साउन
अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपाल विद्युत् प्राधिकरणद्वारा खरिद गरिएका गुणस्तरहीन ट्रान्सफर्मरको परीक्षणमा आफंै सक्रिय भएको छ । प्रकरणमा दोषी देखिएका कर्मचारीहरूलाई प्रमाणसहित मुद्दा दायरका लागि विशेषज्ञसहितको छुट्टै टोली बनाएर अख्तियार सक्रिय भएको हो । प्राधिकरणका पूर्वसञ्चालकद्वय मुकेश काङ्खले र डा.केपी दुलालका दुई छुट्टाछुट्टै प्रतिवेदनले २०६३ सालदेखि २०६८ सालसम्म विभिन्न कम्पनीद्वारा ल्याइएका ४ हजार ६ सय ५७ ट्रान्सफर्मरहरू गुणस्तरहीन देखाएपछि दोषी देखिएका कर्मचारीहरूलाई मुद्दा दायरका लागि टोलीले प्रमाण जुटाइरहेको छ ।
अर्का सञ्चालक सदस्य मोहनराज पन्तको प्रतिवेदनले प्राधिकरणका पूर्वकर्मचारीहरू र हाल कार्यरत उच्च अधिकारीसहित ३३ कर्मचारीहरू दोषी देखाएको थियो । यी प्रतिवेदनलाई थप पुष्टि र प्रमाणसहित दोषी कर्मचारीहरूलाई मुद्दा दायरका लागि प्राधिकरणको हेटौंडास्थित वर्कसपमा गुणस्तरहीन देखिएका ट्रान्सफर्मर लगेर परीक्षण गरिरहेको वर्कसप स्रोतले जानकारी दिएको छ । ‘दुई महिना अघिदेखि विभिन्न क्षेत्रमा जडान गरिएका ट्रान्सफर्मर प्रतिस्थापन गरेर गुणस्तरहीन भनिएका ट्रान्सफर्मरहरू परीक्षण गरिरहेको छ,’ स्रोतले भन्यो, ‘एक हप्ताअघि हुवेईका ट्रान्सफर्मरको सकाएर हिरासतमा लिई कारबाही प्रक्रिया अघि बढाएको हो, अन्य ट्रान्सफर्मर ल्याएर परीक्षण गरिरहेको छ ।’ चीनको हुवेई सनलाइट इलेक्ट्रिक कम्पनीको ट्रान्सफर्मरबारे परीक्षण सकाएर दुई ठेकेदार कम्पनीका प्रतिनिधिसहित १४ जनालाई हिरासतमा लिएर अनुसन्धान सुरु गरिसकेको छ । उनीहरूलाई एक हप्ताभित्रै मुद्दा हालिसकिने अख्तियार स्रोतले जानकारी दिएको छ । ‘हिरासतमा लिइसकेका व्यक्तिहरूलाई तत्काल पक्राउ गरेर मुद्दा दायर गर्न लागिएको छ ।’ हुवेई खरिद प्रकरणमा मुछिएका अन्य केही व्यक्तिहरूलाई समेत छिट्टै पक्राउ गरेर उनीहरूलाई समेत मुद्दा दायर गर्ने अख्तियार स्रोतले जनाएको छ । भारतको एसभीआर इलेक्ट्रिकल्स, थाइल्यान्डको सहवान्त इलेक्ट्रिक थाइल्यान्डका साथै चीनका तीन कम्पनी हुवेई सनलाइट इलेक्ट्रिकल्स, जेके होल्डिङ कम्पनी र साङदोङ इलेक्ट्रिक कम्पनीबाट २०६४ सालपछि प्राधिकरणले ट्रान्सफर्मर खरिद गरेको थियो ।
यी कम्पनीका ट्रान्सफर्मर गुणस्तर तथा नापतौल विभागका कर्मचारी, विज्ञलगायतको टोली बनाएर अख्तियारले परीक्षण गराइरहेको छ । ‘एक साताअघि मात्र सा“झ आएर प्राधिकरणको लैनचौरस्थित वर्कसपको डिजिटल एनालाइजर टेस्टिङ मेसिन लगेर रातरात हेटौंडा पु¥याई परीक्षण गरेको थियो,’ लैनचौर वर्कसपका एक कर्मचारीले भने, ‘पुनः शुक्रबारसमेत यसै गरी जडान गरिसकेको एनालाइजरसहित तीन–चार गाडी ट्रान्सफर्मर लगेर परीक्षण गरिरहेको छ ।’ २०६४ सालपछि ल्याइएका र गुणस्तरहीन देखिएका सबै ट्रान्सफर्मरहरू लगिएको ती कर्मचारीले जानकारी दिए । हेटौंडा वर्कसपको एनालाइजर बिग्रिएकाले लैनचौरबाट लानुपरेको अख्तियार स्रोतले जनाएको छ ।
परीक्षणको क्रममा पहिलाकै प्रतिवेदनजस्तै अधिकांश गुणस्तरहीन देखिएको छ । प्राधिकरणद्वारा विभिन्न कम्पनीबाट खरिद गरिएका १५, २५, ५०, १ सय, २ सय र ३ सय केभीका ट्रान्सफर्मरहरू लगेर तिनीहरूको गुणस्तरहीनताबारे परीक्षण गरेको अख्तियारले अन्य कम्पनीबाट ट्रान्सफर्मर ल्याउँदा दोषी देखिएका कर्मचारीहरूलाई समेत मुद्दा दायरका थप अनुसन्धान भइरहेको जनाएको छ ।
|
Saturday, August 10, 2013
मुद्दा दायर गर्न ट्रान्सफर्मर परीक्षण गर्दै अख्तियार
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment