Friday, August 2, 2013

असोजदेखि क्रस बोर्डर प्रसारण लाइन निर्माण हुँदै

भीम गौतम\राजधानी 
काठमाडौं, १७ साउन
सन् २००७ मा समझदारी भएर चार वर्Èभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको नेपाल–भारत क्रस बोर्डर प्रसारण लाइन निर्माणको काम आगामी असोजदेखि सुरु गरिने भएको छ । नेपाल र भारतबीच समन्वयको अभावमा निर्माणमा ढिलाइ भएको प्रसारण लाइन आयोजनाको काम असोजदेखि निर्माण गर्न लागिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं पावर ट्रान्समिसन कम्पनी नेपाल लिमिटेड (पीटीसीएन)का अध्यक्ष रामेश्वर यादवले जानकारी दिए । ‘आगामी अक्टोबरदेखि नेपाल र भारत दुवैले एकैसाथ प्रसारण लाइनको निर्माण कार्य अघि बढाउने लक्ष्य राखेका छौं’, उनले भने ।
गत फागुनको तेस्रो साता क्रस बोर्डर प्रसारण लाइन निर्माणका लागि नेपाल र भारत दुवै पक्षले टेन्डर आह््वान गरेकामा नेपालले भने प्राविधिक मूल्यांकनको आधारमा आठ कम्पनी पहिलो चरणमा छनोट गरेको छ । बिहीबार बसेको पीटीसीएनको बैठकले आठ कम्पनी छनोट गरेको हो । पीटीसीएनका अनुसार, केईसी इन्टरनेसनल, कलपत्रु पावर ट्रान्समिसन लिमिटेड, मेगा इन्जिनियरिङ पूर्वाधार लिमिटेड, टाटा प्रोजेक्ट लिमिटेड, फेइडरस लोइड को–अपरेसन लिमिटेड, युनिटेक पावर ट्रान्समिसन र इसकिपर लिमिटेड र ग्यामन इन्डिया लिमिटेड छनोट गरिएकामा तीमध्येबाट प्रसारण आयोजना अघि बढाउनका लागि यो महिनाभित्रै एउटा कम्पनी छनोट गरिनेछ ।
एक वर्षअघि प्रसारण लाइन आयोजना विकास र निर्माणका लागि नेपालतर्फ पीटीसीएन तथा भारतमा क्रस बोर्डर पावर ट्रान्समिसन कम्पनी लिमिटेड (सीपीटीसी) गठन भएको थियो । टेन्डर आह्वानपछि पीटीसीएन र सीपीटीसी दुवैले दुई महिनाभित्र ठेकेदार कम्पनी नियुक्ति गरेर १६ महिनाभित्र प्रसारण लाइन निर्माणको कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि ठेकेदार कम्पनी छनोटमै पाँच महिना बितिसकेको छ । ठेकेदार कम्पनी छनोटपछि १६ महिनाभित्र पूरा गर्ने लक्ष्य प्राधिकरणको छ । लगानी सम्झौताअनुसार नेपालतर्फ प्रसारण लाइन बनाउन पीटीसीएनतर्फ प्राधिकरणको ६४ प्रतिशत, पावर ग्रिड भारतको २६ प्रतिशत तथा आईएल एन्ड एफएस इनर्जी सभिर्सेजको १० प्रतिशत लगानी गर्ने उल्लेख छ ।
नेपालले लगानी गर्ने ६४ प्रतिशतमध्ये १४ प्रतिशत जलविद्युत् लगानी तथा विकास कम्पनीले सेयर लिन लागेको छ । बैठकले सो सेयर प्रतिशतलाई स्वीकृत दिएको छ भने प्रसारण लाइनको कार्यालय जनकपुरमा खोल्ने निर्णयसमेत गरेको छ । ४ सय केभीको ढल्केबर–मुजफरपुर प्रसारण लाइनअन्तर्गत ढल्केबरदेखि महोत्तरीको भिट्ठामोडसम्म ४० किलोमिटर तथा भिट्ठामोडदेखि भारतको मुजफरपुरसम्मको १ सय किलोमिटर लामो छ । अहिले भारतबाट करिब डेढ सय मेगावाटसम्म विद्युत् ल्याउन क्षमता भए पनि क्रस बोर्डर प्रसारण लाइन बनेपछि १ हजार मेगावाटसम्म विद्युत् नेपाल आयात गर्न सकिनेछ भने निर्यातका लागिसमेत सजिलो पर्नेछ ।
प्रसारण लाइन बनाएमा प्राधिकरणलाई बर्सेनि २ अर्ब ६० करोड रुपैयाँभन्दा बढी फाइदा हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार, भारतबाट पावर आदानप्रदानको आधारमा ल्याउ“दा भन्दा बोर्डर बनाएर बजारमार्फत ल्याउ“दा ३.२६ पैसा सस्तो पर्नेछ ।

No comments: