भीम गौतम÷राजधानी काठमाडौं, ९ भदौ
चीनको हुवेई सनलाइट इलेक्ट्रिक कम्पनीले ट्रान्सफर्मर नेपाल पठाउने क्रममा आङ्खनो बदमासी भएको स्विकार्दै १ हजार ९ सय ४० थान नयाँ टान्सफर्मर प्रतिस्थापन गर्न नेपाल विद्युत् प्राधिकरणलाई पत्र लेखेको छ । पहिला ५६ ओटा ट्रान्सफर्मर परीक्षणका लागि पठाएको उल्लेख गर्दै अब बा“की ट्रान्सफर्मर पठाउने भन्दै १९ अगस्टमा प्राधिकरणलाई हुवेर्ईले पत्र लेखेको हो । हुवेर्ईका अध्यक्ष लिडोगुले लेखेको पत्रमा सबै ट्रान्सफर्मरहरू नयाँ प्रतिस्थापन गर्ने उल्लेख भएको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लवबहादुर घिमिरेले जानकारी दिए ।
०६७ र ६८ मा हुबेईमार्फत विश्व बंैकको सहयोगमा ७ सय ३५ थान तथा प्राधिकरणले १२ सय ६० थान ट्रान्सफर्मर खरिद गरेको थियो । १९ सय ९५ थान ट्रान्सफर्मर खरिद गरिएकोमा गत पुसमा ५६ थान ट्रान्सफर्मर नेपाल पठाएको थियो । त्योमध्ये एउटा ट्रान्सफर्मर पुनः गुणस्तरहीन आएको र अन्य ट्रान्सफर्मरमा केही विद्युत् लोड लस देखिए पनि अन्तर्राष्ट्रिय गुणस्तरीयता अनुसार थप जरिवाना गर्न सकिने अवस्थामा रहेको प्राधिकरण स्रोतले जनाएको छ । हुवेर्ईका अध्यक्षविरुद्ध समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार मुद्दा दायर गरेकाले उसले पठाएको पत्रलाई के जवाफ दिने भन्नेबारे प्राधिकरणभित्रै अन्योल रहेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवलगायत पूर्व र अहिले कार्यरत २४ कर्मचारीसँगै हुवेर्ईका दुई चिनियाँ नागरिकलाई समेत अख्तियारले हिरासतमा लिई मुद्दा दायर गरिसकेको छ । हुुबेईलाई प्राधिकरणले स्वीकार प्रमाणपत्र (एक्सेप्टएबल सटिफिर्केट) दिइसकेको अवस्थामा चर्केको ट्रान्सफर्मर प्रकरणमा किन त्यो प्रमाणपत्र दिइयो भन्ने प्रश्नसमेत उठेको छ । हुबेईले नेपाल पठाएको ट्रान्सफर्मरमा बाहिर तामा र भित्र आल्मुनियम एक वर्षअघि लैनचौरस्थित वर्कसपमा भेटिएपछि बदमासी सार्वजनिक भएको थियो । प्राधिकरणका पूर्वसञ्चालक सदस्यद्वय मुकेश काङ्खले र डा.केपी दुलालको संयोजकत्वमा रहेको ट्रान्सफर्मरबारेको छानबिन समितिले २०६३ देखि २०६८ सम्म खरिद गरिएका ४ हजार ६ सय ५७ ट्रान्सफर्मर गुणस्तरहीन भएको प्रतिवेदन दिएको थियो ।
त्यसपछि अर्का सञ्चालक सदस्य मोहनराज पन्तको संयोजकत्वमा रहेको समितिले हालका कार्यकारी निर्देशक रामेश्वर यादव, पूर्वकार्यकारी निर्देशकद्वय डा. जीवेन्द्र झा र दिपेन्द्रनाथ शर्मा, पूर्वनिमित्त कार्यकारी निर्देशक टीकाराम बीसी, पूर्वमहाप्रबन्धकहरू चिरञ्जीवी शर्मा, गणेशप्रसाद राजलगायतका ३३ कर्मचारीहरूलाई दोषी देखाएको थियो । पन्त प्रतिवेदनले लेखाका कर्मचारी र विश्व बैंकद्वारा खरिद गरिएका ट्रान्सफर्मर खरिदमा संलग्नलाई दोषी नदेखाए पनि अख्तियारले भने ती कर्मचारीबारे समेत अनुसन्धान गरिरहेको छ । तीमध्ये हुवेर्ईको भुक्तानी र विश्व बैकमार्फत ट्रान्सफर्मर खरिदमा संलग्न कर्मचारीहरूलाई पक्राउ गरी कारबाही अघि बढाएको छ ।
No comments:
Post a Comment