Thursday, August 29, 2013

ऊर्जा सुरक्षाका लागि जलाशययुक्त आयोजना

राजधानी समाचारदाता काठमाडौं, १२ भदौ जलविद्युत्् आयोजनाहरूमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले बुधबारदेखि राजधानीमा दुईदिने अन्तर्राष्ट्रिय जलविद्युत्् लगानीकर्ताहरूको बैठक सुरु भएको छ । मझौला तथा ठूला जलविद्युत्् आयोजनाहरूमा विदेशी लगानीकर्ता भिœयाउन एसियाली विकास बैंक तथा ऊर्जा मन्त्रालय, अर्थ मन्त्रालय र लगानी बोर्डको सहयोगमा जलविद्युत्् लगानी तथा विकास कम्पनीको अन्तर्राष्ट्रिय बैठक सुरु भएको हो ।
बैठकमा नेपालसहित अमेरिका, भारत, अस्ट्रेलिया, चीन, बेलायत, नर्वेलगायत राष्ट्रका लगानीकर्ता तथा जलविद्युत््का विज्ञहरू गरी करिब ४० जनाको सहभागिता रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक रौनियारले जानकारी दिए । सम्मेलनको उद्घाटन गर्दै ऊर्जामन्त्री उमाकान्त झाले नेपालको ऊर्जा सुरक्षाका लागि जलाशययुक्त आयोजनाहरूमा लगानी गर्नु अनिवार्य भइसकेको बताए । सरकारले भविष्यको ऊर्जा सुरक्षालाई सुनिश्चित गर्न ६ सय मेगावाटको बूढीगण्डकी, ४ सय १० मेगावाटको नलसिंहगाढ, १ सय ८० मेगावाटको आँधीखोलालगायतका जलाशययुक्त आयोजनाहरू अघि बढाएको र ती आयोजनाहरूमा लगानी गर्न आग्रह गरे । ‘ऊर्जा अभावको समाधानका लागि र भविष्यमा ऊर्जा सुरक्षाका लागि जलाशययुक्त आयोजना बनाउनुको विकल्प छैन,’ उनले भने, ‘ऊर्जा क्षेत्रका लागि दीर्घकालीन लगानीको आवश्यकता छ, यसमा स्वदेशी तथा विदेशी कम्पनीले ढुक्क भएर लगानी गर्न आग्रह गर्छु ।
’ बैठकमा एसियाली विकास बैंकको सहयोगमा कोसी बेसिनका थप सुनकोसी दोस्रो, कुलेखानी तेस्रोलगायतका जलाशययुक्त आयोजनाको अध्ययन अघि बढाइएको जानकारी दिइएको थियो । ऊर्जा सचिव एवं कम्पनीका अध्यक्ष विश्वप्रकाश पण्डितले ऊर्जा क्षेत्रमा लगानीका लागि सबै किसिमको वातावरण बनाउने बताउँदै बजारमा आधारित जलविद्युत्् आयोजना र नेपाल विद्युत्् प्राधिकरणको खण्डीकरण गरी सेवालाई प्रभावकारी बनाउनु सरकारको प्राथमिकता रहेको बताए । ‘भारतसँग विद्युत्् व्यापार सम्झौता गर्ने प्रक्रियामा छौं, क्रस बोर्डर ट्रान्समिसन लाइन पनि निर्माणको चरणमा छ, निर्यातमूलक आयोजना निर्माणका लागि पनि सरकार सहयोग गर्न तयार छ,’ उनले भने । अर्थ मन्त्रालयका सहसचिव राजन खनालले सार्क राष्ट्रबीच विद्युत्् व्यापार सम्झौता गर्नुपर्ने आवश्यकता रहेको बताए ।
नेपाललाई अल्पविकसित राष्ट्रको सूचीबाट हटाउन जलविद्युत््को विकास गर्नुको विकल्प नरहेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले बताए । एसियन विकास बैंकका प्रतिनिधि प्रियंका विजयतुंगाले ऊर्जा सुरक्षाका लागि जलविद्युत््को क्षेत्रीय ग्रिड कनेक्सनको आवश्यकता रहेको बताउँदै सार्क राष्ट्र जलविद्युत्् विकासमा सँगसँगै हिँड्नुपर्ने बताए । प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लवबहादुर घिमिरेले विद्युत््को माग र आपूर्तिका आधारमा जलविद्युत्् आयोजना पहिचान गरी लगानी जुटाएर निर्माण अघि बढाउनुपर्ने बताए । बैठकमा कार्यपत्र प्रस्तुत गर्दै प्राधिकरणका निर्देशक सुनिलकुमार ढुंगेलले नेपालमा १ सय २ ओटा जलाशययुक्त आयोजनाहरूको पहिचान गरिसकेको र जाइकाको सहयोगमा क्षेत्रीय सन्तुलन मिल्ने गरी १० आयोजना छनोट गरिएकाले ती आयोजना अघि बढाउनुपर्नेमा जोड दिए ।
विद्युत्् विकास विभागका महानिर्देशक डिल्लीबहादुर सिंहले पञ्चेश्वर, सप्तकोसी, कर्णाली चिसापानीलगायतका ठूला आयोजना अघि बढाउँदा नेपाललाई धेरै फाइदा हुने बताए । आयोजक कम्पनीका प्रमुख कार्यकारी अधिकृत रौनियारले बैठकले जलाशययुक्त आयोजनामा लगानीका बैठक सहयोगी बनाउने बताउँदै ४२ मेगावाटको मिस्त्री खोला तथा ४ सय केभी ढल्केबार–मुजफरपुर प्रसारण लाइनमा लगानी गर्ने पक्का भइसकेको जानकारी दिए । उनका अनुसार कम्पनीले चार आयोजनामा समेत लगानी गर्न लागेको छ । सिनियर डिभिजनल इन्जिनियर सागर राज गौतमले परियोजना विकासमा विद्यमान सरकारी मापदण्डबारे चर्चा गरेका थिए ।

No comments: