–२ सय ५२ को नाम सार्वजनिक
भीम गौतम\राजधानी
काठमाडौं, १८ जेठ ।
नेपाल विद्युत प्राधिकरणले वक्यौता नतिरेर कालो सुचीमा रहेका दुई हजार ग्राहकको नामसहित तीन पुस्ते सार्वजनिक गर्ने अभियान सुरु गरेको छ ।
बाँकी वक्यौता तिर्नका लागि ३५ दिने आह्वान गरेपछि पनि नतिरेका प्राधिकरणका आठ क्षेत्रीय कार्यालयका दुई हजार ग्राहकको नाम सार्वजनिक गर्न सुरु गरेको हो । पहिलो चरणमा काठमाडौका साथै हेटौडा, अत्तरिया, पोखरा, नेपालगञ्ज, विराटनगर, बुटबल र जनकपुर क्षेत्रीय कार्यालयका दुई सयदेखि तीनसम्मको तीनपुस्ते नाम सार्वजनिक गर्न लागेको हो । ‘कालोसुचीमा रहेका ग्राहकहरुको तीनपुस्ते संकलन गरी सार्वजनिक गर्न सुरु गरेका छौ ।’–प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेले भने–‘पहिला काठमाण्डौबाट सुरु गरिएका तीन पुस्ते नाम सार्वजनिक गर्ने अभियान अन्तर्गत क्रमशः सबै क्षेत्रीय कार्यालयभित्रका सबैभन्दा बढी वक्यौता तिर्न बाँकी कालोसुचीका ग्राहकको नाम सार्वजनिक गर्दैछौ ।’
प्राधिकरणका अनुसार, कालोसुचीमा रहेका ३३ हजार ६ सय ६० ग्राहकमध्ये काठमाडौ क्षेत्रीय कार्यालयका २ सय ५२ जनाको तीन पुस्ते नाम सार्वजननिक गरिसकिएको छ । काभ्रे, भक्तपुर, काठमाडौ क्षेत्रभित्रका वितरण केन्द्रहरुको नाम सार्वजनिक गरिएका प्राधिकरणले जनाएको छ ।
तीन पुस्ते नाम सार्वजनिक गर्दा पनि वक्यौता नतिरेमा सम्बन्धित ग्राहकको आफन्तको समेत विजुलीको लाइन काट्ने योजना प्राधिकरणका छ । त्यसैगरी आफन्तको लाइन काटेर पनि वक्यौता नतिरेमा सरकारी बाँकी वक्यौतासरह कानुनी रुपमै अघि बढाएर वक्यौता उठाउने तथा विजुलीको वक्यौता नतिरेका ग्राहकलाई नागरिकता, सिफारिस लगायतका सरकारी सेवामा समेत रोक लगाउने योजना प्राधिकरणको छ ।
प्राधिकरणबाट प्राप्त विवरण अनुसार, काठमाण्डौ Ôेत्रीय कार्यालय अन्तर्गत नवराज शर्मा सञ्चालक रहेको उदयश्री प्याल्टिष्क उद्योगको २६ लाख ७० हजार तथा दोर्जे गुरुङ, देव श्रेष्ठ, नारायण सुन्दर श्रेष्ठ, वासुदेव पराजुली, सुवर्णदास श्रेष्ठ, हर्Èबहादुर, सुन्दरलाल भवनानी, राजीव श्रेष्ठ श्रेष्ठ, लक्ष्मी श्रेष्ठ र विद्या लक्ष्मी सञ्चालकहरु रहेको हरिसिद्धि टायल एण्ड विग ङ्खयाक्ट्रीले १५ लाख ४२ हजार रुपैया“ श्रेष्ठ वक्यौता तिर्न नसकेर प्राधिकरणको कालोसुचीमा छन् ।
त्यसैगरी प्रोपाइटर सन्तोÈ गिरी रहेको त्रियुगा तयारी पोशाक तथा धुलाई उद्योग काठमाडौंको १४ लाख ६० हजार, प्रोपाइटर किरण मास्के रहेको पेट बोटले १० लाख ९ हजार, लोकनारायण र जीवनलाल पिया सञ्चालक रहेको मुक्तेश्वर पाईपको ८ लाख ५८ हजार, प्रेम उपाध्याय सञ्चालक रहेको व्यासीलरी नेपाल प्रालिले ५ लाख ४५ हजार, नाम्गेल दोर्जे लामा प्रोपाइटर रहेको वेस्टलेस बासिङको ३ लाख १३ हजार, महाध्वज लामा सञ्चालक रहेको मोक्तान क्रसर उद्योगको २ लाख ५६ हजार, सानुकाजी श्रेष्ठ सञ्चालक रहेको एस.पी. प्याल्ष्टिकको २ लाख ६ हजार तथा शुष्मा घिमिरे र ज्ञानु आचार्य सञ्चालक रहेको गणेश पशुपति रोड ढुंगा उद्योगको १ लाख ५० हजार वक्यौता नतिरेर कालोसुचीमा छन् ।
काठमाडौको २ सय ५२ जनाको तीन पुस्ते नाम सार्वजनिक गरिसकेको प्राधिकरण ग्राहक तथा वितरण निर्देशानालयले छिट्टै बाँकी सात क्षेत्रीय कार्यालयहरुक समेत सार्वजनिक गर्न लागेका जनाएको छ ।
No comments:
Post a Comment