राजधानी समाचारदाता
काठमाडौं, २५ फागुन
काठमाडौं, २५ फागुन
जलविद्युत्
उत्पादन सुरु भएको १ सय ४ वर्षमा ७ सय ५० मेगावाटको हाराहारीमा विद्युत्
उत्पादन गरेको सरकारले आगामी तीन वर्षभित्रै १ हजार मेगावाट विद्युत्
उत्पादन थप गर्ने लक्ष्य लिएको छ । एक वर्षभित्र आधारभूत रूपमा र दुई
वर्षभित्र जलविद्युत्मार्फत् नै लोडसेडिङ अन्त्य गर्ने लक्ष्य राखेको
सरकारले एक वर्षभित्र २ सय र २ वर्षभित्र ८ सय मेगावाट उत्पादन वृद्धि गरी १
हजार थप गर्ने लक्ष्य राखेको हो । ‘सरकारले तीन वर्षभित्र १ हजार मेगावाट
थप गर्ने लक्ष्य राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास
दशकसम्बन्धी अवधारणा पत्रसहितको कार्ययोजना तयार गरेको छ,’ ऊर्जा
मन्त्रालयका सह–प्रवक्ता गोकर्णराज पन्थले भने ।
हाल
विद्युत्को माग १४ सय मेगावाटको हाराहारीमा रहेकोमा ७ सय ७६ मेगावाट
उत्पादन भएको छ भने अहिलेको हिउँदमा ३ सय ५० मेगावाटको हाराहारीमा मात्र
उत्पादन भएको छ । ऊर्जा मन्त्रालयका अनुसार, ०७२ सालभित्र अर्थात् अबको एक
महिनाभित्र ४ दशमलव ९५ मेगावाटको फावा, २ दशमलव ४८ मेगावाटको पिखुवा, २
मेगावाटको झ्याडी खोला, ६ मेगावाटको दरौदी खोला ए, ३ दशमलव २० मगावाटको
गेलुङखोला, ४ मेगावाटको सार्दी खोला र सभा खोला, २ दशमलव ५० मेगावाटको
छ्याङदी खोला र ४ दशमलव ३६ मेगावाट टुंगुन ठोस्ने जलविद्युत् आयोजना
सम्पन्न गर्ने लक्ष्य छ ।
त्यसैगरी,
यसै वर्षभित्र २ मेगावाटको खानीखोला, १३ मेगावाटको मड्क्यु, ११ दशमलव २०
मेगावाटको थापाखोला, ५ मेगावाटको अपरमाईसी खोला, ३ दशमलव ७५ मेगावाटको
द्वारी खोला र २२ दशमलव २० मेगावाटको अपरचाकु, ५० मेगावाटको अपर
मस्र्याङ्दी र २५ मेगावाटको अपरमादी जलविद्युत् आयोजना निर्माण सम्पन्न
गर्ने लक्ष्य राखेको छ ।
त्यसैगरी,
०७३ सालभित्र २ दशमलव ८३ मेगावाटको चाके, १ दशमलव ७५ मेगावाटको जुम्दी, १
दशमलव ५० मेगावाटको थेउले, ५ मेगावाटको ताडी, ५ मेगावाटको अपर मैलुङ ए, २०
मेगावाटको तल्लो मोदी, २२ मेगावाटको अपरदोर्दी ए, ७ दशमलव ६० मेगावाटको
जोगमाई, २ दशमलव १५ मेगावाटको अपर पराजुली, ४ दशमलव २० मेगावाटको लोहोरे, ३
मेगावाटको मिदिम करापु, ६ दशमलव ८० मेगावाटको रुदी ए, १३ दशमलव ७०
मेगावाटको फलांखु खोला, ३ दशमलव ३३ मेगावाटको कपाडी गाड, ४ मेगावाटको
घलेम्दी खोला र ४ मेगावाटको पुवाखोला १ जलविद्युत् आयोजना सम्पन्न गर्ने
लक्ष्य छ ।
१० वर्षभित्र १० हजार
मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहितको सरकारले पारित गरेको छ । जस
अनुसार, यस अवधिमा ५० प्रतिशत जलाशययुक्त आयोजनामार्फत, २५ देखि ३०
प्रतिशतसम्म आरओआर, १५ देखि २० प्रतिशत पिकिङ आरओआर र १० प्रतिशत
वैकल्पिकलगायत अन्य स्रोतबाट उत्पादन गर्ने लक्ष्य छ ।
हालसम्म
२६ सय मेगावाट बराबर नेपाल विद्युत् प्राधिकरणमा विद्युत् खरिद सम्झौता
(पीपीए) भइसकेको छ भने करिब ४ हजार मेगावाट आयोजना पीपीएको प्रतीक्षामा छन्
। विद्युत् विकास विभागका अनुसार, ७९ आयोजनाले ५ हजार १ सय २८ मेगावाटका
आयोजना सर्वेक्षण अनुमतिपत्र लिइसकेको जनाएको छ ।
यसै
वर्षभित्र दुई मेगावाटको खानीखोला, १३ मेगावाटको मड्क्यु, ११ दशमलव २०
मेगावाटको थापाखोला, पाँच मेगावाटको अपरमाईसी खोला, तीन दशमलव ७५ मेगावाटको
द्वारी खोला र २२ दशमलव २० मेगावाटको अपरचाकु, ५० मेगावाटको अपर
मस्र्याङ्दी र २५ मेगावाटको अपरमादी जलविद्युत् आयोजना निर्माण सम्पन्न
गर्ने लक्ष्य राखेको छ ।
http://rajdhani.com.np/article/0831793001457489210
No comments:
Post a Comment