भीम गौतम / राजधानी
काठमाडौं, २२ फागुन
काठमाडौं, २२ फागुन
सडकभरि
पर्चा पम्प्लेट, भित्ताभरि ब्यानर, गाना बजाना अनि जिताऔं र जिन्दावादका
नारा । राजधानीको मुटु मानिने भृकृटीमण्डपस्थित पद्मोदय मोडदेखि पर्यटन
बोर्डसम्मको सडकको दृश्य कांग्रेस महाधिवेशनका कारण कुम्भ मेलाभन्दा पनि कम
थिएन । यो क्षेत्रमा यति भीडभाड थियो कि यसले कांग्रेस महाधिवेशनको
उद्घाटन सत्रको सहभागितालाई समेत चुनौती दिइरहेको थियो ।
बाहिर
सडकमा त्यो प्रदर्शन भए पनि भित्र जिन्दावादको नारा त थिएन तर बन्द सत्रमा
भन्दा बाहिर भुकुटीमण्डपको चौर र पार्कमा भोट माग्नेहरूको ताँती नै थियो ।
यतिसम्मको
दृश्य देखिन्थ्यो कि सभापतिमा प्रत्यासी रामचन्द्र पौडेल कुनै क्षेत्रमा
पुगेर भोट मागे भने त्यसको केही समयपछि अर्का प्रत्यासी शेरबहादुर देउवा
त्यहाँ पुगिहाल्थे । शेरबहादुर पुगेको ठाउँमा त्यसैगरी पौडेल पनि
पुगिहाल्थे । कांग्रेस कार्यकर्ताहरू भने एक अर्का नेताहरूले को कहाँ जान्छ
भनेर गुप्तचर (सीआईडी) खटाएका छन् कि भनेर हाँसिमजाक गरिरहेका थिए ।
बाहिर
सडकमा कांग्रेसीहरूको रमिता हेर्नेहरूको संख्या पनि कम थिएन । ‘कांग्रेसको
अधिवेशन त साह्रै रमाइलो पो हुने रहेछ,’ काठमाडौंको कपनबाट घर फर्कने
क्रममा बसपार्कतिर हिँडेका सोमबहादुर लामाले भने, ‘महाविधेशन हो कि कुम्भ
मेला हो, छुट्याउनै गाह्रो ।’
अघिपछि
पाँच मिनेटमा पार गर्न सकिने पद्मोदय मोडदेखि पर्यटन बोर्डसम्मको सडक
छिचोल्न कम्तीमा आधा घन्टा लाग्ने अवस्था थियो । यो क्षेत्रबाहेक अन्य भने
खासै ट्राफिक जाम भने थिएन । उम्मेदवार उठ्नेहरूबिच शक्ति प्रदर्शनको
प्रतिस्पर्धा नै चलेको थियो । भुकृटीमण्डपको मुख्य गोटबाट सुरु गरेर
पद्मोदयहुँदै पुनः मुख्य गेटसम्मको नाराबाजीले यस क्षेत्र गुञ्जिएको थियो ।
सभापतिका प्रत्यासी देउवाले भोट
माग्नकै लागि छुट्टै गीतमार्फत र नाराबाजीसहित सडकमा निरन्तर रूपमा
प्रदर्शन गरिरहेका थिए भने महामन्त्रीका उम्मेदवार बनेका गगन थापाको जोसिलो
भाषणको भीडीओ पनि प्रदर्शन गरिएको थियो । देउवालाई जिताउने गीतमा नाच्ने र
गगनको भाषणमा ताली बजाउनेको भिड नै थियो । सभापति प्रत्यासी पौडेललाई
जिताउनका लागि नाराबाजी गर्ने पनि कम थिएनन् ।
देउवाले
गीतदेखि नाराबाजी दुवै भ्याएका थिए । प्रत्येकजसो उम्मेदवारले ब्यानरसहित
आफ्नो शक्ति प्रदर्शन गरेका थिए । उम्मेदवारलाई बाहिर प्रदर्शनमा सहभागी
हुनेदेखि भित्र भोट माग्ने काममा भ्याइनभ्याई थियो । यस्ता नाराबाजी र
प्रदर्शनमा कांग्रेसका मतदाताभन्दा पनि अन्य नै बढी देखिन्थे ।
उनीहरूबिच
कसले बढी र ठुलो स्वरमा आफ्नो नेतालाई जिताउन नाराबाजी गर्ने प्रतिस्पर्धा
देखिन्थ्यो । एकैपटक धेरै उम्मेदवारको प्रदर्शनी हुँदा झडपनै होलाजस्तो
देखिए पनि कार्यकर्ताहरू संयमिततै देखिन्थे ।
बिहानदेखि
प्रदर्शनमा सहभागी कार्यकर्तामध्ये कति भने थकित भएर वाल्मीकि क्याम्पसको
चौरतिर सुतेर आराम गरिरहेका भेटिन्थे । आफ्नो नेताको पम्प्लेट र पोटरसहित
भेटिएका रामेछापका हरि कार्कीले भने–
‘कति
उफ्रनु, थकित भएर आराम गर्न आएको, यति उफ्रिँदा भनेको मान्छेले त जिते
हुन्थ्यो नि ।’ कांग्रेस महाधिवेशनमा आचारसंहिताको कुरा आए पनि चुनावी
प्रचार प्रसार भने धेरै भड्किलो थियो । बिहानदेखि दिनभर पर्चा पम्प्लेट
बाँड्नेमा कुनै कमी थिएन । ज्योकेट, टोपीदेखि लोगोसम्मलाई प्रचारको माध्यम
बनाएका थिए, उम्मेदवारहरूले । कति भड्किलो चुनाव प्रचार प्रसार भन्दै
त्यसको आलोचना गर्नेहरूको पनि कमी थिएन । ‘यो त अति भड्किलो चुनावी प्रचार
प्रसार भयो, कांग्रेसले यसलाई रोक्न सक्नुपर्दथ्यो,’ सडकको कुनामा बसिरहेका
हरि तिमल्सिनाले भने ।
बाहिर
सडकमा नाराबाजी र प्रदर्शन भए पनि भित्र जिन्दावादको नारा त थिएन तर बन्द
सत्रमा भन्दा बाहिर भुकुटीमण्डपको चौर र पार्कमा भोट माग्नेहरूको ताँती नै
थियो ।
यतिसम्मको
दृश्य देखिन्थ्यो कि सभापतिमा प्रत्यासी रामचन्द्र पौडेल कुनै क्षेत्रमा
पुगेर भोट मागे भने त्यसको केही समयपछि अर्का प्रत्यासी शेरबहादुर देउवा
त्यहाँ पुगिहाल्थे । देउवा पुगेको ठाउँमा त्यसैगरी पौडेल पनि पुगिहाल्थे ।
कांग्रेस कार्यकर्ताहरू भने एक अर्का नेताहरूले को कहाँ जान्छ भनेर
गुप्तचर (सीआईडी) खटाएका छन् कि भनेर हाँसिमजाक गरिरहेका थिए । बाहिर सडकमा
कांग्रेसीहरूको रमिता हेर्नेहरूको संख्या पनि कम थिएन ।
अघिपछि पाँच मिनेटमा पार गर्न सकिने पद्मोदय मोडदेखि पर्यटन बोर्डसम्मको
सडक छिचोल्न कम्तीमा आधा घन्टा लाग्ने अवस्था थियो । उम्मेदवार उठ्नेहरूबिच
शक्ति प्रदर्शनको प्रतिस्पर्धा नै चलेको थियो ।
देउवालाई जिताउने गीतमा नाच्ने र गगनको भाषणमा ताली बजाउनेहरूको भीड नै
थियो । सभापति प्रत्यासी पौडेललाई जिताउनका लागि नाराबाजी गर्ने पनि कम
थिएनन् ।
प्रत्येकजसो उम्मेदवारहरूले ब्यानरसहित आफ्नो शक्ति प्रदर्शन गरेका थिए ।
उम्मेदवारहरूलाई बाहिर प्रदर्शनमा सहभागी हुनेदेखि भित्र भोट माग्ने काममा
भ्याइनभ्याई थियो । यस्ता नाराबाजी र प्रदर्शनमा कांग्रेसका मतदाताभन्दा
पनि अन्य नै बढी देखिन्थे ।
कांग्रेस महाधिवेशनमा आचारसंहिताको कुरा आए पनि चुनावी प्रचार प्रसार भने
धेरै भड्किलो थियो । बिहानदेखि दिनभर पर्चा बाँड्नेमा कुनै कमी थिएन ।
ज्याकेट, टोपीदेखि लोगोसम्मलाई प्रचारको माध्यम बनाएका थिए, उम्मेदवारहरूले
। भड्किलो चुनाव प्रचार प्रसार भन्दै त्यसको आलोचना गर्नेहरूको पनि कमी
थिएन ।
http://rajdhani.com.np/article/0223995001457231266
No comments:
Post a Comment